भदौ २६, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन गरेको विरोध प्रदर्शन र आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुद्धारा उत्पन्न हालको विषम परिस्थितिमा विभिन्न तत्वहरुको घुसपैठबाट हुनसक्ने लुटपाट, ताृडफोड, आगजनी तथा संभावित हिंसात्मक गतिविधिहरूलाई मध्यनजर गर्दै संयुक्त सुरक्षा फौजले समग्र कोशी प्रदेशका स्थानीयवासीहरूलाई सतर्क रहन अनुरोध गरेको छ । फौजले सार्वजनिक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई आफ्नो व्यक्तिगत सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान दिन तथा शान्ति–सुव्यवस्था कायम राख्न सक्रीय सुरक्षा कर्मीहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।
सुरक्षा फौजले नागरिकहरूलाई प्रदर्शनका क्रममा फरार वा अपरिचित शंकास्पद व्यक्तिहरूको बारे थाहा भएमा वा जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन, विभिन्न समूहहरूले आगजनी, तोडफोड वा राजमार्ग तथा मुख्य बाटोहरू अवरुद्ध गर्ने प्रयास गरेमा सुरक्षा निकायलाई सूचित गर्न, र प्रदर्शनको क्रममा लुटिएका हतियारहरु तथा वेवारिस अवस्थामा फेला परेका हतियार आदि नजिकैको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ ।
त्यसैगरी, फौजले नियम र कानूनको पालनामा ध्यान दिन र अत्यावश्यक काम बाहेक घरबाहिर नजानु पर्ने चेतावनी दिएको छ। व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा कुनै क्षति गर्ने वा अवाञ्छित गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।
सुरक्षा फौजको अनुरोधले स्थानीयवासीहरूलाई सतर्क रहन र शान्ति कायम राख्न प्रोत्साहित गरेको छ। यसै सन्दर्भमा प्रशासन र सुरक्षा निकायहरूले आवश्यक निगरानी बढाउने तयारी पनि गरिरहेको छ ।
साथै, स्थानीयवासीहरूलाई आवश्यक सम्पर्क नम्बरहरू उपलब्ध गराउँदै सुरक्षा फौजले सहयोगको लागि सजगताका साथ सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।
प्रमुख सम्पर्क फोन/मोबाइल नम्बरहरू
श्री पूर्वी पूतना हेटौंडा, ईटहरी व्यारेक, सुनसरी – ०२५–४५४९३३ / ९८५२०५९७०४
श्री न. २ वाहिनी अड्डा, हिले व्यारेक, धनकुटा – ०२६–५४०३७९ /९८६३०२९०५३
श्री न. १८ वाहिनी अड्डा, भुल्के व्यारेक, उदयपुर – ०२३–४२०५६६ / ९८६२९९०९६६
श्री न. २१ वाहिनी अड्डा, तोपगाछी व्यारेक, झापा – ०२३–४७५२१७ / ९८६३७८००४४
श्री रणभुमि गण, मुडे व्यारेक, खोटाङ – ०३६–४२०३६६ / ९८६३०२९११०
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान