कार्तिक १५, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
दिक्तेलवजार आसपासका मात्र होइन, टाढाटाढाबाट समेत कालिका देविस्थान तथा मझुवागढी आउनेहरुको हिजो आज भिड लाग्ने गरेको छ । उनीहरुको मोवाइलको क्यामेरा सोझिन्छन् गढी र देविथान जाने पदमार्ग आसपास फुलिरहेका रङ्गिन फूलहरुतिर ।
यतिखेर दिक्तेलरुपाकोट मझुवागढीका स्थानीयहरुमा फूलैफूलको पहाडको चर्चा पनि त्यतिकै छ । करिव दुई वर्षवीच यो नाम विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रायः सबैको जानकारीमा पुगिसकेको छ ।
के हो फूलको पहाड ?
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई भन्नुहुन्छ –‘खोटाङको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मझुवाकालिका देविस्थान तथा ऐतिहासिक मझुवागढीलाई शौन्दर्यकरण गर्न यसका आसपास र त्यहाँ जाने बाटो छेउ विविध प्रजातिका फूलहरुको विरुवा रोपेर त्यसलाई फूलैफूलको पहाड बनाउने अभियानलाई नगरपालिकाले विगत वर्षदेखि शुरु गरेको हो । त्यहाँ हाल सम्म दश हजार भन्दा वढी फूलका विरुवाहरु जनश्रममार्फत रोपिइसकेका छन् । यो ठाउँ त्यसै पनि दिक्तेलवजार सामुन्ने ठिङ्ग उभिएको आकर्षक भूभाग हो, यसलाई हामीले जहाँबाट पनि हेर्न र देख्न सक्छौँ । यसको अनुकूल ठाउँहरुमा फूलको बाक्लो वृक्षारोपण गरेर हुर्काउन सके त्यसलाई ‘फूलको पहाड’ भन्दा जनजिब्रोमा गाँसिने भएकोले यो नाम चर्चामा आएको हो ।’
सामाजिक सञ्जालमा फूलको पहाड
यतिखेर त्यहाँ कतिपय सिजनल फूलहरु ढकमक्क फुलिरहेको देख्छौँ । फूलको पहाड अभियानमा केही महिना अगाडि श्रमदान मार्फत फूलका विरुवाहरु रोपिएका प्रसस्त समाचारहरु सम्प्रेषित भए । कतै महत्वहिन काममा पो नगरपालिकाले श्रम जुटाएर समय वर्वाद त गरिरहेको छैन यस्तो मनोदशामा केही प्रतिकृयाहरु पनि आउथे । तर अहिले सिजनल फूलहरु फुलेर देविथान तथा गढी जाने बाटो वरिपरि शौन्दर्य पस्किरहेको फूलहरुको उपस्थितिले जो कोहीको मन आल्हादित हुने गरेको छ । त्यहाँ पुगेर आ आफ्ना सामाजिक सञ्जाल रंगिन फूलले शोभायमान परिवेशद्धारा रङ्ग्याउने लहर नै देखिन्छ ।
सञ्चारमाध्यममा फूलको पहाड
स्थानीय देखि राष्ट्रिय सञ्चार माध्यमहरुले पनि फूलको पहाड बनाउने अभियानलाई मुक्त भावका साथ समाचार सम्प्रेषित गरिरहेको पाइन्छ ।
जनजिव्रोमा फूलको पहाड
वडा नं. ५ लफ्याङ काफ्लेगाउँका समाज सेवी जयनारायण कटवाल फूलको पहाडले आन्तरिक तथा वाह्य पर्यटकलाई तान्ने विश्वास गर्नुहुन्छ । भन्नुहुन्छ–नजिकै यति राम्रो प्रकृतिको उपहार छ, यसको महत्वलाई हामीले नबुझे कसले बुझ्छ ।
त्यहीँका फवन कटवाल भन्नुहुन्छ–यहाँ पुग्दा फूलैफूलको संसारमा पुगेजस्तो हुन्छ । बाह्रै महिना फुल्ने फूलहरु रोप्न सके यसको अर्थ सार्थक हुन्छ ।
विराटनगरबाट कालिका भगवतीका दर्शन गर्न आउनु भएका एक दर्शनार्थी भन्नुहुन्छ-यहाँ आउँदा साँच्चि नै स्वर्गको टुक्रामा पुगेजस्तो लाग्यो । हामी टाढाबाट आएकाहरु पनि यसको अभियानमा जोडिन चाहन्छौँ ।
जहाँबाट देखिन्छ यस्ता मनै लाभ्याउने दृष्यहरु (दिक्तेलवजारनिवासी कुमार वजिमयको फेसबुकवालबाट)
p
फूलको पहाडलाई दीर्घजिवी बनाउने सोँच
सिजनल फूलहरु फुलेर अफ–सिजनमा फेरि त्यो ठाउँ मुर्झाएमा त्यहाँ पुग्ने यात्रुहरु निराश बन्नेछन् भन्ने विषयमा नगरपालिका सचेत देखिन्छ । त्यसैकारण बहुवर्षीय फूलका विरुवाहरु पनि रोपिने क्रम जारी छ । यसैगरी प्रदेश तथा संघीय सरकारको पनि कार्यक्रममा फूलको पहाड अभियानलाई गुरुयोजना बनाएर समेट्ने काम भैरहेको नगरप्रमुख भट्टराई भन्नुहुन्छ । मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको नगर उपप्रमुख विशन राई बताउनुहुन्छ । शरद ऋतु सकिएसँगै सयपत्री, गोदावरी लगायत फूलहरु ओइलाउन थाल्छन् , त्यसपछि पनि त्यहाँ फूलहरु फुलेर लर्किरहेको देख्न चाहन्छ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका । यस्तो हुनका लागि बहुवर्षीय फूलका विरुवाहरु पहिचान गरेर निरन्तर वृक्षारोपण अभियानलाई जारी राख्नु पर्ने हुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !