सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २, २०८०, खोटाङ

Image

पाठेघर सम्बन्धि समस्या भएका महिला दिदीबहिनीहरुलाई आज निःशुल्क उपचारका लागि धुलिखेल अस्पताल लगिदै


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका करिव १७ महिलाहरुलाई आज मंसिर २ गते विहान ७.०० वजे निःशुल्क शल्यक्रिया तथा थप उपचारका लागि काभ्रेस्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल धुलिखेलमा लैजाने तयारी भएको नगरप्रमुख तीर्थराज भट्टराइले हलेसी एफएमलाई जानकारी दिनुभएको छ ।

मंसिर २ गते दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाभित्रका १७ जना पाठेघर सम्बन्धि समस्या भएका महिला दिदीबहिनीहरु र उहाँहरुका लागि एक/एकजना कुरुवा गरी जम्मा ३४ जनालाई शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल धुलिखेल लगेर मंसिर ३ गतेदेखि  उपचार शुरु गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो । विजयखर्क, वुइपा, नेर्पा, पाथेका र नुनथलाका १७ जना विरामीहरुलाई एउटा सार्वजनिक वस र नगरपालिकाको गाडीमा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख खेमराज आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मीको टीम सहित काभ्रे अस्पताल लैजाने तयारी भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । 

खार्मीका पाँच विरामीहरुलाई पनि लैजाने तयारी गरिएकोमा उहाँहरु हाल जान अनिच्छुक रहेको कारण एउटा गाडी रोकिएको जनाइएको छ । विरामीहरु र स्वास्थ्यकर्मीहरुका साथ नगरप्रमुख तीर्थराज भट्टराई र नगर उपप्रमुख वीसन राई समेत सहजिकरणका लागि सार्वजनिक वसमा जानुहुने नगरप्रमुख भट्टराईले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय र सहकार्यमा सामुदायिक  सेवा प्रतिष्ठान मध्यपुर ठिमी भक्तपुरको आर्थिक सहयोगबाट  नगरपालिका भित्रका पाठेघर  खस्ने महिलाहरुको  काभ्रेस्थित मेमोरियल अस्पताल वनेपामा निःशुल्क अपरेशन  (शल्यक्रिया) तथा स्वास्थ्य परिक्षण हुने भएको हो । 

पहिलो चरणमा १७ जनाको उपचार भएपछि दोश्रो चरणमा अन्यको उपचार हुने समेत जनाइएको छ । यो वर्ष बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल र भक्तपुर स्थित सामुदायिक सेवा प्रतिष्ठानसँगको सहकार्य एवं सहयोगमा नगरपालिकाले ६० जनासम्म पाठेघर खस्ने समस्याबाट वर्षौँदेखि पीडित आमा दिदी बहिनीको निःशुल्क उपचार गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes