सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ १६, २०८१, Khotang

Image

दिक्तेलनगरीमा पहिलो पटक बैज्ञानिक टोलिको आगमन


हलेसीन्युजडेस्क, खोटाङ /

खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन विश्वविध्यालय कीर्तिपुरका नौ जना बैज्ञानिकहरुलाई आफ्नै ठाउँमा स्वागत गर्न पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारिकरणका लागि आगामी फागुन १५, १६ र १७ गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन बाँसको क्षेत्रमा  लामो अध्ययन र अध्यापन गराइरहनुभएका रिकाप्ट पूर्व निर्देशक पोलीमर बैज्ञानिक रामेश्वर अधिकारी, त्रिभुवन विश्वबिध्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका रसायन शास्त्रका प्रोफेसर लगायत नौ जनाको टोली दिक्तेल आइपुग्नु भएको नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराइले जानकारी दिनुहुँदै उहाँलाई नगरपालिकाले उत्साहका साथ स्वागत गरिएको बताउनुभयो ।

दर्जनौं व्यक्तिहरूलाई पिएचडी गराएर सम्मानित भैसक्नु भएका प्रा.डा. अधिकारीका साथ अनुसन्धानमा  बिज्ञता हासिल  गर्नुभएका अन्य बैज्ञानिकहरु डा. शेखर प्रसाद खतिवडा, डा. राजेश पण्डित,  प्रकाश लामिछाने, डा विमल उपाध्याय, आशिष वि.क., योगराज जोशी, नविन भट्टराई, सविन खनालको टोलि खोटाङको प्रमुखनगरी दिक्तेलबजारमा आइपुग्नु भएको नगरपालिकाले जनाएको छ । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भएका बाँसको प्रजाति पहिचान, यसको अवस्था, यसको बैज्ञानिक र व्यवसायिक सदुपयोग र भविष्यमा बाँस खेतिको सम्भावना तथा चुनौतिको अध्ययन अनुसन्धानका साथै राष्ट्रिय बाँस सम्मेलनलाई अझ मूर्तता दिन के गर्न सकिन्छ भन्ने सम्बन्धमा दिक्तेल नगरपालिकालाई उहाँहरुको सुझाव सल्लाहले सार्थक महत्व राख्ने नगरप्रमुख भट्टराईको कथन छ ।

प्रा.डा. अधिकारीले बाँसका क्षेत्रमा लामो अध्ययन र अनुसन्धान गर्नु भएको बुझिएको छ । उहाँको टिमले नगरका सबैभन्दा तल्लोभाग, मध्यभाग र सबैभन्दा माथिल्लो भूभागमा रहेको बाँसको प्रजाति र अवस्था बुझ्ने, माटोको परिक्षण गर्ने र बाँसको बैज्ञानिक तथा व्यवसायिक प्रवर्द्धनका लागि भावी कार्यनिति बनाएर आधिकारिक तथा प्रामाणिक दस्तावेज नगरपालिकालाई बुझाउने बताईन्छ ।

विषय विज्ञताका आधारमा यो तहको बैज्ञानिक क्षेत्रगत अध्ययन, अनुसन्धान र पहिचानका लागि खोटाङ आउनुभएको सम्भवतः पहिलो इतिहास भएको श्रोतले बताएको छ । 
 

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes