पौष २३, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका सडकहरुमा सवारी दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्ने क्रममा ट्राफिक प्रहरी कार्यालय खोटाङले नियम विपरित चलेका विभिन्न सवारी साधानका सवारी चालकहरुलाई कारबाही गरेको छ । गत आर्थिक बर्ष २०७९/८० मा ट्राफिक नियमको उल्लङ्घन गर्ने ४ हजार ८ सय ६६ सवारी साधनमाथि कारबाही गरी रु ३४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।
मापसे गरी सवारी चलाउने, तोकिएको भाडा दरभन्दा बढी भाडा लिने, लाइसेन्स नभएका र लाइसेन्स साथमा नबोकेका, क्षमता भन्दा बढी यात्रु बोक्ने, जथाभावी पार्किङ गर्ने लगायतका सवारीचालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी निरिक्षक हिमाल पौडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार २०७९/८० मा नियमविपरित चलेका ९४ वटा बसचालकलाई कारवाही गर्दा रु.६७ हजार, ट्रक ४७५ कारवाहीमा पर्दा रु.३ लाख ४६ हजार, ट्याक्टर ४२३ कारवाहिमा पर्दा रु. ३ लाख १० हजार ५ सय, जिप २,१७२ कारवाहीमा पर्दा रु.१४ लाख ५० हजार ५ सय, टेम्पो १०३ कारवाहिमा पर्दा रु.७३ हजार, मोटरसाइकल १५०५ कारवाहिमा पर्दा रु.११ लाख ५९ हजार राजस्व सङ्कलन भएको हो ।
यस्तै ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाबाट कारबाहीमा परेका सवारी साधनबाट रु.२७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको थियो । ट्राफिक नियम उलङ्घन गर्ने चार हजार तीन सय सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको जनाइएको छ । पछिल्लो समय जिल्लामा सडक दुर्घटनामा ट्याक्टर दुई, टाटा सुमो एक र मोटरसाइकल एक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लामा चोरीका सवारी साधन दुई वटा मोटरसाइकल रहेको र हालसम्म पनि चोरीको मोटरसाइकल आफ्नो हो भनि प्रहरी समक्ष कोही पनि नआएको जिल्ला ट्राफिक प्रहरी कार्यलय खोटाङले बताएको छ । नियम बिपरित गुड्ने सवारी साधनमा निगरानी र कडाई गर्न थालेपछि यातायात दुर्घटनामा पनि कमी आएको र यससँगै राजश्व संकलनमा समेत बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !