भदौ २०, २०८२ , Kathmandu,Nepal
हलेसीन्युजडेस्क, खोटाङ/
भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको सभाहलमा भाद्र १९ गते लेखक सुरेश वाम्बुले राईको ‘केन्द्रविन्दु’ निबन्ध–संग्रह विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचयिता तथा साहित्यकार प्रदीप राई (व्याकुल माईला) ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएपछि विशेष अतिथिहरु वरिष्ठ अधिवक्ता प्रा. डा. जीवनाथ धिताल, साहित्यकार तथा राजनीतिकर्मी बिष्णु आभूषण लगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । पुस्तकले नेपालको हिमाल, पहाड, तराईको सजिव चित्रण गरेको तथा वर्तमान राजनीतिको चिरफार गर्न खोजेको डा. धितालको कथन थियो । उहाँले व्यवहारिक ढंगबाट पुस्तकले विषयवस्तुलाई पकड्न सकेको बताउनुभयो । २८० पृष्ठ लामो पुस्तक लेखनले लेखक राईको लेखकीय मेहेनतलाई प्रष्ट बनाएको डा. धितालले भन्नुभयो ।
खोटाङ डिकुवाका लेखक राईद्धारा लेखिएको पुस्तक केन्द्र विन्दुको विमोचन कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि लगायत सहभागीहरुलाई साहित्यकार नरेश दुवालले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो ।
प्रा.डा.धितालले पुस्तकका सम्बन्धमा संक्षिप्त चर्चा गर्नुभएको थियो भने प्रमुख अतिथि व्याकुल माइला, साहित्यकार बिष्णु आभूषण र कवि सोनाम सज्जन किरातीले पुस्तकका लेखक राईलाई बधाई तथा शुभकामना व्षक्त गर्नुभएको थियो ।
ईन्द्रेणी मिडियाका संस्थापक कृष्ण कँडेलद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रसिद्ध लोकगायक रामजी खाँनसहित ईन्द्रेणी साँस्कृतिक परिवारका अन्य प्रतिष्ठित कलाकारहरुको दशैँको भाकामा सामूहिक लोकदोहोरी प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विभिन्न जिल्ला र स्थानबाट उल्लेख्य संख्यामा साहित्य, संगीतप्रेमी तथा दर्शक–श्रोताहरूको उपस्थिति रहेको थियो।
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान