आश्विन २९, २०८२ , Khotang
आदरणीय कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यू ,
सादर जयनेपाल !
म ३६ वर्षदेखि नेपाली काँग्रेसमा समर्पित तल्लोतहको इमानदार कार्यकर्ता हुँ । पार्टीको हरेक उतार–चढावमा निष्ठापूर्वक काम गर्दै आएको छु । प्रवासमा वस्दादेखि हालसम्म एउटा जिम्मेवार कार्यकर्ताको नाताले प्रष्ट भन्न चाहन्छु । म पार्टी भित्रको वर्तमान उतार चढावलाई पार्टीले गर्ने निर्णयलाई स्वीकार गरेर अघि बढ्नेछु । पक्कै पनि अहिलेको सन्दर्भमा देशभरीका आम कार्यकर्ता र नागरिकको भावना बुझेर सर्वसम्मत निर्णय पार्टी केन्द्रीय समितिले गरोस् । विचारको द्वन्द्व पार्टीको पहिचान र कार्यकर्ताको रक्त संचार हो । यसलाई वहस, छलफल गरेर विधीसम्मत ढंगले हल गर्नु पर्छ भन्ने मेरो धारणा रहेको छ । म हाल पार्टीको महाधिवेशन प्रतिनिधिको रूपमा मताधिकारवाला नभएकोले र मैले उठान गर्न खोजेको विषय अलग भएकोले विषयान्तर गर्न पनि चाहन्नँ ।
मैले आज उठान गर्न खोजेको विषय भनेको काँग्रेसले अब वातावरण, जलवायु परिवर्तन र स्थानीय उत्पादनको सवाललाई आफ्नो नीतिगत व्यवस्था गर्नै पर्छ । हाम्रो पार्टीको ऐतिहासिक इतिहास जनजीवन र मानवताको पक्षमा उभिएको इतिहास हो। बी.पी. कोइरालाले भन्नुभएको थियो – “गाउँको विकास नभई देशको विकास हुनसक्दैन ।’’ यो भावले नै स्पष्ट पारेको छ—मानवमूखि विकास हो भन्ने । वीपी कोइरालाले प्रत्येक नेपालीको “एकहल गोरू होस्, दुहुनोु गाई होस्, औषधिमुलो गर्नसक्ने आर्थिक अवस्था होस्, पढ्ने विद्यालय होस् ...।’’आदि भन्नु नै गाउँ र जनमूखि सोँच हो । तत्कालिन परिवेशमा जननायक वीपीले उद्घोष गर्नुभएको मार्मिक मानवमुखी विचार हो । गणेशमान सिंहको त्याग, सुवर्ण शम्शेरको लोकतन्त्रप्रतिको समर्पण, किसुनजी र सुिशल दा’को सादगीपन र इमानदारिता यी सबै काँग्रेसको आत्मा हुन् । हामी कार्यकर्ताको गौरवगाथा हो । अग्रजको दृष्टिकोण र व्यवहार नै अहिलेको युगमा यही मूल्यलाई हरित सोँच, वातावरण संरक्षण र स्थानीय आत्मनिर्भरतासँग जोडिने नीति नै काँग्रेसको मुख्य मार्ग हुनुपर्छ ।
नेपालले भोगिरहेको जलवायु संकट केवल मौसमको असामान्यता होइन । यो जनजीवन, कृषि, रोजगारी र अस्तित्वसँग जोडिएको चुनौती हो । त्यसैले काँग्रेसले अब “वातावरणमैत्री अगुवा दल” को रूपमा तल्लो तहदेखि नेतृत्व तहसम्म आफ्नो पहिचान बनाउने साहसिक कदम चाल्न जरुरी छ । किनकी अव आयातित र परनिर्भरताले देश समृद्ध हुन सक्दैन । देश असफल वा कमजोर भयो भने काँग्रेस कसरी दह्रो हुन्छ ? यो विषयमा केन्द्रीय समितिमा गहन छलफल गरी ठोस् निष्कर्ष निकालियोस् ।
आदरणीय कावा सभापतिज्यू !,
बाँस, रैथाने स्रोत र आमरण अनशन
नेपालको हिमाल, पहाड, मधेश–तराईका गाउँ–घरमा बाँस केवल वनस्पति होइन, जीवनको अभिन्न हिस्सा हो । विज्ञका अनुसार नेपालका विभिन्न भू–भागमा ५०–५५ प्रजातिका बाँस पाईन्छन् । सँस्कृति, सभ्यता र पहिचानको अनुपम भण्डार हो बाँस । घर, भाँडो, पुल, छाना, सँस्कृति र सीप सबैमा बाँस मिसिएको छ। बाँसले कार्बन अवशोषण गर्छ, माटो बाँध्छ, र दिगो रोजगारी दिन्छ । तर विडम्बना के छ भने सरकारले हरेक वर्ष सेमिनार, गोष्ठी र सम्मेलन त गर्छ, तर ठोस नीति अझै बनाएको छैन । यसकै विरुद्धमा मैले गत साउन ११ गतेदेखि १८ गतेसम्म काठमाडौंको माइतिघर मण्डलामा आमरण अनशन बसेँ । मैले ७ बुँदे माग राखेको थिएँ । त्यसभित्र अन्य उपमागहरू थिए । नेपालले बाँसलाई वैकल्पिक कच्चा पदार्थको रूपमा प्रयोग गरोस् । स्थानीय उत्पादनमा आधारित रोजगारी सिर्जना गरोस् । वातावरणमैत्री नीति लागू गरोस् । जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न ठोस् नीति बनोस् । प्लाष्टिकजन्य सामग्रीको न्यून प्रयोग र बादर लगायत वन्य जन्तुले कृषकलाई दिएको पीडाबाट मुक्ति दिलाईयोस् भन्ने लगायतका माग थिए । तर मेरो त्यो मागलाई पार्टीले अझै अपनत्व लिन सकेको छैन । सरकारसँग भएको संझौता लागू भएको छैन । मैले कुनै व्यक्तिगत स्वार्थका लागि होइन, विश्व समुदाय र भविष्यका लागि यो आवाज उठाएको हुँ । पार्टीले अपनत्व लिएर अझै पनि वातावरण मैत्री नेपाली काँग्रेसको अवधारणालाई औपचारिकता प्रदान गरोस्—जोडदार अनुरोध गर्न चाहन्छु ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा नेपालमा पहिलो पटक खोटाङको दिक्तेलमा नेपालको पहिलो राष्ट्रिय बाँस सम्मेलन गत फागुनको १५,१६ र १७ गते भएको थियो । सम्मेलनको स्पष्ट सन्देश थियो–बाँस केवल उत्पादन होइन, भविष्यको अर्थतन्त्र हो । तर त्यो ऐतिहासिक सम्मेलनको निष्कर्ष र ३५ बँुदे दिक्तेल घोषणापत्र अझै पूर्ण कार्यान्वयनमा आएको छैन । सरकारले हरेक वर्ष वातावरण दिवस मनाउँछ । देश विदेशमा सभा, गोष्ठी, अन्तरक्रिया कार्यक्रम गर्छ । प्रतिनिधि मण्डलको लावालस्कर विदेश जान्छ र सेमिनारमा भाग पनि लिन्छ तर उतावाट त्रिभुवन विमानस्थलमा उत्रिएपछि सबै स्वहा हुन्छ । यहाँ केवल कागजी काम हुन्छ तर ठोस् वातावरणमैत्री नीति कार्यान्वयन हुँदैन । यही कारण आज जलवायु परिवर्तनले हिमाल पग्लिरहेको छ । वेमौसममा परेको पानीबाट आएको खोलाको बाढीले जनधनको क्षति भैरहेकोे छ । गाउँ घरमा कृषकहरू बाँदर लगायत वन्यजन्तुको आक्रमणले त्रसित छन् । काँग्रेसले अब नीतिलाई व्यवहारमा उतार्नु पर्छ ।
आदरणीय कावा सभापतिज्यू !
युवा नेतृत्व, हिमाल आरोहण र व्यवहारिक नीति
महामन्त्री विश्वप्रकाश शर्मा स्वयं वातावरणप्रेमी व्यक्ति हुनुहुन्छ । उहाँले विभिन्न हिमाल आरोहण गरी सगरमाथाको दोस्रो आधार शिविर (अर्थात् सगरमाथाको काख) सम्म पुग्नुभएको थियो । जुन वातावरणप्रतिको प्रतिबद्धताको प्रतीक हो । अर्का महामन्त्री गगन थापा स्वास्थ्य र हरित ऊर्जाका पक्षधर नेताका रूपमा चिनिनुहुन्छ । यी दुई युवाले काँग्रेसको नेतृत्वमा हरित सोँचलाई नीति र व्यवहारमा जोड्ने जिम्मेवारी लिनुपर्छ । अहिलेको समस्या भनेको सरकार र पार्टी दुबै तहमा गोष्ठी, कार्यशाला र सेमिनार मात्रै भइरहे । कागजी काम धेरै भए तर ठोस नीति बनेको छैन । काँग्रेसको घोषणापत्रमा हरित अर्थतन्त्रका शब्द छन् तर व्यवहारमा त्यसको कुनै उदाहरण देखिँदैन । न पार्टी केन्द्रीय कार्यालय भित्र वातावरण मैत्री फर्निचर छन्, न सरकारमा जाँदा ठोस् नीति निर्माण गर्न सक्यो । त्यसैले अव ठोस नीति र कार्यान्वयन व्यवहारिक रूपमा आफैंबाट शुरूहुनु पर्छ ।
मेरो आग्रह छ –पार्टीले मेरो आमरण अनशनका १६ बुँदे मागलाई आफ्नो नीति र कार्यक्रममा समावेश गरोस् । सरकारलाई काँग्रेसले दबाब देओस् । बाँस, रैथाने स्रोत र स्थानीय उत्पादनमा आधारित उद्योग र रोजगारका नीति लागू गरियोस्। अहिलेको आर्थिक संकट र बेरोजगारीको समाधान यीनै स्थानीय स्रोत र सामग्रीको परिचालनबाट मात्रै हुन सक्छ । काँग्रेसले चाह्यो भने म र मेरो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन–चार महिनाभित्रै काँग्रेसको केन्द्रीय कार्यालय बाँस र वातावरणमैत्री कार्यालयको रूपमा रूपान्तरण हुनेछ । नेपालमा मात्र होइन विश्वमा पार्टीको छवि उच्च हुनेछ । हाम्रो नगरले सस्तो, सुलभ र आकर्षक बाँसका फर्निचर उत्पादन गर्न सक्छ। स्थानीयले रोजगारी पाउँछन् । जसले काँग्रेसलाई व्यवहारमै हरित दलको उदाहरण बनाउन सक्छ । पार्टीले नयाँ खरिद नीति ल्याओस् । आफ्नै कार्यालयबाट हरित सोचको अभ्यास सुरु गरोस् । अनि मात्र जनताले विश्वास गर्छन् कि काँग्रेस बोल्ने मात्र होइन, व्यवहारमा काम गर्नेपार्टी हो। अन्यथा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतर भन्ने उखान जस्तो हुन्छ । यही हो पार्टीले गाउँका नागरिकसँग गाँसिने समय । यदि पार्टीले महशुस गरÞ्यो भने अन्यत्रै पनि वातावरण मैत्री बाँसका फर्निचर खरिद गर्न सक्छ । यसमा एउटा शर्त छ हाम्रै गाउकक ठाउँका रैथाने र सीप हुनुपर्छ । वातावरण मैत्री फर्निचरको नाममा विदेशी आयातित सामग्री नहोस् ।
आदरणीय कावा सभापतिज्यू !
अन्तर्राष्ट्रिय अभ्यास र काँग्रेसको अवसर
विश्वका धेरै देशहरूले हरित अर्थतन्त्रलाई राष्ट्रिय नीति बनाएका छन् । भूटानले æGross National HappinessÆ मा वातावरणलाई पहिलो प्राथमिकता दिएको छ । जापानले बाँस र पुनःउत्पादन प्रविधि प्रयोग गरेर वैकल्पिक निर्माण सामग्री बनाएको छ । चीनले बाँस उद्योगबाट लाखौं रोजगारी सिर्जना गरेको छ। भारतले æGreen India MissionÆ अन्तर्गत जैविक खेती र बाँस प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ। जर्मनी, स्वीडेन र नर्वेले पुनःचक्रण र प्लास्टिकमुक्त नीति लागू गरेका छन् । भियतनामले बाँस निर्यातलाई राष्ट्रिय उद्योगको रूपमा विकास गरेको छ । यी र यस्ता देशहरूको अभ्यासले देखाउँछ कि हरित सोच केवल वातावरणको कुरा होइन । अर्थतन्त्र र रोजगारीको पनि भविष्य हो। नेपालले पनि आफ्नो वन, बाँस, पानी र रैथाने सीपलाई प्रयोग गरेर विश्वमा हरित नेतृत्वको उदाहरण देखाउन सक्छ । त्यसको नीति निर्माणमा काँग्रेसले अगुवाई गर्नुपर्छ। कककाग्रेसले अगुवाई गरे अरू पार्टीले पनि गर्छन् र सरकार पनि नीति बनाउन वाध्य हुन्छ ।
आदरणीय कावा सभापतिज्यू !
निष्कर्ष ः काँग्रेसबाट हरित पुनर्जागरणको सुरुवात
हाम्रो पार्टी लोकतन्त्रको जननी हो । अब काँग्रेसले “हरित लोकतन्त्रको जननी” बन्ने समय आएको छ । वातावरणमैत्री साँेच, स्थानीय उत्पादनमा आधारित रोजगारी र रैथाने स्रोतको सम्मान यी काँग्रेसका नयाँ राजनीतिक आधार बन्नुपर्छ । म काँग्रेसको निष्ठावान कार्यकर्ता हुँ । मेरो निष्ठा अटल छ, तर म चाहन्छु–काग्रेस पार्टीले मेरो आमरण अनशनको भावना र १६ बुँदे मागलाई नीति र व्यवहारमा उतारोस् । यदि काँग्रेसले चाह्यो भने हामी सबै मिलेर नेपाललाई बाँसको मुलुक र हरित अर्थतन्त्रको केन्द्र बनाउन सक्छाँै ं। बी.पी. कोइरालाले भन्नुभएको थियो –“गाउँ बलियो नभई नागरिक वलिया हँुदैनन्, नागरिक बलियो नभई देश वलियो हुदैन ।” त्यसैले मेरो आग्रह छ “राष्ट्र तब सुरक्षित हुन्छ जब वातावरण सन्तुलित हुन्छ ।” त्यसैले काँग्रेसले अब ठोस निर्णय गरोस् । बाँस, रैथाने सीप र वातावरणमैत्री नीति अपनाओस् र नेपाललाई हरित युगमा प्रवेश गराओस् । वातावरण मैत्री कुरा गरेर होइन, नेपाली काग्रेसले व्यवहारमा नै लागू गरोस् ।
फेरि पनि जोडदिएर अनुरोध गर्नचाहन्छु –२९ गतेदेखि भईरहेको नेपाली काग्रेसको केन्द्रीय समितिको बैठकले पार्टी केन्द्रीय कार्यालयलाई सस्तो, भरपर्दो, वातावरणमैत्री केन्द्रीय कार्यालय बनाउन ठोस् निर्णय गरोस् । बाँसबाट निर्मित वातावरणमैत्री कार्यालय बने गाउकक र स्थानीयको सम्मान ठहरिने छ । स्थानीय सीप , सँस्कृित र पहिचान झल्किनेछ । समयमा निर्णय नगरेर भविष्यमा पछुताउने काम केन्द्रीय कार्यालयले नगरोस् । वीपी कोइरालाले २०१६ सालमा योजना आयोगका उपाध्यक्षलाई “ नीति निर्माण गर्दा भित्तामा राजामहाराजको होईन गाउँमा हलो जोत्दै गरेको किसानको तस्विर झुण्ड्याउनु होस् र त्यहीँ फोटो हेरेर नीति बनाउनु भयो भने मात्रै गाउँको नीति बन्छ “भन्नुभएको थियो । म पार्टीका अग्रज नेतालाई अनुरोध गर्न चाहन्छु – तपाईले विदेशी आकर्षक र महंगा फर्निचरमा बसेर होईन गाउँका नागरिकले पसिना बगाएर निर्माण गरिएको मौलिक र वातावरणमैत्री बाँस र राडीमा बसेर पार्टीको नीति बनाउनुभयो भने मात्रै गाउककका किसान प्रतिको विश्वास बढ्नेछ । गाउँलेले नै रोजगारी पाउनेछन् । भरपेट खान र छोराछोरीलाई नयाँ कपडा किन्न सक्नेछन् “यस निर्णयबाट मात्रै वीपीको विचारलाई व्यवहारमा उतार्ने सच्चा पार्टीको रूपमा काग्रेस ठहरिनेछ । जय वातावरण –जय हरित काँग्रेस – जय नेपाल ।
“नेपाली काँग्रेस हरित मार्गमा हिडोस्, तब मात्र बी.पी. को सपना पूरा हुन्छ।”
(स्तम्भकार–नेपाली काँग्रेस खोटाङका जिल्ला उपसभापति हुन् ।)
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान