चैत्र १४, २०७९ , Jantedhunga Gaunpalika
कार्यक्रम—मेरो सपनाको जन्तेढुङ्गा
यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक महिनामा दुई पटक प्रशारण गरिनेछ । प्रत्येक महिनाको १ गते विहान ६.३० वजे यो कार्यक्रम प्रशारण गरिनेछ र सोही दिन वेलुकी ६.०० वजे पुन प्रशारण गरिनेछ । त्यसैगरी महिनाको १५ गते विहान ६.३० वजे प्रशारण गरिनेछ र सोही दिन वेलुकी ६.०० वजे पुन प्रशारण गरिनेछ । कार्यक्रम मेरो सपनााको जन्तेढुङ्गा खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको सहयोग र सहकार्यमा सामुदायिक रेडियो हलेसी एफएमले उत्पादन तथा प्रशारण गर्नेछ ।
कार्यक्रम मेरो सपनाको जन्तेढुङ्गाले जन्तेढुङ्गा गाउँपालिकाको प्रत्येक परिवार र वडा तहबाट सपनाको नक्सांकन बुन्दै गाउँपालिकाको समग्र विकास र समृद्धिका शिखरमा पुग्ने अभियानलाई प्रतिविम्वित गरेर कार्यक्रम तयार गर्नेछ ।
श्रोतावृन्द गएको श्रंखलामा हामीले जन्तेढुङ्गा गाउँपालिकाको संक्षिप्त परिचय पस्केका थियौँ । त्यसै गरी मेरो सपनाको जन्तेढुङ्गाको पृष्ठभूमि कोट्याएका थियौँ । आर्थिक वर्ष ०७९÷०८० को अनुमानित वार्षिक वजेट पनि प्रस्तुत गरेका थियौँ । हामीले जनप्रतिनिधिहरुको धारणा बुझ्ने क्रममा पालिका उपाधयक्ष खेमबहादुर खड्काको भनाईलाई पस्केका थियौँ । आज पुन हामी मेरो सपनाको जन्तेढुङ्गा कार्यक्रमको अर्को श्रृंखला लिएर आएको छौँ ।
हो, श्रोतावृन्द ! आज मेरो सपनाको जन्तेढुङ्गा कार्यक्रममा हामी वडागत विषयवस्तु समेटेर तपाईहरुलाई प्रस्तुत गर्नेछौँ । सबैभन्दा पहिले वडा नं. १ देविस्थानमा पुग्नेछौँ । देविस्थानका जनप्रतिनिधि र जनताले विकास र समृद्धिको कस्तो खाका बुनिरहेछन् । समग्र जन्तेढुङ्गाको विकास र समृद्धिमा देविस्थानको तर्फबाट के कस्तो भूमिका र योगदान पुर्याउन कम्मर कसेर लागिरहेका छन् । हामी यिनै विषयहरु आजको कार्यक्रममा पस्कने जमर्को गर्नेछौँ । यसको लागि वडा नं. १ देविस्थानका सम्बन्धमा जानकारी लिउँ ।
जन्तेढुङ्गा गाउँपालिकामा साविक गाउँविकास समितिहरुलाई वडामा परिवर्तन गरेर ६ वडाहरु समेटिएकाछन् । हामी यो कार्यक्रममा ति सम्पूर्ण वडाहरुको परिचय, त्यहाँको शैक्षिक, स्वास्थ्य, कृषि, पर्यटन, जनसांख्यिकी, अवस्था र विकास निर्माणका वारेमा क्रमशः जानकारी गराउँदै जानेछौँ । आज हामी वडा नं. १ देविस्थानका वारेमा जानकारी गराउँनेछौँ ।
त्यहाँका प्रशिद्ध देविस्थानहरु खन्यावासे कन्या औतारी देविस्थान, पञ्चकन्या देविस्थान मन्दिर रहेका कारण साविक देविस्थान गाउँ पञ्चायत पछि गाउँविकास समिति र हाल देविस्थान वडाको नामाकरण रहन गएको हो ।
संघीय संरचना हुनु अगाडि वडा नं. १ देविस्थान गाउँ विकास समितिका रुपमा कायम थियो । संघीय संरचनासँगै जन्तेढुङ्गा गाउँपालिकाको वडा नं. १ का रुपमा देविस्थान समेटिएको छ । त्यहाँका प्रशिद्ध देविस्थानहरु खन्यावासे कन्या औतारी देविस्थान, पञ्चकन्या देविस्थान मन्दिर रहेका कारण साविक देविस्थान गाउँ पञ्चायत पछि गाउँविकास समिति र हाल देविस्थान वडाको नामाकरण रहन गएको हो ।
वडा नं. १ देविस्थानको भौगोलिक क्षेत्रफल १९.२४ वर्ग किमि रहेको छ । यहाँको जनसंख्या २१६१ छ ।
वुँवाखोलाले देविस्थानलाई दुईपाटामा विभाजित गरेको हुँदा स्थानीय जनतालाई सेवा सुविधा पाउन कठिनाई भएको गुनासो पाइन्छ । विशेष गरेर वुवाँखोला पारीका जनताहरु पालिका केन्द्र मात्र होइन वडा कार्यालय आउन पनि कष्ट उठाउन वाध्य देखिन्छन् । स्थानीय जनताको माग अनुसार हाल सिक्किमटारमा स्वास्थ्य इकाइको स्थापना गरिएको छ , त्यस्तै जनशक्तिको व्यवस्थापन गरेर प्रशासनिक सेवा दिन सोही ठाउँमा वडा कार्यालयको शाखा खोल्ने योजना रहेको पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।
हाल पालिका केन्द्र चिसापानीवजारसम्म देविस्थान वडालाई कच्चि सडकले जोडेको छ । चिसापानी, मयनटार र वुवाँजोर जोड्ने सडकको स्तरोनत्तिका लागि वजेट विनियोजन भएको छ । हाल वुवाँजोर सिक्किमटारबाट पुङखानीसमम कच्चिसडकले जोडेको छ भने सिक्किमटार बाट पाण्डेगाउँ हुदै वोपुङ सम्म पनि कच्चि सडकले जोडिसकेको छ । विध्युतिकरणका लागि हाल स्टीमेट भएर ठेक्कापट्टा भैसकेको छ , जुन दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य छ ।
वडा नं. १ देविस्थान उत्तर, पूर्वी र पश्चिमोत्तर सिमानामा दिप्लुङ, वोपुङ र पौवासेरासँग जोडिएको छ भने दक्षिण—पश्चिमी सिमानामा सुनकोशी नदी बहेको छ । पौवा, वुकुला, देविस्थान, सिक्किमटार, पाण्डेगाउँ, कुटीटार, पुङखानी गाउँहरु यहाँ समेटिएकाछन् । वुवाँखोला यहाँको सबैभन्दा ठूलो खोला हो भने अन्य सानातिना खोला खोल्सीहरु समेत यहाँ प्रसस्त छन् जसले स्थानीय खेतीमा ठूलो महत्व राख्दछ । वुवाँखोला दोभान कुलावाधमा ठूलो फाँट रहे पनि भलवाढीका कारण खेतीयोग्य जमिनलाई राम्ररी सद्ुपयोग गर्न सकिएको छैन । यध्यपि तटबन्धनका लागि सुस्तरी प्रयास भने भैरहेको देखिन्छ । यदि त्यहाँ राम्ररी तटबन्धन गर्न सकिएमा प्रसस्त अनाज उत्पादन गर्न सकिनेछ ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट केदारमान राई वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा महिला सदस्य तर्फ मदन कुमारी राई, दलित महिला सदस्यमा बच्चि कामी र सदस्यमा गणेशकुमार राई निर्वाचित हुनुभएकोछ ।
यहाँ पाँचवटा सामुदायिक विध्यालयहरु स्थापना भएकाछन् । जसमा शिक्षा निकेतन औतारी माध्यामिक विध्यालय देविस्थान, शिक्षा ज्योति माध्यामिक विध्यालय चौतारा, श्री सावित्री आधारभूत विध्यालय पुङखानी, श्री पञ्चकन्या प्राथमिक विध्यालय मैनाटार र सदन प्रावि बुकुला रहेकाछन् । धार्मिक दृष्टिकोणले यहाँ प्रसस्त मन्दिर र देविथानहरु छन् ।कन्या औतारी मन्दिर, शिवमन्दिर तिजेमेला, होङ्माथान मन्दिर, देविस्थान मन्दिर, नागेश्वरी मन्दिर पुङ्खानी, पञ्चकन्या मन्दिर यहाँको प्रसिद्ध धार्मिक स्थलहरु हुन । वुवाँखोला दोभान सुनकाशी किनार नजिक रहेको पञ्चकन्या पोखरी कुनै वेला साक्षात शक्तिको प्रतिकका रुपमा रहेको थियो , तर पछि वुवाँखोला वाढीले पुरिएपछि सुख्खा अबशेषका रुपमा रहेको थियो, हाल त्यसलाई जिर्णोद्धार गरेर पोखरीको रुपमा प्रवद्र्धन गर्न शुरु गरिएको छ ।
पञ्चकन्या पोखरीका वारेमा देविस्थान कुलावाँधका स्थानीयवासी, सामाजिक अगुवा व्यक्तित्व मोहन थापा हामीलाई बताउनुहुन्छ—.(उहाँको धारणा अडियो रेकर्डमा सुन्न सकिनेछ)
कोशी किनारमा अवस्थित सिक्किमटार कुटिटार, पुङ्खानीलाई गुरुयोजना बनाई शुन्दर र हराभरा कृषक वस्तिको रुपमा रुपान्तरण गर्न सके आन्तरिक पर्यटनलाई पनि यसले सहयोग पुर्याउँछ ।
श्रोतावृन्द अब एकैक्षण जन्तेढुङ्गा गाउँपालिका वडा नं. १ देविस्थानका जनप्रतिनिधि र त्यहाँका जनताका आवाज सुनौँ, उहाँहरुका सपना, चाहना, पीडा र गुनासाहरु सुनौा । अनि अब के र्गा सकिन्छ त्यसवारेमा उपाय खोजौँ ।
सबैभन्दा पहिले वडा सदस्य बच्चिमाया कामीको गुनासो छ , उहाँ देविस्थान वडाको सबैभन्दा टाढा पर्ने पुङखानी निवासी हुनुहुन्छ । गत स्थानीय निर्वाचनमा दलित महिलाको आरक्षण कोटाबाट सदस्यमा निर्वाचित हुनुभएको हो । तर भनेजस्तो काम हुन नसकिरहेको अवस्थामा अलि वढी गुनासो पोख्नुहुन्छ ..(उहाँको धारणा अडियो रेकर्डमा सुन्न सकिनेछ)..
तर वुवाँखोला वारीका सदस्य गणेशकुमार राई भने निकै सन्तोष र अलि वढी उत्साहमा देखिनुहुन्छ । धेरै कामहरु भैरहेको उहाँको कथन छ । उहाँ भन्नुहुन्छ-.(उहाँको धारणा अडियो रेकर्डमा सुन्न सकिनेछ)
विध्युतीकरण ढिला भएकोमा भने उहाँको पनि गुनासो सुनिन्छ-(उहाँको धारणा अडियो रेकर्डमा सुन्न सकिनेछ)
देविस्थान कुलावाँधका अर्का स्थानीयवासी, सामाजिक अगुवा व्यक्तित्व मोहन थापा हामीसँग त्यहाँको आवश्यक्ता र विकासवारे भन्नुहुन्छ .(उहाँको धारणा अडियो रेकर्डमा सुन्न सकिनेछ)
श्रोतावृन्द आज जन्तेढुङ्गा गाउँपालिकाको सहयोग र सहकार्यमा सामुदायिक रेडियो हलेसी एफएमले तयार पारेको रेडियो कार्यक्रम मेरो सपनाको जन्तेढुङ्गामा वडा नं. १ देविस्थानका विषयमा चर्चा गयौँ । देविस्थानमा भैरहेको विकास निर्माण, त्यहाँको शैक्षिक अवस्था लगायत अन्य विषयहरुमा केन्द्रित बनेर सामाग्रीहरु पस्केका थियौँ । कार्यक्रमका वारेमा जन्तेढुङा वासीहरुले सुनेर सुझाव सल्लाह दिनु भएमा आगामी श्र्रंखलाहरु लाई थप परिमार्जन गर्न सजिलो हुनेछ । त्यसका लागि हाम्रो सम्पर्क नम्वर ९८४२१३८५१० वा इमेल ठेगाना [email protected] मा सुझावहरु लिखित रुपमा पठाउन सक्नुहुनेछ । आज भने तपाईहरु सँग छुट्टिने वेला भैसकेको छ । अर्को श्रंखलामा हामी जन्तेढुङ्गा गाउपालिकाका वारेमा थप सामाग्रीहरु लिएर आउनेछौँ । त्यतिन्जेल सम्म हामी तपाइहरुबाट विदा माग्छौँ । नमस्कार ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !