भदौ २४, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जी अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ताले काठमाडौँलगायत देशका विभिन्न शहरहरूमा सोमवार (भाद्र २३) गरेको प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ, नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुन, आफ्नो विचार व्यक्त गर्न र सरकारका गलत कदमको विरोध गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको स्मरण गराएको छ। विशेषतः किशोरकिशोरी, विद्यार्थी र युवाहरू सम्मिलित प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको मुठभेटका कारण जनधनको क्षति हुनु र राज्यपक्षबाट दमन हुनु लोकतान्त्रिक समाजका लागि अस्वीकार्य रहेको संघको भनाइ छ।
संघका अनुसार सूचना दिएर गरिएको प्रदर्शनमा आवश्यक सुरक्षा सतर्कता नअपनाएको र नियन्त्रणका क्रममा भएका घटनाहरू अस्वाभाविक र दुखद बनेका छन्। प्रदर्शनका क्रममा गोली लागेर कम्तीमा १९ जनाको ज्यान गएको, ४०० भन्दा बढी घाइते भएको र रिर्पोटिङका क्रममा रहेका चार पत्रकारसमेत घाइते भएको संघले जनाएको छ।
घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै संघले आन्दोलनरतः पक्षलाई संयमता अपनाउन र सरकारले दमनको बाटो त्यागी तत्काल वार्ता मार्फत समस्या समाधान खोज्न आग्रह गरेको छ।
संघले मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते पत्रकार र अन्य सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
राज्यद्वारा गरिने दमनात्मक कदम वा आन्दोलनरत पक्षबाट हुन सक्ने सामाजिक अराजकता दुवै लोकतान्त्रिक समाजका लागि हितकर नहुने संघले स्पष्ट पारेको छ।
विज्ञप्तिमा सम्पूर्ण मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार र आम नागरिकलाई लोकतान्त्रिक मूल्य–मान्यता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकजुट हुन आह्वान गरिएको छ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान