भदौ १९, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) ले बाँसलाई वैकल्पिक प्राकृतिक स्रोतमा आधारित निर्माण सामग्रीका रूपमा प्रयोग गर्ने सम्भावनाबारे अध्ययन अघि बढाएसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले त्यसलाई स्वागत गर्दै सहयोग गर्ने जनाएको छ ।
ईसिमोडले ‘दिगो बस्ती विकास कार्यक्रम’ अन्तर्गत दिगो आवास निर्माण, भौतिक सम्पदाको संरक्षण र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा जोड दिँदै इलाम, धनकुटा र खोटाङमा बाँसको उपलब्धता पहिचान गर्ने काम थालेको हो। सोही उद्देश्यका लागि तथ्याङ्क संकलन, स्थानीय ज्ञान र सूचनाको उपयोग गर्न आगामी भाद्र २६ गते दिक्तेलमा स्थलगत भ्रमण र सहभागितात्मक नक्साङ्कनसहित छलफल आयोजना गरिने भएकाले आवश्यक सहयोगका लागि ईसिमोडले दिक्तेल नगरपालिकामा पत्राचार गरेको थियो ।
ईसिमोडको पत्र प्राप्त भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि रेस्पोन्स लेटर पठाउँदै बाँससम्बन्धि अध्ययनलाई सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाले आफ्ना नीति नै वन, वातावरण, पर्यायवरण, र मान्छेको स्वरोजगारसँग जोडिएको बाँसको प्रवद्र्धन गर्ने कुरालाई पत्रमा स्पष्ट पारिएको छ । विशेषगरी बाँसजस्ता प्राकृतिक स्रोतलाई प्रवद्र्धन गरी निर्माण सामग्रीका रूपमा प्रयोग गर्न सकिने र त्यसले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सक्ने भएकाले अध्ययनलाई अत्यन्तै महत्वपूर्ण ठहर गरिएको छ ।
नगर प्रमुख तीर्थराज भट्टराई द्वारा पठाइएको पत्रमा ईसिमोडको टोलीलाई नगरपालिकामा स्वागत गर्दै अध्ययन कार्यलाई सफल बनाउन पूर्ण सहयोग गर्ने उल्लेख गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान