जेठ ०८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा आगामी जेष्ठ १३, १४ र १५ गते सञ्चालन हुने पोलियो रोग विरुद्धको आई. पि. भि. खोप अभियान २०८१ लाई प्रभावकारी रुपमा सफल बनाउन जिल्लास्तरीय खोप समन्वय समितिले विभिन्न निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक सनबहादुर राईको अध्यक्षतामा जेष्ठ ८ गते बसेको बैठकबाट पोलियो रोग बिरुद्धको आई. पि. भि. खोप अभियान २०८१ लाई जिल्लाका सबै स्थानीयतहहरुमा प्रभावकारी रुपमा सफल गराउन विभिन्न निर्णय गरिएको हो ।
पोलियो विरुद्धको खोपले मानिसहरूलाई पोलियोबाट बचाउन सक्छ । पोलियो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्य रूपमा व्यक्ति/व्यक्ति बीचको सम्पर्कद्वारा फैलिन्छ । सङ्क्रमित व्यक्तिको दिशा–पिसाब वा संक्रमित व्यक्तिसँगको सम्पर्क सम्बन्धबाट पनि यो फैलिन्छ ।
पोलियो रोगका कारण कहिलेकही मानिसहरूलाई पक्षाघात हुनसक्छ । पोलियोको कारण दीर्घकालिन अपाङ्गता हुनसक्छ । पोलियोको कारण मृत्यु पनि हुनसक्छ, जुन सामान्यतया श्वास फेर्न प्रयोग हुने मांसपेशीमा पक्षाघात भएर हुन्छ ।
खोटाङका १० स्थानीय तहहरुमा कहाँ/कति वालवालिकाहरुले खोप लगाउछन् ? (१) दिक्तेल रुपाकोट मझुवागढीन.पा.—२,११२ (२) हलेसी तुवाचुङ न.पा.— १,२४८, (३) केपिलासगढी गाउँपालिका—५८९, (४) ऐसेलुखर्क गाउँपालिका —५५७, (५) रावाबेँसी गाउँपालिका —४४३, (६) साकेला गाउँपालिका—४४९, (७) दिप्रुङ चुइचुम्मा गाउँपालिका —६९५, (८) खोटेहाङ गाउँपालिका —६८८, (९) जन्तेढुङ्गा गाउँपालिका—५०९, (१०)बराहपोखरी गाउँपालिका —४२३ |
सन् १९५५ मा पोलियो खोप पत्ता लाग्नुभन्दा पहिले यसले हरेक वर्ष हजारौ मानिसहरूलाई पक्षाघाती बनाउथ्यो र यही कारण मानिसको ज्यान जाने गर्दथ्यो । पोलियो सङ्क्रमणको कुनै उपचार छैन, तर यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ । संयुक्त राज्य अमेरिकाबाट पोलियो उन्मुलन भैसकेको छ । तर अझै पनि संसारको अन्य भागहरूमा यो रोग लाग्ने गर्छ । यदि हामी खोपद्वारा सुरक्षित भएका छैनौ भने अर्को देशबाट आउने एक जना सङ्क्रमित व्यक्तिले अर्को देशमा रोगलाई संक्रमण गराउन सक्छ । तसर्थ समग्र विश्वबाट रोग उन्मुलन नभएसम्म पोलियो विरुद्धको खोप लगाउनु अनिवार्य रहन्छ ।
जिल्ला खोप समन्वय समितिको बैठकले २०७३ वैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आई.पि.भि. खोप लगाउन जिल्लाका स्थानीय तहका सबै वडाहरुमा तोकिएका खोप केन्द्रहरुमा वालवालिकाहरुलाई खोप लगाउन सरोकारवालाहरुलाई जिम्मेवार रहन आग्रह गरेको छ ।
बैठकबाट स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा व्यापक प्रचार प्रशार गर्न अनुरोध गर्ने निर्णय भएको थाहा भएको छ ।
अन्य बालबालिकाहरुलाई भने नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाउने गरिएको छ । विशेषगरी ५ वर्ष मुनिका बालबालिकाहरुलाई उक्त खोप लगाउने गरिएको छ ।‘विश्वमा नै पोलियो विरुद्धको आई.पि.भि. खोप २०७३ बैशाख देखि २०७५ असोजसम्म अभाव भएका कारण सो अवधिमा जन्मिएका बालबालिकाहरुलाई खोप लगाउन छुटेका कारण राष्ट्रिय अभियान संचालन गरी उक्त अवधिमा छुटेका बालबालिकाहरुलाई खोप लगाउने तयारीका आधारमा यो पोलियो विरुद्धको खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयारी स्वरुप बैठक बसेको समन्वय प्रमुख राई बताउनुहुन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक सनबहादुर राईको अध्यक्षतामा भएको आजको बैठकमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख शुरेस तामाङ, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला समन्वय समितिका समन्वय अधिाकारी नारायण प्रसाद भट्टाराई, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल खोटाङका डा. पुस्कल राई, फेमिलि केयर अस्पतालका अध्यक्ष जेपी राई,सञ्चारकर्मीहरु, सबै स्वास्थ्यकर्मीहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । खोटाङमा सात हजार ७१३ जना बालबालिकालाई आई.पि.भि. खोप उपलब्ध गराउने तयारी रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यसका लागि २५७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !