सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २६, २०८१, Koshi

Image

प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको प्रथम उपाधि झापाले चुम्यो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आयोजित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापाले प्रथम उपाधि चुम्न सफल भएको छ । आषाढ २० गतेबाट शुरु भएको प्रतियोगिताको अन्तिम दिन अषाढ २५ गते मंगलवार भएको फाइनल खेलमा भोजपुरलाई शुन्यको वरुद्ध १ गोल गर्दै झापाले प्रथम उपाधि चुम्न सफल भएको हो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई,जिल्ला स्थित राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु एवं दर्शकहरुको बाक्लो उपस्थितिमा भएको प्रतियोगिताको अन्तिम खेल निकै रोमान्चक प्रदर्शनीका साथ समापन भएको थियो । मंगलवार विहान वर्षाद भए पनि खेल अवधिमा मौसम खुलेको हुँदा प्रतियोगिता सञ्चालन गर्न अवरोध नभएको बताइन्छ ।

उपाधिका लागि झापाका जर्सी नं. ८ की खेलाडी जेनीफर रानामगरले पहिलो हाफको १५ औँ मिनेटमा गर्नुभएको एक गोल पछाडि कुनै टिमले थप गोल गर्न नसके पछि उक्त गोल नै निर्णायक बनेको थियो । कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी प्रतियोगितामा वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोरर जेनीफर हुनुभएको छ ।

प्रतियोगिताको उपाधि विजेता झापाले नगद रु दुई लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित भोजपुरले नगद रु एक लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभरमा जेनीफरले सर्वाधिक नौँ गोल गर्न सफल हुनुभएको आयोजकले जनाएको छ । एउटै प्रतियोगितामा दुईवटा विद्याका पुरस्कार विजेता जेनीफरले सेमिफाइनल खेलमा ताप्लेजुङ विरुद्ध छ गोल गर्नुभएको थियो ।

वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररको उपाधि प्राप्त गर्नुभएकी जेनीफरले नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उपाधि विजेता जिल्ला तथा खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ‘परशुराम’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतले नगद तथा पुरस्कार वितरण गर्नुभएको हो ।

प्रतियोगिताको अन्य विद्यागत पुरस्कार अन्तरगत वेष्ट गोल रक्षकमा झापाकी जसोदा राई, वेष्ट डिफेण्डर भोजपुरकी कमला श्रेष्ठ, वेष्ट मिडफिल्डर झापाकी सिम्रन राई, वेष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदयमान खेलाडी खोटाङकी रिया राई घोषित भएका छन् । विद्यागत पुरस्कार विजेतालाई जनही नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सबै खेल खोटाङका पहिलो महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्रीले सम्पन्न गराएका हुन् ।

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न करिब रु ४२ लाख लागत लागेको जनाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार–२० गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो ।

चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको थियो ।

प्रतियोगिता समापन भएपछि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई, जिल्ला स्थित राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई वडा नं. १४ वुइपाका वडाध्यक्ष दिनेशकुमार राई र जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेशकुमार राई ‘महेश’ले यलम्वर रंगशालाको भौतिक संरचनाहरुको अवलोकन गराई बाँकी संरचना निर्माणमा सहयोग पुराउन आग्रह समेत गर्नुभएको जनाइएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes