सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

नियात्रा

असाड १२, २०८१, Khotang

Image

ज्ञानवर्द्धक भयो—यात्रा काठमाडौंको


——————तीर्थराज भट्टराई 



कतिपय पैदल वा गाडीको यात्रा निरश र गन्तव्यहीन हुन्छन् भने कतिपय रमाइलो, ज्ञानवर्धक र अविश्मरणीय पनि । एक ठाउँबाट अर्को ठाउँसम्म यात्रा गरियोभने एउटाले अर्कोलाई नजिकबाट नियाल्न पाइन्छ भने सकिन्छ नजिकबाट भावनात्मक सम्बन्ध स्थापना गर्न पनि । सँगसँगै हिड्दा आफ्ना अनुभव र विचारलाई सकिन्छ प्रवाह गर्न पनि । हो, आज असार ११ गते मंगलवार भयो यस्तै यात्रा । 

नेपाल सरकारले देशभरिका ७५३ स्थानीय तहमा पठाएको बजेट मध्ये समानिकरणको शिर्षकको बजेट ठूलो मात्रामा  कटौति गर्ने निर्णयका विरूद्ध देशभरीका जनप्रतिनिधिलाई संघले १३ गतेदेखि हुने सिंहदरवार घेराऊ कार्यक्रममा पत्र लेखेरै बोलायो सहभागी हुनका लागि ।

यहीँ शिलशिलामा १० असारमा नगर अधिवेशन सफलता पूर्वक सम्पन्न गरी म तयारी गरिरहेको थिएँ काठमाडौं जाने । नेपाली काँग्रेसका जिल्ला सदस्य तथा तरूण नेता जोशीचन्द्र राईको नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएर काठमाडौं स्थित कान्ति वाल अस्पतालमा लानु पर्ने भएको हुँदा सँगै जाने भयो सल्लाह । 

भाई जोशी र म एउटै गाउँ दोर्पा चिउरीडाँडाका । राजनीतिक जीवनमा पटक पटक सहयोग गर्नु भएको छ मलाई । नाताले मेरो मित भाइ र पार्टीका हिसावले राजनीतिक साथी । मलाई राजनीतिक क्षेत्रमा पटकपटक गर्नुभएको छ सहयोग । केही दिन अगाडि जोशी भाइको कान्छो छोराको जन्म भएको थियो जिल्ला अस्पताल दिक्तेलमा । सामान्य ढंगले भयो नवजात शिशुको जन्म । बुहारीको गर्नु परेन शल्यक्रिया । जोशी भाईलाई दोर्पाबाट आउन समय लाग्ने भएकोले अघिल्लो दिनको सल्लाह अनुसार म हिडेँ काठमाडौं ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई पनि बैठकमा काठमाडौं जानुपर्ने भएकोले सल्लाह भएको थियो सँगै जाने । मंगलवार विहान ६.३० बजे मेरोमा आईपुग्नु भयो । म प्रायः लामो दूरीको यात्रा गर्नु पर्दा विहानै हिड्छु ४.०० बजे । त्यो हिसावले धेरै ढिलो भई सकेको थियो उक्त समय मेरो लागि । तर सामूहिकतामा विश्वास गर्ने हामीले आफ्नो विषय लाद्ने भन्दा पनि आएको साझा निष्कर्षमा आफूलाई समाहित गर्नु हो लोकतान्त्रिक विधि । यहीँ विश्वासका साथ समन्वय प्रमुख सनबहादुर राई, सदिक्षा कार्की र चालक सन्तोष ढकाल । 
असारको महिना भएपनि जमिन भिज्नेगरी परेको छैन पानी । जलवायु परिवर्तनले दिन प्रतिदिन हाम्रो समय तालिका र प्राकृतिक अवस्थालाई निस्तेज बनाई रहेको छ । दिक्तेल मुडे हुँदै हरियाली डाँडापाखाको सुरम्य आनन्दानुभूति लिँदै पुग्यौं हलेसी ७.३० बजे । 

शैक्षिक अभियन्ता  बुद्धि कार्की हलेसी आउने पूर्व सूचना भएको हुँदा भेट्ने कार्यतालिका थियो मेरो । भिलेज होटलमा उहाँ सहित सत्विचारक रमण भट्टराई सहित ४ जनासँगै विविध विषयमा भयो आधा घण्टा छलफल । व्यवसायी तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्र गिरीसँग राजनीतिक परिस्थिति, नगरपालिकाको अवस्था आदि विषयमा छलफलिएर हामी ८.४५ बजे लम्कियौं गन्तव्य तर्फ ।

मेरो काठमाडौंको गन्तव्य विशेषतः देशभरीका स्थानीय तहमा सरकारले गत आावमा विनियोजन गरेको समानिकरण रकम निकासा गराउन नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका महासककघले संयुक्त रूपमा आयोजना गरेको दवाव मूलक कार्यक्रममा सहभागि हुने । १०.३० बजे घुर्मी पुगेर खायौं साधा र सात्विक खाना । 

सोखु खोलामा वर्षौंदेखि बनिरहेको बेवारिसे पक्की पुलमा पायौं थोरै सुधार भएको । वर्षात्को समयमा खोलामा आएको बाढीले घण्टौ अलपत्र पर्ने सोलु, ओखलढुंगा र खोटाङे जनताको नियतिमा थोरै आएछ परिवर्तन । राजनीतिक दल, जनप्रतिनिधि र आम नागरिकको सशक्त दबावका कारण निर्माण व्यवसायीले वाध्य भएर ढलान गरेको हुँदा गाडि पुलबाट थालेको रहेछ वारपार गर्न । तर काम पुरा र व्यवस्थित अझै पर्खिनुपर्ने अवस्था छँदैछ अहिले पनि । 

भाते निन्द्रा हुन सक्छ करिव २–३ घण्टा निदाएंछु म त । मुल्कोट पुगेपछि मात्रै निन्द्राले छोडेछ र भएँ चंगा । वाग्लुङ, संखुवासभा हुँदै वैशाखदेखि प्रमुख जिल्ला अधिकारीको रूपमा हुनुहुन्छ सहसचिव शिवकुमार कार्की । 

सरल, सहयोगी र सज्जन स्वभावका प्रजिअ कार्की खोटाङ जिल्लाको भौतिक पूर्वाधार निर्माण, अन्य विकास, सुशासन र सुरक्षा व्यवस्थापनमा लिईरहनु भएकोछ चिन्ता र निर्वाह गरिरहनु भएकोछ आफ्नो कर्तव्य । राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालासँग गरिरहनुभएको छ समन्वय । गाडिमा सँगै रहेकी सदिक्षा प्रजिअ कार्कीकी रहेछिन् जेठी छोरी । 

अत्याधिक गर्मी भएको कारण यात्राको क्रममा भयो हामी सबैलाई थकानको महशुस । सदिक्षा लामो समय, म केहि समय निदाएँ भने समन्वय प्रमुखज्यूले गर्नुभएन झिमिक्क पनि ।

मानिसको आआफ्नै हुन्छ गुण र स्वभाव । यात्रामा लामो समय निदाउने छ मेरो पनि स्वभाव । सदिक्षाले पिताजीको जागिर, पारिवारिक घुमघाम र शैक्षिक संघ संस्थासककगको पहलकदमीमा ३० भन्दा बढी जिल्लाको गरेकी रहिछन् भ्रमण । काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर साइन्समा बिएससी गरेर हाल मास्टर्स गरिरहेकी रहिछन् । सरल, नम्र र सुसज्जन स्वभावकी सदिक्षा रहिछन् केही वर्षदेखि क्यानाडाको आईटी कम्पनी एल्फा विमा टेक्नोलोजिको कर्मचारी । बेलुकी ३ देखि राति १२ बजेसम्म ९ घण्टाको जागिर । घरमा बसेर अनलाईन मार्फत प्रतिष्प्रर्धाबाट परीक्षा पास गरेकी । मासिक रु. १ लाख ५० बजार हाराहारी हुन्छ तलब । ओ’हो .. हामी त छक्क उनको तलव र कामको प्रकृति सुनेर । प्रविधिले विश्व एउटा गाउँ भईसकेको परिप्रेक्ष्यमा योग्यता÷क्षमता भए पैसा कमाउन छैन गाह्रो । सदिक्षा जस्तै हजारौं युवा यस्तै सेवाबाट गरिरहेका छन् आय-आर्जन ।

मेरो पहिलो लामो यात्रा थियो समन्वय प्रमुख सनबहादुर राईसँग । पारिवारिक र व्यवहारिक कुरा बुझ्ने मौका मिल्यो सबैको । राज्यले निर्धारण गरेको जिम्मेवारी पनि समन्वय प्रमुख र उहाँसँगको विगतदेखिको स्वभाव पनि समन्वयात्मक । जिम्मेवारी र सनबहादुर दाइको स्वभावले पनि -यांग की ठ्यांग मेल खायो मेरो ठम्याईमा । 

रतन्छा, धिकुर्तुंङ–सिलापा स्थायी निवासी राई वाल्यावस्थादेखि नै होमिनुभयो राजनीतिमा । अनेरास्ववियू एकताको पाँचौ हुँदै मोदनाथ प्रश्रित अध्यक्ष  हुँदा जनसाँस्कृतिक मन्चको  हुनुभयो केन्द्रीय सदस्य पनि । विगतमा नेकपा एमालेको जिल्ला सदस्य हुँदै रतन्छाको गाविस अध्यक्ष समेत भई सक्नु भएको अनुभवी जनप्रतिनिधि हुनुहुन्छ सनबहादुर राई । सरल स्वभाव, मुसुक्क मुस्कुराएर कुरा राख्ने सनबहादुर राई हाल हुनुहुन्छ जनता समाजवादी पार्टीको प्रदेश अध्यक्ष । 

नेपालको राजनीति एकता, संयमता र समर्पणभावको नभई सबै पार्टी भित्र केही व्यक्तिको स्वार्थमा अल्मलिएको देखिन्छ अहिले । हाम्रो भूमिका र गतिविधिले दिन प्रतिदिन लोकतान्त्रिक गणतन्त्र बन्दैछ कमजोर । तर कस्ले राख्ने हेक्का !! सत्ता, सत्ता अनि सत्ता र पैसा, पैसा र अनि पैसामा नै देखिन्छ सबैको वक्रदृष्टि । तल्लो तहको होस् चाहे केन्द्रको नेतृत्व गर्ने नै किन नहोस् उसको ध्यान छ तह अनुसारको कमाउ–धन्दा । हुन त यो माथि लेखिएका शव्दले इमान्दार र स्वाभिमानी जनप्रतिनिधि माथि बज्रपात हुन्छ । त्यसैले जस्ले यस्तो कुनियत राख्छ, उसैप्रति लक्षित हो भन्ने बुझ्नुपर्छ सबैले । अर्को तिर जस्ले देशको लागि वलिदान दिए, कालकोठरी जेल भित्र बसे, लामो राजनीतिक संघर्ष गरे र यो पाएको उपलब्धिलाई सदुपयोग गरेको छ कि दूरूपयोग ? आत्मा समिक्षा गर्न जरुरी छ–प्रत्येक तहका जनप्रतिनिधि र नेतृत्व गणले । केही मानिसको कमजोरी र बद्मासीलाई ब्यहोरी रहेका छौ हामी निर्दोष राजनीतिकर्मी र जनप्रतिनिधिले । यस्तो लेख्दै गर्दा मैले आफूलाई निर्दोष सावित गर्न खोजेको होइन । हुनुप–यो तथ्यगत लेखाजोखा र गर्नुप-यो मुल्यांकन तलदेखि माथिसम्मकै ।

नागरिक समाजदेखि संचारकर्मीसम्म सबैले लेख्न कमाउनु भएन हात र फड्कार्न सक्नुपर्यो जिब्रो । तेरो र मेरो, साथी र पार्टी हेरेर  हुँदैन परिवर्तन र सकिन्न लक्ष भेदन गर्न । र, मात्रै हुन्छ समाज परिवर्तन र देशमा विकास ।

यात्राका क्रममा झिना मसिना पारिवारिक–व्यवहारिकदेखि भए भलाकुसारी राष्ट्रिय स्तरका विषयहरुमा पनि । लामो यात्रा निरस भन्दा पनि ज्ञानवर्द्धक र बन्यो फलदायी पनि । काभ्रे भन्ज्याँगको वल्लो धारामा बिसायौँ र पियौँ पानी । मूलको चीसो पानीले दिनभरिको थकानलाई मेटाउँदै भ-यौँ शारीरिक र मानसिक उर्जा । ओ..हो हाम्रो देश ! छ, सम्पदा र प्राकृतिक हराभराले भरिएको स्वर्गीय आनन्द । 

दिउँसोको ३.०० बजे बढ्यौं काठमाडौं तर्फ । सदिक्षाले काठमाडौं विश्वविद्यालयमा पढेकी रहिछन् हामीलाई बताइन् त्यहाँको अवस्था र वातावरण । भौतिक संरचनादेखि भौगोलिक वातावरणको विषयमा नजिकबाट बुझ्ने अवसर मिल्यो आजको यात्राबाट । दर्जनौं पटक हिंडियो यो बाटो तर थिएन यी सबै विषयमा जानकारी । यसको लागि यात्रा संस्मरण मार्फत धन्यवाद सदिक्षालाई ।

वनेपा नपुग्दै २८ (स्थानको नाम) किलो नजिकै भएको गाडि दुर्घटना र निर्माणाधिन सडकमा हुने अत्याधिक धुलोधुवाँ हो यो ठाउँको विशेषता नै । जति राजधानी तर्फ लम्किन्छौं त्यति नै कोलाहाल र प्रदुषणको मार खेप्नु हाम्रो हो–नियति नै । ४.२० मा कोटेश्वर चौकमा सदिक्षासँग विदा  बुद्धिदै अघि बढ्यौं मेरो तर्फ । 

सुस्त,सहज र सडक यात्रामा चालकको रूपमा लामो अनुभव बोकेका निर्मलीडाँडा निवासी समन्वय प्रमुखका चालक संतोष ढकालले पु-याउनुभयो मेरोमा ५.०० बजे बेलुकी । उहाँ नाताले मेरो नजिकको मामा ससुराको सम्बन्ध भएकोले छिनोफानो गर्यौं ज्वाई ससुराको सम्बन्ध । समग्रमा यात्रा मेरो लागि नयाँ पुस्ताको विचार मन्थन, सोँच बुझ्ने र समन्वय प्रमुखज्यूको लामो राजनीतिक, सामाजिक, पारिवारिक अवस्थालाई बुझ्ने, नियाल्ने र आफूलाई परिस्कृत गर्नुपर्ने अनुभूत गरायो मलाई । 

निष्कर्ष–जीवनका यस्ता यात्राहरू कमै हुन्छन् जो जीवन दर्शन बनोस् र बनोस् ज्ञानवर्द्धक पनि । तर असार ११, २०८१ को दिक्तेलदेखि काठमाडौंसम्मको यात्रा सुखद्, सरल, सहज र सफल त भयो नै, सँगैमा ज्ञानवर्द्धक र प्रतिफलमूलक रहेको अनुभूत गरेको छु मैले । नयाँ पुस्ता नानी सदिक्षाको सोँच, अवधारणा र लक्ष्यलाई बुझ्ने र अग्रज सनबहादुर दाईको अनुभव मेरो जीवनको लागि नयाँ पाठशाला बन्यो यो यात्राअवधिभर । सँगैमा सहज ढंगले हामीलाई काठमाडौं अवतरण गराउने गाडि चालक र अरू चालकको वीचमा तुलना गर्दै अध्ययन गर्न पाएँ । यो मेरो यात्राको नयाँ पाठशाला नै हो भन्ने निकालेको छु निष्कर्ष ।

(स्तम्भकार–दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ)
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes