भदौ १६, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा नं. २, खार्तम्छामा स्थानीय मामातिम युवा क्लबले आगामी अशोजको अन्तिम हप्तामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबले २०८२ सालको विजयादशमी, दीपावली तथा छठ पर्वको विशेष अवसर पारेर असोज २५ गतेदेखि २९ गतेसम्म वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई खेलकुदमा सक्रिय बनाउने र चाडपर्वको अवसरमा मनोरञ्जनको माध्यम प्रदान गर्ने लक्ष्य राखेको आयोजकको कथन छ ।
प्रमुख सल्लाहकार अबिशेक राईका अनुसार, प्रतियोगिता पोल सिस्टम अनुसार हुनेछ र प्रत्येक टिमका खेलाडी एउटै वडाबाट हुनुपर्नेछ । जर्सी अनिवार्य रहेको छ भने बसाइ, खानेकुरा र अनुशासनको जिम्मेवारी खेलाडी आफैंले लिनुपर्नेछ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क रु.३ हजार ५सय रुपैयाँ तोकिएको छ । इच्छुक टिमहरूले असोज २४ गते दिउँसो ३ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ । फोनमार्फत पनि टिम दर्ता गर्न सकिने भए पनि दर्ता शुल्क भने खेल शुरु हुनु अगाडि नै बुझाइसक्नु पर्ने जनाइएको छ।
खेल आकर्षक र रोमाञ्चक हुने आयोजकको विश्वास छ । विजेताहरूमा प्रथम हुने टोलीले रु.५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितीय टोलीले रु.३५ हजार रुपैयाँसहित ट्रफी र मेडल र प्रमाणपत्र पाउनेछ । सेमिफाइनलमा पुगेका टोलीहरूलाई १२–१२ हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु.१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट सर्टर, ब्लकर, स्पाइकर, डिफेन्डर, सर्भर, अनुशासित खेलाडी र बेस्ट कोचले जनही रु.५सय रुपैया पुरस्कार पाउनेछन् ।
प्रतियोगिता केपिलासगढी गाउँपालिका वडा नं. २, खार्तम्छा स्थित मामातिम युवा क्लबको खेलमैदान, तेमाखामा सञ्चालन हुनेछ ।
थप जानकारीका लागि सम्पर्क व्यक्तिः
अबिशेक राई – ९८६३७३८५०२
देउराज राई – ९७४६२१२१२२
सरोज राई – ९८६१७३२५९०
ईन्जु राई – ९८६९८०८०२७
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान