पौष २०, २०८१, Khotang
———————————तीर्थराज भट्टराई
वन, वातावरण, पर्यावरण र भूक्षय नियन्त्रणका लागि काम गरिरहेका सरकारी, गैर सरकारी क्षेत्र तथा शिक्षण संस्थाहरू जो वर्षौंदेखि अनवरतः रूपमा खोज, अनुसन्धान तथा अध्ययन गरिरहनु भएका वीच अहिले प्रथम राष्ट्रिय बाँस सम्मेलन छलफल तथा बहसको विषय बनेकोछ । आलोचना र प्रशंसाका चाँङ लागेका छन् । मुख्य आयोजक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका त्यसमा पनि अझै नगरप्रमुखको हैसियतमा मेरो । अझै निख्रिएर लेख्दा मलाई अत्याधिक मत दिएर निर्वाचित गराउने नगरपालिका भित्रका सम्मानित मतदाता र खोटाङ जिल्लाका नागरिकबाट सकारात्मक, नकारात्मक टिप्पणी भईरहेका छन् । यो आलोचना जायज छ, गर्नैपर्ने विषय पनि हो, किनकी प्रश्न नउठी जवाफ निक्लिन्न र परिणाम पनि आउँदैन । ज-जस्ले उठाउनु भएको छ प्रश्न र आलोचना गर्नु भएकोछ सामाजिक संजालमा म सबैलाई मुरीमुरी दिन चाहन्छु धन्यवाद ।
बाँस सम्मेलन पूर्वतयारीका केही झलकहरु
किनकी मलाई वर्षौंदेखि सद्भाव र प्रेम गर्ने साथै निर्वाचनको समयमा जीवन समर्पण गर्ने गोपाल सैँजु, भतिज हरिवोल आचार्य लगायतका अति शुभचिन्तक जो असन्तुष्टीको भाषा सामाजिक संजालमा लेखिरहनु भएको छ मेरो कृयाकलाप र गतिविधिको विषयमा । विशेषतः बाँस सम्मेलन र चित्रकलाको विषयमा । कुनै स्वार्थ छैन उहाँहरूमा मबाट लिनुपर्ने । केवल शुभेच्छा छ मेयरले नागरिक र नगरको विकासमा प्रभावकारी भूमिका निभाओस् । हामीले जिताएका प्रतिनिधिले विकास र राम्रो काम गरोस् भन्ने शुभेच्छा हो उहाँहरूको । मैले प्रतिनिधि पात्रको रूपमा मात्रै लिएका हुन यी दुई नाम । अरू पनि थुप्रै हुनुहुन्छ मलाई जिताउन योगदान गर्ने व्यक्तित्वहरू र शुभेच्छा प्रकट गर्ने । जुन भावना, अपेक्षा र विश्वासलाई मैले सम्वोधन गर्न सकिरहेको छैन । यसको म सम्मान गर्दै यसै आलेख मार्फत तपाईहरूको शिर निहुरिने गरि अनियमितता र भ्रष्टाचारीको बिल्ला भिरेर हिड्ने छैन कहिल्यै पनि । मेरो प्रतिवद्धता छ यहाँहरूको वीचमा । काम गर्ने शैली र प्राथमिकता आ–आफ्नै हुन्छन् सबैका । मैले उठाएका मुद्दा र गतिविधि व्यक्ति केन्द्रित छ कि समाज केन्द्रित यसको लेखाजोखा गर्न जरूरी छ आलोचकले । लोकतन्त्रको सुन्दर पक्ष भनेको सकारात्मक सुझाव र नीतिगत विवेचना सहितको आलोचना ।
नगरपालिकाको सिमित स्रोत र साधनको सतत् सदुपयोग गर्दै नागरिक हितमा हुनेछन् मेरा हरदम कदमहरू । भएजति स्रोतको सदुपयोग गर्ने र दुरूपयोग नगर्ने एवं हुन नदिने दायित्व हो मेरो । यदाकदा भएका मानवीय कमजोरीलाई छोडेर अनावश्यक राज्य कोषलाई दोहन गरिएको छैन जानि जानी । अनजान र भुलवश भएका कमि कमजोरी गरिएको छ भने पनि यसको सम्पूर्ण जिम्मेवारी मैले लिनै पर्छ र लिन्छु पनि ।
अहिले हामी बाँस सम्मेलनको पूर्वतयारीका लागि प्रदेश स्तरीय कार्यक्रममा छौं आयोजक समितिको तर्फबाट । यो अवस्थासम्म आईपुग्न दर्जनौं चिया पसल, कोठा र चोटामा बैठक र छलफल ग–र्यौँ हामीले । विज्ञ र विशेषज्ञका सल्लाह र सुझाव लियौं दर्जनौं पटक । बाँस सम्मेलनका विषयमा शुरूवाती चरणमा चितवन निवासी केपी भट्टराईको भूमिका थियो महत्वपूर्ण । मेरो भावना र बाँसप्रतिको मोहलाई सार्थकता दिन केपी मार्फत जोडिएं पूर्व मन्त्री गणेश साह, बाँस उद्योगपति प्रणव प्रधान, शिक्षा विज्ञ रामहरी गिरी, युवा व्यक्तित्व प्रदीप दंगाल लगायतसँग । उहाँले गककासिदिनुभयो लगन गककाठो र आफु निक्लिनुभयो सम्मेलनको मैदानबाट । तथापि यो सम्मेलनको अवस्थासम्म ल्याउने पहिलो र अन्तिम व्यक्ति उनै हुन केपी भट्टराई । मेरो सम्मेलन गर्ने ईच्छा र बककास प्रतिको मोहलाई पूर्णता दिने वन, वातावरण, पर्यावरण, प्राकृतिक स्रोत र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ भन्दै अविभावकत्व दिनुहुने महानायक पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साह, सरल, सहज र गाम्भिर्यताका पथ प्रदर्शक वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी, निरन्तर प्रोत्साहित गर्दै उर्जा भरेर संयन्त्रलाई परिचालित गर्ने कर्तव्यनिष्ठ राष्ट्र सेवक वौद्धिक व्यक्तित्व पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका सचिव विशाल घिमिरे, व्यापारिक उच्च घरानामा जन्मिएर सरल, सहज र साधा जीवन विताउन चाहने ग्रिन बेम्बो क्रियसन, ललितपुरका बककास उद्योगपति प्रणव प्रधान, न लोभ न लालच निश्वार्थभावले चौविसै घण्टा समय दिने उर्जाशील युवा रामहरी गिरी, दक्ष, क्षमतावान र प्रविधिका धनी शालिन व्यक्ति, जो मुस्कान छोडेर काममा विश्वास गर्ने युवा प्रदीप दंगाल जस्ता असल र निश्वार्थी सज्जनसककग जोडिएर काम गर्ने वातावरण मिलाई दिने केपी सधैं रहिरहनु हुनेछ मेरो स्मरणमा ।
प्रादेशिक यात्राभन्दा अगाडिका छलफल र योगदानका विषयमा भविष्यमा हुने नै छ चिरफाड र लेखाजोखा । आयोजक तथा अभियानका सदस्यहरूले आ–आफ्नो तर्फबाट अभिव्यक्त गर्नु नै हुने छ बककास सम्मेलनका विषय वस्तुहरूमा । मुद्दाको उठान मात्र होइन परापूर्वकालदेखि आधुनिक कालसम्मका शासकको प्राथमिकतामा नपरी दविएर, हेपिएर, महत्व नदिएर वा ध्यान नपुगेको सर्वोपयोगी बककास अहिले राजनीतिक र वौद्धिक बहसमा पुग्नु हामी पर्यावरणीय सद्गुणी बककास प्रेमीहरूका लागि आफैंमा गर्वको अनुभूति भएको छ ।
सम्मेलन पश्चात परिणामको लेखाजोखा त पक्कै हुन्छ नै र गर्नु पनि पर्छ । तर बककासको विषयमा राष्ट्रिय जागरण आएको छ अहिले । आयोजना स्थल दिक्तेल भएकोले अझ धेरै आलोचना, प्रशंसा र भार मैले थेग्नुपर्छ नगर प्रमुखको हैसियतले । यही भार, जिम्मेवारी र जोखिम मोल्न तयार भएकोले नै हो मैले सम्मेलनका लागि निरन्तर अग्रसरता लिएँ र साथ दिनुभयो केन्द्रीय, प्रदेश सरकार र नीजि क्षेत्रले समेत । त्यो भन्दा अझ धेरै हाम्रो नगर कार्यपालिकाका सम्मानित सदस्यज्यूहरूले मेरो प्रस्ताव, सम्मेलनको महत्व र गाम्भिर्यतालाई गहिराईमा पुगेर ग्रहण नगरिदिनु भएको भए हुने थिएन सम्मेलन तर्फको अगाडिको हाम्रो यात्रा ।
सामुहिक ढंगबाट आलोचना र जोखिम मोल्न तयार भएर नै सर्वसम्मत निर्णय भयो कार्यपालिकाबाट र साथ दिनुभयो नगरका राष्ट्र सेवक कर्मचारीले पनि । त्यसैले हृदयदेखि नै सम्मान छ कार्यपालिका सदस्य र नगरका कर्मचारी मित्रहरूलाई । राजनीतिक दल, विभिन्न संघ÷संस्थाबाट पनि सकारात्मक सहयोग हुने प्रतिवद्धता आएको छ सम्मेलनलाई । यो एउटा सम्मेलन सफलताको सूचक पनि हो ।
यदि मेरो अगुवाई र पूर्वमन्त्री गणेश साहज्यूको अविभावकत्वलाई यति मध्ये कुनै एउटा पक्षले अस्विकार गरेको भए संभवतः प्रदेश स्तरीय कार्यक्रमको चरणमा हामी पुग्ने थिएनौं र भव्य रूपमा सफल हुने थिएन कोशी प्रदेश स्तरीय कार्यक्रम इटहरीमा ।
इटहरीसम्मको यात्रा
सचिवालयको बैठकबाट पहिलो चरणमा कोशी, मधेश, वागमती र गण्डकी प्रदेश स्तरीय कार्यक्रम तय भएकोले १२ गते काठमाडौंबाट प्रणवजी, रामहरीजी र प्रदीपजी दिक्तेल आउनुभयो सार्वजनिक यातायातबाट । प्रणवजी उच्च पारिवारिक घरानाको भएर पनि सरल र सहज ढंगबाट सार्वजनिक यातायातबाट हिड्नु आफैंमा उदाहरणीय काम हो मेरो बुझाईमा । न कसैसँग पैसा, विद्वता, पदीय मर्यादा र अनुभवको घमण्ड छ यो टिममा । न कसैप्रति नकारात्मक सोँच र दृष्टिकोण र छैन कसैको मनोविज्ञान पनि । हरेक मानिसमा कुनै न कुनै कमजोरी हुन्छ नै यो मानवीय चरित्र हो । अहिलेको यो समूह भित्रका सदस्यका पनि कुनै न कुनै कमजोरी त हुन्छन् नै र छन् पनि होला । तर लामो–छोटो संगतको मेरो निष्कर्ष छ हामी सचिवालय भित्रका कोही पनि सदस्य पतित र कुरूप चिन्तनका छैनौं । यति विषय गर्वका साथ लेख्न सक्छु म सार्वजनिक रूपमा । भोलिका दिनमा गम्भिर गल्ति र कमजोरी कसैबाट भए गरिए म आफैं सहककुला – बुझाउँला ।
१२ गते पौष दिक्तेल आउनु भएका प्रणवजीको बाँसको प्रयोग, अनुभव र भावी कार्ययोजना जानकारी गराउनका लागि वडाध्यक्ष तथा कार्यपालिका सदस्यसँग भेटघाट र नियमित पत्रकार सम्मेलनको समय जुराएको थिएँ दिक्तेलमा । तर गाडि व्यवस्थापकले धोका दिएकाले पुरा भएन मेरो कार्ययोजना । पुस १२ गते बेलुकीको ४.३० बजिसकेको थियो उहाँहरू दिक्तेल पुग्दा । कार्यपालिका सदस्य र पत्रकार हिडिसक्नु भएको थियो नगरपालिकाबाट । हामीले उहाँहरूलाई गर्यौं सामान्य स्वागत र छलफल नगरपालिकामा । थाकेर आउनु भएकोले भवन गैह्रास्थित समाजसेवी समुन्द्र जोशीको थ्रि–ब्रदर्श होटलमा बस्नुभयो रात्रीवास । त्यो दिन उहाँहरूसँग विदा भएर झरेँ म आफ्नै निवासमा ।
फागुनमा हुने बककास सम्मेलनको कार्यक्रम स्थल दिक्तेल स्थित कवर्ड हल र खेल मैदान गयौँ अनुगमन गर्न सबैजना । धुलिखेलबाट आउनु भएको शिक्षाविज्ञ श्यामप्रसाद पाण्डे र शिक्षक टंक कटुवासँग हिड्दाहिंड्दै बाटोमा भेट भयो र केही समय गफिएर हामी होटल व्यवसायी संघका जिल्ला अध्यक्ष जेपी राईको रूपाकोट होटलमा पुग्यौँ । प्रणवजी लगायत साथीहरूले सम्मेलनको समयमा बासस्थानको अवस्था बुझ्नुभयो र ११.३० बजे हामी १४ गते हुने कोशी प्रदेश स्तरीय बककास सम्मेलनमा भागलिन इटहरी तर्फ अघि बढ्यौं ।ठाउककठाउककबाट देखिने हिमालको सौन्दर्यता , डककाडापाखा र खोलाखोल्सीको आनन्द लिंदै कटारी पुग्यौं । तर आफैं गाडि चलाईरहने बानी भएको कारण पहाडी बाटोमा प्रणवजीलाई अलि असजिलो भयो । तथापि असहजताका वीच हामी ८ बजे इटहरी पुग्यौं ६ जनाको टोली। प्रणवजी, रामहरीजी र प्रदीपजी गोकर्ण रिसोर्टमा बस्नुभयो । निश्चलजी, राजनजी र म राति पुग्यौ ९ बजे उदय सिग्देलजीको घर विराटनगरमा ।
१४ गते विहान ८ बजे प्रदेश वन सचिव विशाल घिमिरेको निवासमा पुगेर सम्मेलन, त्यो दिनको कार्यक्रमको रूपरेखा र तयारीको विषयमा छलफल गरÞ्यौं । महानिर्देशक डा. राजेन्द्र केसी र उपमहानिर्देशक रविन्द्र महर्जन १३ गते राति नै काठमाडौंबाट आई सक्नुभएको थियो विराटनगर । विहान ९ बजे सककगै बसेर खाना खायौं हामीले । मेरो आमाको स्वर्गारोहण भएको कारण म असोच बारिरहेको छु अहिले । आफैं पकाएर वा सककस्कृति अनुसार खानुपर्ने मान्यतालाई कायम राखेको छु सचेत भएर । विराटनगर जाँदा रुपेेश अधिकारी भाइले यस कार्यमा पटकपटक सहयोग गर्नुभएको छ । म आभारी छु उहाँको सकृयता, मिठासपूर्ण व्यवहार र अतिथि सत्कारको संस्कारप्रति । यो सवै संयोजन र व्यवस्थापनमा वन सचिव विशाल घिमिरे प्रति नतमस्तक नभए अन्याय हुन जान्छ । हामी वीच पछिल्लो समयको उठवसबाट पारिवारिक सम्बन्ध स्थापित भएको छ विशाल सरसँग । सरल, कर्तव्यनिष्ठ असल विज्ञ राष्ट्र सेवक कर्मचारीको रूपमा स्थापित हुनुभएको छ आफ्नो मन्त्रालयमा । आस्था, विचार र दृष्टिकोण आ–आफ्ना हुन्छन् सबैका । यसलाई सामान्य विषय लिनुपर्छ सबैले । डा.राजेन्द्र केसी र विशाल घिमिरे निजामति सेवा र म राजनीतिक पृष्ठभूमिको व्यक्ति भएकोले भूमिका आ–आफ्नै छन् । भेडा र बाख्राको आ–आफ्नै बथान भए झैं हामी वीच पनि बन्यो कार्यशैलीमा समानता । त्यस्तै मिल्यो जिम्मेवारी प्रतिको जवाफदेहीता,
कर्तव्य परायण र दृष्टिकोणमा एकरूपता। यो सबै प्रथम बककास सम्मेलनले जुराएको हो भावनात्मक सम्बन्ध । लामो समयदेखि सामाजिक उत्तरदायीत्व निभाउँदै आएको साहारा नेपाल झापाले कोशी स्तरीय बाँस सम्मेलन पूर्व तयारी कार्यक्रमको व्यवस्थापन र संयोजन गरेकोले त्यो पाटोमा हामीलाई भएन चिन्ता । मन्त्रालयको सकृयता, साहारको दृढता र सरोकारवाला सबै पक्षको अभिरूची पूर्वक सहभागिता थियो कार्यक्रमा । विषय विज्ञ, अनुभवी कर्मयोगी, व्यवसायी, विद्यार्थी, सरकारी, गैरसरकारी र नीजि क्षेत्रको प्रत्यक्ष सहभागितामा भएको पूर्वतयारी कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री माननीय सदानन्द मण्डलको प्रमुख आतिथ्यता र हौसलपूर्ण अभिव्यक्तिले आयोजक तथा सरोकारवालालाई प्रफुल्लित बनाएको छ ।
कोशी प्रदेश बाँस उत्पादन र साँस्कृतिक, धार्मिक र व्यवहारिक प्रयोगका दृष्टिकोणले पनि अग्रस्थानमा रहेको हुँदा धेरै सिक्ने र बुझ्ने अवसर मिल्यो आयोजक समितिलाई । विषय वस्तुको उठान, छुटेका कामको संयोजन र व्यवस्थापनका लागि पूर्वतयारी कार्यक्रम आफैंमा महत्वपूर्ण र ऐतिहासिक रह्यो । कलेजका विद्यार्थीको सकृय उपस्थिति, कौतहलपूर्ण जिज्ञासा र सुझाव आफैंमा महत्वपूर्ण रहेको निष्कर्ष छ मेरो । किनकी भोलिको दिनमा देश निर्माणको जिम्मेवारी युवाहरूको काँधमा आएको छ ।
अन्त्यमा,
डा. राजेन्द्र केसी र विभाग, प्रदेश सचिव विशाल घिमिरे र मन्त्रालय, प्रणव प्रधान र ग्रिन बेम्वो क्रियसन, सचिवालयका सदस्य सचिव रामहरी गिरी, सदस्य प्रदिप दंगाल, निश्चल श्रेष्ठ, राजन दाहाल लगायतको सकृयताले कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका रह्यो ।
फेकोफन र पत्रकार मित्रको हौसलापूर्ण सहभागिता आफैंमा प्रशंसनीय र बन्दनीय थियो । सहयोगी सबै पक्षलाई शिर निहु-याएर नमन ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...
२०८१ माघ
माघ महिना मेष राशिका लागि फलदायी रहनेछ । योजना ठूलो बन्नेछ । समय अध्ययन र अनुभवका लागि सकारात्मक देखिन्छ । यध्यपि काममा चुनौती आउनसक्छन् ्। उपव्धि हात पार्न कठिन संघर्ष नै गर्नुपर्ने हुन्छ । तापनि, महत्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ । मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नाबाट धोका हुन सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ । महिनाको अन्ततिर अकस्मात खर्च बढ्नेछ, सजग हुनु वेश होला ।
२०८१ माघ
माघ महिनामा वृष राशिलाई आंशिक फलदायी रहनेछ । परिस्थिति धेरै अनुकूल नदेखिए पनि मेहनतले काम सम्पादन हुनेछ । अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा केही विलम्ब होला। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आम्दानी र स्वास्थ्यमा बाधा पर्नेछ।
२०८१ माघ
माघ महिनामा मिथुन राशिलाई केही चुनौति आउन सक्छ । संघर्ष गर्नुपर्ने हुन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ । अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। सोचेको लाभांश नउठ्नाले चिताएको काम रोकिन सक्छ। दुर्भावना राख्नेहरूले बिनाकारण दुःख दिनेछन्। सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। खर्च बढ्नेछ र आयस्रोत पनि अलि कमजोर बन्न सक्छ। नाम चलेका व्यक्तिले समेत धोका दिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपर्ला।मिहिनेतले काम बन्नेछ। शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।
२०८१ माघ
माघ महिनामा कर्कट राशिलाई केही उतारचढाव आउनेछन् । पतिपत्नीबीच मतभेद बढ्नेछ भने प्रेम सम्बन्धमा खटपटि आउन सक्छ । अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ । घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। तापनि अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले नयाँ कामतर्फ आकर्षित भइनेछ।
२०८१ माघ
माघ महिना सिंह राशिलाई विशेष उपलब्धिमूलक रहनेछ । शत्रुबाधा वा कामका विविध झमेलाहरूको माहोलबाट अघि बढ्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ । आँटले काम लिँदा विभिन्न स्रोत प्राप्त हुनेछन्। सहयोगीहरूको साथ जुट्नेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। खर्च बढे पनि आर्थिक समस्या समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। ईष्र्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आम्दानी बाहिरिनाले बेलाबेला अर्थ अभाव सामना गर्नुपर्ला। दोस्रो सातादेखि काममा प्रगति हुनेछ। कर्मसाधना गर्नेहरूलाई फाइदा हुने समय छ।
२०८१ माघ
माघ महिना कन्या राशिलाई सामान्य फलदायी रहनेछ । स्वास्थ्यबाधा र पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। चिताएका काममा केही विलम्ब भए पनि सहयोगीहरूको साथ जुट्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्नेछ। पढाइलेखाइतर्फ राम्रो नतिजा प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ। पहिले अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
२०८१ माघ
माघ महिनामा तुला राशिलाई घरेलु समस्या सुल्झाउन जुट्नुपर्ने समय छ। उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिने चेष्टा गर्नुहोला। भूमिबाट लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारतर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ।
२०८१ माघ
माघ महिना वृश्चिक राशिलाई केही संघर्षमय रहनेछ। तापनि विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ र प्रशस्त फाइदा उठाउन सकिनेछ। सुरुमा रोकिएका काम दोस्रो सातादेखि सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। पेट र कब्जियतको समस्याले सताउने सम्भावना छ।
२०८१ माघ
माघ महिनामा धनु राशिलाई कामको चाप बढ्ने सम्भावना छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि तपाईंको गन्तव्य लक्ष्य नै हुनेछ। काममा चुनौती देखिए पनि आशा गरिएको फल बिस्तारै प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। जिम्मेवारी पूरा गरे पनि सम्बन्धमा उतारचढाव आउन सक्छ।
२०८१ माघ
माघ महिना मकर राशिलाई सामान्य फलदायी रहनेछ । अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि आर्थिक रूपमा फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। दौडधुपमा खर्च बढे पनि आम्दानी प्रशस्त हुनेछ। आफन्तसँग असमझदारी बढे पनि साथीभाइले साथ दिनेछन्। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष विशेष फाइदा हुनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ । महिनाको मध्यतिर खर्च बढ्नाले अर्थअभाव देखा पर्न सक्छ । स्वास्थ्यमा टाउको दुखाइ तथा आँखाको कमजोरीले सताउने सम्भावना छ ।
२०८१ माघ
माघ महिना कुम्भ राशिलाई केही खर्चिलो रहने देखिन्छ । विवादास्पद काममा हात हाल्नाले अलि दुःख पनि पाइनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। काम बने पनि पूर्वाद्र्धमा खर्च बढी हुनेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। अनावश्यक दौडधुपमा पनि समय बित्नेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। वादविवाद र मुद्दा–मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
२०८१ माघ
माघ महिना मीन राशिलाई उपलब्धिमूलक रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ । समाजमा सम्मानित स्थान प्राप्त हुनेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। सोखले विलासी वस्तुहरू जुटाउन प्रेरित गर्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थीमा मन रमाउनेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा गर्न सकिनेछ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ यो महिना यात्राको सुयोग छ ।