असार १७, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–५ स्थित मझुवागढी कालिका देविस्थान परिसरमा पहिलोपटक पाइपको माध्यमबाट कलकल पानीको धारो बहन थालेको छ । समुन्द्री सतहबाट करिब १९ सय मिटर उचाइमा अवस्थित मझुवागढी कालिका देविस्थान परिसरमा लामो प्रयत्न पछि दिखुवाखोलाको सिर वाताल मूहान बाट खानेपानीको पाइप विच्छ्याई पानी उपलव्ध गराएसँगै पहिलोपटक आषाढ १६ गते शनिवार पाइपबाट कलकल पानीको धारो बहन शुरु भएको होे ।
मझुवागढी तथा कालिका भगवती देविस्थान आसपास पानीको अभावमा पुजाआजा तथा त्यहाँ पुग्ने भक्तजनहरुलाई समेत समस्या पर्दै आइरहेकोले त्यहाँ पानी उपलव्ध गराउने हेतुले आर्थिक वर्ष २०७२/७३ बाट शुरु भएको कालिका भगवती खानेपानी आयोजनाले अब भने मूर्तता पाएको मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिका अध्यक्ष पदम प्रसाद आचार्य बताउनुहुन्छ । देविस्थान परिसरमा पानीको धारो बहन थाले पछि पहिलो पटक हातको अन्जुलीमा पानी थापी कालिका देविस्थानमा अर्पण गर्दा ठूलो आध्यात्मिक आनन्द प्राप्त भएको उहाँको कथन छ ।
मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिका अध्यक्ष पदम प्रसाद आचार्य हातको अञ्जुलीबाट जल अर्पण गर्दै
यही खुशीमा आफ्नो सामाजिक सञ्जालमा खानेपानी आयोजनाको विगत प्रयासलाई सम्झदै उहाँले यस्तो स्टाटस लेख्नुभएको छ-‘‘३३० वर्ष अघिदेखि दैनिक पुजाआजा शुरु भएको कालिका भगवती मन्दिर, बुधेश्वर गुफा र ऐतिहासिक मझुवागढीमा पानीको ज्यादै समस्या थियो । यस शक्ति पिठ धार्मिक स्थल र ऐतिहासिक पर्यटकीय थलोमा पानी पुर्याउने परिकल्पना गरेर दिक्तेल खानेपानीका प्राविधिक मित्र युवराज थापासँग सहयोग लिई म आफैले फित्ता समाई भगवती स्थानदेखि रुपाकोट सम्मको नाप लिएर खानेपानी विभागबाट स्टिमेट गराई शहरी विकास मन्त्रालयबाट योजना स्विकृत गराएको थिएँ । पछि मुहानमा अवरोध भएको कारण रुपाकोटको सट्टा ठूलो मिहिनेतबाट वाताल मुहान बदलेर कामको थालनी भएको थियो । यस कार्यमा पूर्ण रुपमा सक्रिय भै काम सफल गराउन सहयोग गर्ने निर्माण समितिका संयोजक दुर्गाप्रसाद घिमिरे, दैनिक रेखदेखमा खट्नुहुने धनपति आचार्य लगायत निर्माण समितिका सबै मित्रहरु , पाइप गाड्न जग्गा दिनुहुने जग्गादाताहरु सबैलाई धन्यवाद । खानेपानी कार्यालयका प्राविधिक मित्र युवराज थापा लगायत सबै कर्मचारी साथीहरुलाई पनि हार्दिक धन्यवाद ।’’
निर्माण समितिका संयोजक दुर्गा प्रसाद घिमिरेका अनुसार धार्मिक परम्परा अनुसार मन्दिर परिसरमा ९ वटा धाराहरु रहनेछन् । त्यस्तै यही आयोजना अन्तर्गत दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका बाम्राङसिरानका वस्ति, निगाले, धामखोरी, मुढे थापागाउँ, लगायत आसपासका वासिन्दालाई समेत पानी उपलव्ध गराइनेछ ।
शरुमा प्रदेश अन्तर्गत शहरी विकास मन्त्रालयबाट वजेट स्विकृत गराई रु.२२ लाखबाट काम शुरु भएको निर्माण समिति संयोजक घिमिरे बताउनुहुन्छ । उहाँले यसलाई पूर्ण रुपमा सम्पन्न गर्न आवश्यक वजेटको माग भैरहेको समेत बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !