भदौ १५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा, काहुलेमा खुल्ला साविक टोल तथा वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । के वाइ सि काहुले युवा क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी असोज २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । खेलमा सहभागी प्रत्येक टिमका खेलाडीले आफ्नै वडाबाट नागरिकता प्रमाण–पत्र पेश गर्नुपर्नेछ । नयाँ संरचना अनुसारको नागरिकता भएमा बाबुको नागरिकता वा प्रतिलिपिसहित आफ्नो सक्कल नागरिकता पेश गर्नुपर्ने भनिएको छ ।
आयोजकका अनुसार, खेल अवधिभित्र खेलाडीलाई चोटपटक लागेमा स्वयं जिम्मेवार हुनेछन् भने खेलमा उत्पन्न हुने विवादमा रेफ्री तथा आयोजकको निर्णय अन्तिम हुनेछ । प्रत्येक टिममा खेलाडी ९ जना, कोच र म्यानेजर सहित ११ जना अनिवार्य छन् ।
खेलाडी अन्य वडाबाट समावेस भएको छ भने विपक्षी टिमले खेल सुरु हुनु अघि रु ५ हजार शुल्कसहित निवेदन पेश गर्नुपर्नेछ । प्रत्येक टिमले टाईसिट बनाइसकेपछि प्रवेश शुल्क बुझाउनुपर्नेछ; शुल्क नबुझाएमा खेलमा समावेश गरिने छैन ।
पुरुषतर्फ खेल वेस्ट अफ थ्री प्रणालीमा, भने सेमी–फाइनल वेस्ट अफ फाइभ प्रणालीमा सञ्चालन हुने जनाइउको छ । आयोजकका अनुसार खेल अवधिभित्र खेलाडीले मद्यपान, धूम्रपान र अपशब्द प्रयोग गर्न पाउने छैन; उल्लंघन गरेमा खेलमा समावेश गरिने छैन ।
पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः रु ६० हजार, रु.४० हजार र रु.२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः रु २५ हजार, रु.१८ हजार र रु.१३ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, बेष्ट स्पाइकर, बेष्ट लिब्रो, बेष्ट सटर र बेष्ट ब्लकरलाई पनि ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी टिमले पुरुषतर्फ रु ६ हजार ९९ र महिला तर्फ रु २ हजार ५९९ दर्ता शुल्क बुझाएर असोज १८ र १९ गतेसम्म टिम दर्ता गराउन सक्नेछन् ।
प्रतियोगिता टेम्मा काहुलेस्थित जनजागृति आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन हुने थाहा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान