भदौ १०, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४, खिरी गाउँमा यतिबेला युवाहरूको सकृयताले विकासको एउटा नयाँ लहर ल्याएको छ । गाउँलेहरू सबै मिलेर सुरु गरेको ‘सबै मिलौँ, गाउँ बनाऔँ’ अभियान अन्तर्गत युवाहरूले गाउँका सडकहरूको मर्मत र सोलिङको काममा महत्वपूर्ण योगदान पु-याएका छन् ।
यस अभियानका अगुवा तथा स्थानीय शिक्षक प्रदीप घिमिरेका अनुसार, यस कार्यको मुख्य लक्ष्य भनेको गाउँको मुहार फेर्न युवाशक्तिको उपयोग गर्नु हो । अभियान अन्तर्गत आज (भाद्र १०) युवाहरूले स्थानीय सडक वरिपरिका झाडीहरू फाँडेर बाटोलाई चौडा र सहज बनाएका छन् । साथै, खाल्डाखुल्डी भएका ठाउँहरूमा सोलिङ गरेर बाटोलाई थप बलियो र सुरक्षित बनाइएको छ ।
यो काम निरन्तर चल्ने कुरा स्थानीय युवा अभिषेक घिमिरेले हलेसी एफएमलाई बताउनुभएको छ । उहाँले भन्नुभयो—“हामीले यो कामलाई अभियानका रूपमा अगाडि बढाएका छौँ र यसलाई निरन्तरता दिनेछौँ । हाम्रो सानो प्रयासले गाउँमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने हामीलाई विश्वास छ ।”
यस रचनात्मक कार्यमा वीरेन राई, हरि घिमिरे, उद्धव घिमिरे, राजन आले लगायतका युवाहरूको सक्रिय सहभागिता रहेको छ । यसले गाउँको भौतिक विकासमा मात्र नभई सामाजिक एकता र आपसी सद्भावलाई पनि थप मजबुत बनाएको छ । खिरी गाउँले सामूहिक कार्य र सामाजिक जागरणको एक अनुपम उदाहरण प्रस्तुत गरेको छ, जसले अन्य गाउँहरूलाई पनि प्रेरणा दिन सक्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान