पौष १२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज पत्रकारसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाद्धारा आफ्नो जिम्मेवारी र कर्तव्य अनुसार नियमित सम्पादन हुने काम र गतिविधिका बारेमा सबैलाई जानकारी गराउने उद्धेश्यले केही समयको अन्तरालमा पुनः पत्रकार भेटघाट कार्यक्रम राखिएको बताउनु भएको छ ।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको कायक्रममा संघीय, प्रदेश तथा नगरपालिकाका विभिन्न शीर्षकका योजना तथा कार्यक्रमहरुको सम्झौता र ठेक्का प्रकृयाको कार्य निरन्तर रुपमा भई रहेको नगरप्रमुख भट्टराइले बताउनु भयो । यस्तै नेर्पामा बाँस प्रशोधन केन्द्रको उद्धघाटनसँगैँ तीन महिने बाँसको तालिम शुरु भएको उहाँले उल्लेख गर्नुभयो ।
सोही अवसरमा नगरपालिकाले आगामी पुष १४ गते “नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम“ अन्तर्गत नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिने र उक्त कार्यक्रममा नगरपालिका भित्रका विभिन्न विद्यालयको सहभागिता रहने भएको जानकारी गराइयो । प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय समुहलाई पुस्कारको व्यवस्था समेत गरिएको नगर प्रमुख भट्टराइले बताउनु भयो ।
यस्तै प्रत्रकार भेटघाट कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी बनाउन र नगरको उपस्थिति दर्बिलो बनाउने सम्बन्धमा रणनीति र मिति तय गर्नका लागि चाँडै बैठकको आयोजना गरिने उहाँको भनाई रह्यो ।
नगर तथा जिल्लामा अत्यधिक पाईने बॉसलाई सदुपयोग गर्दै उध्यमी हस्तकला, फर्निचर लगायत बाँसबाट बनाइएका सामग्री बिक्री बितरण, बजार व्यावस्थापनलाई प्रवर्द्धन पुराउने उद्धेश्यले नगरपालिकामा प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरिन लागेको भन्दै नगरप्रमुख भट्टराईले नगर पालिका र ग्रिन वेम्बोे क्रियसनसँग अनौपचारिक सहमति भएकोले निकट भविष्यमा यहाँको भौगोलिक अवस्था, उत्पादित सामाग्रीको परिणाम, गुणस्तर र बाँसजन्य सामाग्रीहरुको उद्योग स्थापना गरेर यहाँको बाँसलाई मूल्यवान बनाउन सकिने अवस्थाको मूल्यांकन गर्ने बताउनुभयो । यस्तै उहाँले प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन यहाँको भुगोल र नगरपालिकाको धारणा बुझ्न आउनु भएका बाँस उद्योगी ग्रिन वेम्बो क्रियसनका संचालक प्रणव प्रधान आयोजक समितिका सचिवालय सदस्य रामहरी गिरी, प्रदिप दंगाल तथा बाँसको तालिम दिरहनुभएको हेटौडा निवासी चन्द्र बहादुर थिङको उपस्थितिमा पत्रकार सम्मेलन गरिने नगरप्रमुख भट्टराइले बताउनु भयो ।
यस वीच राष्ट्रिय बाँस सम्मेलनलाई व्यापकता दिन विभिन्न स्थानहरुमा प्रचार अभियान कार्यक्रम राखिने जनाइएको छ । नगरप्रमुख भट्टराईका अनुसार कोशी प्रदेशमा पुस १४ गते, मधेश प्रदेशमा पुस १५ गते, बाग्मती प्रदेशमा पुस १६ गते र गण्डकी प्रदेशमा पुस १७ गते प्रदेशस्तरीय कार्यक्रम हुनेछ ।
बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख बजेट व्यवस्थापन गरेको जनाइएको छ । बाँस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले ४२ लाख बराबरको सम्मेलनलाई आवश्यक पर्ने जिन्सी सामाग्रीहरु योगदान गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी गराउनुभयो ।
नगरप्रमुख भट्टराईका अनुसार बाँस सम्मेलनमा स्टल राख्न १५ जिल्लाबाट प्रस्ताव आईसकेको छ ।
राष्ट्रिय बाँस सम्मेलनमा विभिन्न मुलुक, विश्वविद्यालयका प्राध्यापक डाक्टर विज्ञ, दातृ निकायका प्रमुख, उच्च तहका विशिष्ट पाहुना, सरकारी तथा गैर-सरकारी निकायका उच्च पदस्थ व्यक्तित्व, सातै प्रदेशका पाहुना, स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि लगायतको विशेष उपस्थिति रहने भएकोले आफ्नो घर, संस्थाको कार्यालय परिसर, बजार एवं खोला खोल्सी लगायत क्षेत्रमा सरसफाई गरी राम्रो, सफा, सुन्दर र कर्मशील खोटाङको परिचय बनाउन, सबैलाई सरसफाई र रंग रोगनमा नगरपालिकाले आह्वान गर्ने बताईन्छ ।
माघको पहिलो हप्तामा सार्वजनिक सुनवाई गरिने, शिसाजन्य सामाग्रीको विषयमा व्यवस्थापन गर्न खोटाङ उद्योग वाणिज्य संघ तथा सम्बन्धित डिलर, व्यापार व्यवसायीहरुसँग अनुरोध गरेको तर सम्बन्धित कम्पनी तथा डिलरबाट नगरपालिकालाई बोतल व्यवस्थापन गर्ने विषयमा लिखित जानकारी नआएकोले आजको मितिले १० दिन भित्र सम्बन्धित कम्पनी, डिलरलाई पत्रचार गर्ने र चित्त बुझ्दो लिखित प्रतिबद्धता नआए जिल्ला प्रशासन कार्यालय मार्फत नगरपालिकाको क्षेत्र भित्र शिसाजन्य वस्तुको आयातलाई रोक लागाई कडाईका साथ कार्यान्वयन गर्न सहयोगको लागि पत्र लेखिने जानकारी गराइयो ।
पत्रकार भेटघाट कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईका साथै नगरउपप्रमुख वीशन राई, नगरप्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा नं. १ का वडाध्यक्ष नवराज राई, वडा नं. २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई,वडा नं. ३ बाम्राङका वडाध्यक्ष महेन्द्रबहादुर राई, वडा नं. ७ दोर्पाका वडाध्यक्ष हरिप्रसाद चौलागाई, वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राई, वडा नं. ११ खार्मीका वडाध्यक्ष इखबहादुर राई, वडा नं. १२ जाल्पाका वडाध्यक्ष दानबहादुर राई, वडा नं. १३ नुनथलाका वडाध्यक्ष भगेश्वर राई, वडा नं. १५ विजयखर्कका वडाध्यक्ष रामकुमार कटवाल, निमित्त कार्यलय प्रमुख राजकुमार राई तथा नगर कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !