सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जीवन र जगत

असाड ४, २०८१, Khotang

Image

राक्षसको सम्मुख पुगेका साथी

  • तीर्थराज भट्टराई 


भनाई छ, जीवन दुई दिनको राम-छाँया हो । प्राणी मात्रको जन्मपछि निश्चित छ मृत्यु । न कसैले रोक्न सक्छ, न कसैले छेक्न । त्यसैले जतिदिन बाँचिन्छ, हो असल, सभ्य र इमान्दार हुन कोशिस गर्ने । सके कायापलट गर्ने नसके नबिगार्ने । मानिसको एउटा असल गुण भित्र पर्ने रहेछ यो पनि । तर सँगैमा मानिसले विशेषतः तल्लो तहदेखि माथिल्लो तहसम्म शासन गर्नेले पुरै लचक र पुरै कठोर पनि हुनु पर्ने अनुभव हुँदैछ अहिले । जीवन जिउनुको पछाडि यो पनि एउटा महत्व भित्र पर्दो रहेछ मानिसको स्वभावमा परिवर्तन र अनुभव  । 

भन्छन् कसैले भगवान छन् त कसैले भगवान छैनन् । आआफ्नै तर्क र धारणा पाईन्छ समाजमा । भगवान हुन् वा नहुन् कुनै नयाँ विषय भएन यहाँ । तर सास्वत सत्य कुरा के हो भने कर्म गरेपछि फल पाईन्छ र काल आएपछि कसैले पनि सक्दैन रोक्न । आइ नपुगि जबर्जस्ति धकेले पनि लाँदैन कालले । 

कालबाट जोगिएका साथी
दिक्तेल रूपाकोट मझुवागढी नगरकार्यपालिकाको २०८० माघ १८ गतेको निर्णय अनुसार सूर्यबहादुर राईको नेतृत्वमा ६ सदस्यीय शैक्षिक सुधार कार्यदल गठन गरि धमाधम स्थलगत अध्ययन लगायतका काम भई रहेको छ । जेठ ३१ गते सोही सिलसिलामा बुइपा–विजयखर्क जाँदा आकस्मिक भयो दुर्घटना । सूर्यजीले गाडि चलाउनुभएको थियो भने अन्य कार्यदलका साथीहरू हुनुहुन्थ्यो सँगै । वेलुकी पौने सात बजे माला भन्ने ठाउँमा दुर्घटनाग्रस्त गाडि क्षतविक्षत भएको छ तर गाडिमा सवार पाँचै जना हुनुहुन्छ सकुशल ।

गाडिमा सवार ५ जना मध्ये तुलनात्मक रूपमा प्रकाश श्रेष्ठ बढि पर्नुभएछ घाइते । तर उहाँ पनि असहज र हुनुहुन्न सिकिस्त एवम् अशक्त । ढाड तथा कम्मरमा ठाउँठाउँमा निलो डाम र सामान्य लागेछ घाउ । त्यतिधेरै ठूलो दुर्घटना हुँदा सामान्य चोटपटक लाग्नु, जिउ ठोक्किनु, असहज महशुस हुनु सामान्य हो । सूर्यजी , कृष्ण सर, दिलिपजी र दमनजी पनि यो सबै परिस्थितिबाट गुज्रिरहनु भएकै छ । निश्वार्थ र पवित्र उद्देश्यले लाग्नुभएकोले सबै बाँच्न सफल हुनुभयो भन्दा नहोला अत्युक्ति । अव अझै चुनौति र जिम्मेवारी थपिएको छ साथीहरू र नगरपालिकाको काँधमा । 

जिम्मेवारी र चुनौति
त्यसै पनि शिक्षामा हात हाल्नु भनेको आगोको तातो भुतभुतेमा हात हाले जस्तै हो । सामुदायीक शिक्षामा यहाँ मात्र होइन राष्ट्रिय रूपमा उठेका छन् धेरै प्रश्न र गुनासाहरू । शिक्षकलाई दलहरूले पार्टीको कार्यकर्ता बनाउने र शिक्षा क्षेत्र तहसनहस बनाएको भन्ने । दलहरू स्वीकार्न तयार छैनन् र शिक्षक पनि । हो समस्या छ तर कहाँबाट समस्या शुरू भयो र समाधान कसरी खोज्ने गम्भिर रूपमा समिक्षा जरूरी छ सबै पक्षबाट । शिक्षा सुधार्न आरोप– प्रत्यारोप होइन सामुहिक छलफल गरेर निकास खोज्न जरूरी भयो अब । अझै केहि समय त्यसै छोड्यौं भने हम्मे पर्छ लयमा ल्याउन । त्यसैले अब सवै पक्ष जिम्मेवार भएर खोजौं समस्याको हल । हाम्रो नगरपालिकाले यही चुनौतिलाई आत्मसाथ गर्दै गरेको हो शिक्षा सुधारका लागि शैक्षिक कार्यदल ।         

कार्यदलले निश्पक्ष र तथ्यपरक ढंगबाट ल्याएको तथ्याँकलाई कार्यन्वयनमा लगिने छ । कार्यन्वयनमा लैजान छ चुनौति र राजनैतिक , पारिवारिक , व्यवहारिक र सामाजिक दवाव आउँछ नै । तर परिवर्तनका लागि नीतिगत निर्णय गरेर कठोर कार्यान्वयनको छ जरूरी । नीतिगत रूपमा हुने काममा कुनै प्रकारको दवाव र हस्तक्षेप हुनेछैन स्वीकार्य । हामीले सधैँ भोटको लागि मात्र होइन अव समाज सुधारका लागि पनि गर्नु प-यो नि काम । तर नीतिगत निर्णय गर्दा कसैलाई काख र कसैलाई पाखा गर्नु हुदैन भन्ने छ स्पष्ट दृष्टिकोण । यहि लक्ष्यलाई पुरा गर्न साथीहरूले झन्डै जीवन उत्सर्ग गर्नु प-यो । जेठ ३१ गते मालाको दुर्घटनाबाट शिक्षा सुधारको अभियानमा नयकका अध्याय शुरू भएको अनुभूत गरेको छु मैले । घटनाले शिक्षा क्षेत्रलाई मात्र होइन पारिवारिक रूपमा समेत जोडेको छ दुर्घटनामा सँगै भएको ५ जनाको परिवारलाई ।                                                 

पारिवारिक मिलन र खुशी साटासाट

हो, दुर्घटना भएको चौथो दिन साधन, विचार र  भावनाको समेत नेतृत्व गरिरहनु भएको सूर्यबहादुर राई, पत्नी रोजिना थापा मगर राई, प्रकाशकुमार श्रेष्ठ र पत्नी विनिता र कान्छो छोरा विपन, कृष्ण बुढाथोकी पत्नी रिनादेवी, दिलिप खत्री पत्नी रविना र कान्छो छोरा योजन एवम् दमन राई पत्नी सुनिता फम्बो लिम्बु राई र छोरी संगम साथै दमनजीको हुनुहुन्थ्यो  ७९ वर्षिय आमा देविसरा राई पनि । नगरपालिकाको तर्फबाट म, उपप्रमुख विसन राई, लेखा अधिकृत राजकुमार राई, स्टोर शाखा प्रमुख चित्र सुवेदी, चालक मनोज खत्री र निश्चल श्रेष्ठ सहित बस्यौं हामी ।  शिक्षा क्षेत्रको सुधारमा नगरको काममा खटिनु भएको साथीहरूसँग पारिवारिक जमघट हुनु आफैंमा प्रशंसनीय थियो काम । यसको सहजीकरण र व्यवस्थापनको पुरा हकदार हुनुहुन्छ सूर्यबहादुर राई ।        

नगरपालिकाको तर्फबाट उहाँहरूको पारिवारिक जमघटमा हामीले पनि सहभागि हुन पाउनु आफैंमा महत्वपूर्ण अवसरको रूपमा लिएको छु मैले । परिचयात्मक कार्यक्रमा दुर्घटनामा पर्नुभएको परिवारका सदस्यहरूले भावविह्वल हुँदै प्रस्तुत गर्नु भएको अभिव्यक्ति आफैंमा कारुणीक र रह्यो मर्मस्पर्शी । प्रत्येक शव्दमा थिए प्रेममा उद्वेलित र थिए पीडावोधमा डुवुल्कि मारेका भावहरू । तत्क्षणमा गहभरी आएका आँशु युद्धपछिको विजयोत्सवमा भएको खुशीको क्षण झैं हर्कबढाईंको रूपमा पनि सकिन्छ अर्थ्याउन । तर परिकल्पना गरौं त कालको मुखमा परिवारको सदस्य पुगेको ३१ गते साँझ सामाजिक संजालमा हेर्दा र पढ्दाको अवस्थालाई । 

त्यो पीडा स्वीकारेर खुशीमा परिणत भएको दिन थियो पारिवारिक जमघट । एउटै मत र धारणा बन्यो परिवारका सदस्य सहित अव झन सशक्त ढंगले लाग्ने शिक्षा र समाजसुधारमा । यो निर्णय कालको मुखवाट फर्कनु भएका हाम्रा सहयात्री साथीहरूका लागि प्रेरणादायी क्षण । मुर्झाएको मन मष्तिष्कलाई पुनर्ताजगी गर्ने अचुकवाण । हुनत यो बुझाई र ठम्याई  नितान्त मेरो हो । अरू साथीहरूको धारणासँग नखान पनि सक्छ मेल । तर नगरपालिका टिमलाई भने यो जमघटबाट थप हौसला र छ शक्ति प्राप्त गरेको ।

निष्कर्ष 
नगरपालिकाले गठन गरेको शैक्षिक कार्यदलका संयोजक सूर्यबहादुर राई, सदस्यहरू– प्रकाशकुमार श्रेष्ठ, कृष्ण बुढाथोकी, दिलिप खत्री र दमन राई जेठ ३१ गते गम्भिर सडक दुर्घटनामा परेर पनि सुरक्षित हुनुभएको प्रति हार्दिक श्रद्दाभाब राख्यौं हामीले । सो क्षणमा परिवारका सदस्यसँग परिचय र भावनात्मक सम्बन्ध भएको छ विस्तार । यो अभियानमा सशक्त र प्रभावकारी ढंगले सबै जुट्नुपर्छ भन्ने मत पारित हुनु नै आफैंमा सकारात्मक र छ अग्रगामी पनि ।          
 

(स्तम्भकार–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ ।)
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes