सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २५, २०८१, खोटाङ

Image

खोटाङमा लैङ्गिक हिंसा तथा मानव बेचविखान विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा लैङ्गिक हिंसा तथा मानव बेचविखान विरुद्धको सचेतनामूलक अभियान अन्तर्गत अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काको अध्यक्षता तथा संविधान सभा सदस्य दुर्गाजयन्ती रार्ईको प्रमुख आतिथ्यतामा आज (जेष्ठ २५) जिल्ला समन्वय समितिको सभाहलमा अन्तरकृयात्मक कार्यक्रमको आयोजना भएको हो ।

समुदाय प्रहरी साझेदारी तथा सुरक्षा सुनिश्चितता अभियान–२०८१ अन्तर्गत जिल्लाका विभिन्न स्थानहरुमा लैङ्गिक हिंसा तथा मानव अधिकार वेचविखन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै आएको प्रहरी कार्यालयले जनाएको छ ।  

लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरक, मानसिक वा यौनजन्य क्षति वा पीडा पु¥याउने कार्यहरूलाई जनाउछ । लिङ्गको आधारमा हुने कुनैपनि प्रकारको अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रूपमा महिला, पुरुष वा तेश्रो लिङ्गीलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कार्य लैङ्गिक हिंसा अन्तर्गत पर्दछन् ।

यस्ता कार्यबाट कोही पीडित भएमा पीडितले नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा उजूरी गर्न प्रहरीले अग्रह गरेको छ । आर्थिक बर्ष २०८०/८१ मा २१ जना महिला जर्बरजस्ति करणीबाट पीडित बनेको र ७ जना महिला जर्बजस्ति करणी उध्योगबाट पीडित बन्न पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङकले देखाएको छ ।

घरेलु हिंसासम्बन्धी उजुरी प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकाय अथवा सिधै अदालतमा पनि दिन सकिने राष्ट्रिय मानव अधिकार  आयोग खोटाङका प्रमुख गीता कुमारी दाहालले अन्तरकृया कार्यक्रममा बताउनु भयो ।  उहाँले भन्नुभयो–‘घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले मौखिक र लिखित दुवै प्रक्रियाबाट उजुरी दिन सक्नेछन् । तर घरेलु हिंसाको कसुर भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनुपर्दछ ।’

लैङ्गिक हिंसा तथा मानव बेचविखान विरुद्धको सचेतनामूलक अभियान अन्तर्गत भएको अन्तरकृयात्मक कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला रार्ई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख गीता कुमारी दाहाल, राष्ट्रिय अनुसन्धान अधिकृत नित्यानन्द ढुंगाना, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, खोटाङ उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नगरका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा...

Horoscopes Icon

All Horoscopes