आश्विन ११, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको चाडपर्वलाई लक्षित गरि शुक्रबार (अशोज १०) मानेभन्ज्याङ बजारमा व्यापक बजार अनुगमन गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको संयोजकत्वमा प्रहरी, कर्मचारी र सम्बन्धित सरोकारवाला व्यक्तिहरुद्वारा गरिएको अनुगमन टोलीले बजारका होटल र किराना पसल गर्ने व्यवसायीलाई लक्षित गरेर अनुगमन गरेको थियो ।
टोलिद्धारा अनुगमन गरिँदै
अनुगमन टोलीले मानेभन्ज्याङका पाँच वटा किराना पसल, तीन वटा कस्मेटिक पसल र सात वटा होटलको अनुगमन गरेको हो । अनुगमन टोलीले म्याद गुज्रिएका ५५ वटा पेप्सी, १३४ वटा डिउ, ५ पिस चिप्स, ४०० पिस ललिपप, ४२ थान साबुन, ५ बोतल भेनेगर जफत गरेर नष्ट गरेको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु, मूल्यसूची नटाँसिएका पसल तथा सरसफाइमा ध्यान नदिएका व्यवसायीलाई सचेत गराइएको छ । पसल दर्ता अनिवार्य गरेर होर्डिङ बोर्ड र मूल्य सूची राख्न समेत सुझाव प्रदान गरिएको अनुगमन टोलीका सदस्य एवम स्वास्थ्य शाखा संयोजक कमल फुयालले बताउनुभयो । गाउँपालिकाले बजार व्यवस्थापनमा कानूनको पालना गर्न र नगर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनले दिएको अधिकार प्रयोग गरि आवश्यक कानूनी कारबाही गरिने अनुगमन टोलीले जनाएको छ ।
नागरिकलाई सुरक्षित र गुणस्तरीय सामान उपलब्ध गराउने गाउँपालिकाको प्रमुख उद्देश्य भएको बताउनुहुँदै निमित्त प्रमुख प्रशासकीय राईले उपभोक्ता संरक्षण हितको लागि आगामी दिनमा अझ कडाइ गरिने बताउनुभयो ।
अनुगमन टोलीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राई सहित उद्योग वाणिज्य संघका अध्यक्ष जग बहादुर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद फुयाल, इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताका प्रहरी नायव निरिक्षक फाईदल सिं लिम्वु, सिनियर अहेव राजकुमार दाहाल, पूर्ण सरसफाई कार्यक्रम संयोजक सगुन बस्नेत, सव–इन्जिनियर धिरेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान