चैत्र १४, २०७९ , Jantedhunga Gaunpalika
रेडियो कार्यक्रम—मेरो सपनाको जन्तेढुङ्गा
यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक महिनामा दुई पटक प्रशारण गरिनेछ । प्रत्येक महिनाको १ गते विहान ६.३० वजे यो कार्यक्रम प्रशारण गरिनेछ र सोही दिन वेलुकी ६.०० वजे पुन प्रशारण गरिनेछ । कार्यक्रम मेरो सपनााको जन्तेढुङ्गा खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको सहयोग र सहकार्यमा सामुदायिक रेडियो हलेसी एफएमले उत्पादन तथा प्रशारण गर्नेछ ।
कार्यक्रम मेरो सपनाको जन्तेढुङ्गाले जन्तेढुङ्गा गाउँपालिकाको प्रत्येक परिवार र वडा तहबाट सपनाको नक्सांकन बुन्दै गाउँपालिकाको समग्र विकास र समृद्धिका शिखरमा पुग्ने अभियानलाई प्रतिविम्वित गरेर कार्यक्रम तयार गर्नेछ ।
श्रोतावृन्द अब आउनोस जन्तेढुङ्गा गाउँपालिकाको संक्षिप्त परिचय तिर जाऔँ ।
खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दुरिमा रहेको छ । दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा जन्तेढुङ्गा गाउपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५,४४४ रहेको छ । संघीय संरचनासँगै स्थानीय संरचनाहरु निर्माण गरिदा साविक ६ गाविसहरु र हाल ६ वटा वडाहरु क्रमश. चिसापानी, दिप्लुङ, देवीस्थान, वोपुङ, डमर्खुशिवालय र काहुले..मिलाएर यो गाउँपलिकाको संरचना तयार भएको छ । यसै गाउँपालिकाको वडा नं. ६ दिप्लुङमा रहेको धार्मिक एवं पर्यटकीय स्थान जन्तेढुङ्गाको नामबाट यो पालिकाको न्वारन गरिएको छ ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा अरुणा राई र उपाध्यक्षमा खेमबहादुर खड्का निर्वाचित हुनुभएको छ । त्यस्तै जन्तेढुङ्गा गाउँकार्य पालिका सदस्यहरुमा केदारमान राई (वडानं. १ अध्यक्ष ), मस्तबहादुर राई (वडा नं. २ अध्यक्ष), तारामान राई(वडा नं.३ अध्यक्ष), विदुरमान राई (वडा नं. ४ अध्यक्ष), धनबहादुर राई (वडा नं. ५ अध्यक्ष) र सागर राई (वडा नं. ६ अध्यक्ष) हुनुहुन्छ । मनोनित सदस्यहरुमा दलित तथा अल्पसंख्यक बाट कमलबहादुर विक र ध्रुव विक हुनुहुन्छ भने अन्य महिलाहरुमा ताराकुमारी कोइराला, कुमारी विक , मदनकुमारी राई र देविमाया राई हुनुहुन्छ ।
विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ । भिन्न भिन्न जातीले आ–आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको बिशेष महत्व हुने गर्दछ । यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन् । पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गा, भञ्ज्याङखर्क, चण्डिथान,हुँमा पोखरी, भानुमति आदि रमणिय स्थानहरु रहेका छन् ।
श्रोतावृन्द अब आउनोस मेरो सपनाको जन्तेढुङ्गाको पृष्ठभूमि कोट्याउँ ।
जन्तेढुङ्गा गाउपालिकाले गत आषाढ ११ गते आफ्नो नीति तथा कार्यक्रम गाउँसभाबाट पारित ग¥यो । गाउपालिका अध्यक्ष अरुणा राईद्धारा गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो । गाउँपलिकाको मूल नारा कृषि, पर्यटन र पूर्वाधार/जन्तेढुङ्गा गाउपालिकाको समृद्धि र विकासको मूल आधार रहेको छ । यही नाराको आधारमा वार्षिक वजेट विनियोजन गरिने उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।
त्यसैगरी जन्तेढुङ्गालाई पाँच वर्षभित्र कस्तो पालिकाको रुपमा बनाउने भन्ने सपना र चाहनालाई मूर्तता दिन मेरो सपनाको जन्तेढुङ्गा भन्ने कार्यक्रम तयार गरिएको छ । सबै जन्तेढुङ्गका नागरिकहरुले आ आफ्नो परिवारबाट शुरुवात गरी टोल हुदै वडाको सपना तयार गर्नेछन् । वडाको भूगोललाई कसरी उपयोग गर्ने, समृद्ध शुन्दर वडा कसरी बनाउने भन्ने सपनालाई जोडेर पालिकाको सपनाको नक्सांकन गरिनेछ । वडा वडामा संकलन गरिने मेरो सपनाको वडा तयार गर्न सबैलाई प्रेरित गरिनेछ । हरेक वडाका उत्कृष्ट सपनाका नक्साहरुलाई पुरस्कृत गरिने व्यवस्था मिलाइने पालिकाको योजना छ ।
सबै वडाका सपनालाई जोडेर मेरो सपनाको नक्सांकन गरिनेछ । उक्त सपनाको नक्सांकनका आधारमा जन्तेढुङ्गा गाउपालिकाको विकास र समृद्धिलाई नमूनाको रुपमा अगाडि बढाइने नीति तथा कार्यक्रमको मूल ध्येय रहेको पालिकाले जनाएको छ ।
श्रोतावृन्द अब आउनोस जन्तेढुङ्गा गाउँपालिकाका लागि आर्थिक वर्ष २०७९/८० का लागि के कस्तो वार्षिक वजेटको खाका बनाइएको छ , चर्चा गरौँ । वार्षिक श्रोत अन्तर्गत समानिकरण अनुदान संघ तर्फ आठ करोड अठहत्र लाख, समानिकरण अनुदान प्रदेश तर्फ पैतालिस लाख अन्ठानव्वे हजार मात्र, राजश्व वाँडफाड संघ तर्फ सात करोड त्रिसठ्ठी लाख तेतिस हजार, राजश्व वाँडपाmँड प्रदेश तर्फ सवारी कर वापत उनन्तिस लाख चौतिसहजार दुईसय सत्री, विशेष अनुदान संघ तर्फ एक करोड पचास लाख , समपूरक अनुदान संघ तर्फ रु. चौवालिस लाख, समपूरक अनुदान संघ तर्फ रु एक करोड, सशर्त अनुदान संघतर्फ रु उन्नाइस करोड तेइस लाख मात्र, सशर्त अनुदान प्रदेश तर्फ पचिस लाख चौवालिस हजार मात्र, सामाजिक सुरक्षा अन्तर्गत नौ करोडमात्र, संचित कोष रु.एक करोड चौसठ्ठी लाख मात्र, आन्तरिक श्रोत रु. वीस लाख मात्र गरेर जम्मा यो आर्थिक वर्षमा रु. पचास करोड त्रिचालिस लाख नौ हजार दुईसय सत्तरी को वार्षिक वजेट तर्जुमा गरिएको छ ।
श्रोतावृन्द अब एकैक्षण जन्तेढुङ्गा गाउँपालिकाका जनप्रतिनिधिहरुको धारणा बुझौँ । उहाँहरु जन्तेढुङ्गा गाउँपालिकाको विकास र समृद्धिका वारेमा के भन्नुहुन्छ । यसका लागि उहाँहरुको के कस्तो प्रयास भैरहेछ । उहाँहरुकै आवाज सुनौँ, यीनै सम्बन्धमा आज हामीसँग हुनुहुन्छ गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, आउनोस उपाध्यक्ष खेमबहादुर खड्कासँग गरिएको संक्षिप्त कुराकानी सुनौँ । …..(उहाँको धारणा अडियो कार्यक्रममा सुन्नुहोला)
श्रोतावृन्द आज जन्तेढुङ्गा गाउँपालिकाको सहयोग र सहकार्यमा सामुदायिक रेडियो हलेसी एफएमले तयार पारेको कार्यक्रम मेरो सपनाको जन्तेढुङ्गाको पहिलो श्रंखला प्रस्तुत ग¥याँै । अर्को श्रंखलामा हामी जन्तेढुङ्गा गाउपालिकाका वारेमा थप सामाग्रीहरु लिएर आउनेछौँ । त्यतिन्जेल सम्म हामी तपाइहरुबाट विदा माग्छौँ । नमस्कार ।
(आगामी श्रृंखला वडागत विषयमा केन्द्रित रहेर तयार गरिनेछ)
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !