सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य-विविध/ नियात्रा

असाड ३१, २०८१, Khotang

Image

दंगालजीसँगै गाडिमा असारे यात्रा


सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार र वर्गका हिसावले समान छ हाम्रो धरातल । म मेयर र उहाँ पार्टी अध्यक्ष हुँदा पनि खानापान र व्यवहारमा खासै पाउँदिन फरक । लामो राजनीतिक यात्रा गर्नुभएको रामजी र छोरा अभिशान्तसँगको यात्रा अविश्मरणीय रह्यो । दिलिपजीसँग त पटकपटक गरेको छु लामो दूरीको यात्रा । जे भए पनि यो यात्रामा रामजी, म र दिलिपजी भित्रैबाट पोख्खियौं र मनको धुलो मैलोलाई सफा गर्यौं राम्रैसँग ।


  • तीर्थराज भट्टराई

असार २६ गते विहान झिसमिसेदेखि नै परिरहेको थियो दर्के पानी । बाहिर निक्लने अवस्था थिएन छाता ओढेर पनि । मेरो विहानै उठ्ने बानी अनुसार उठें ४.०० बजे नै । योग, ध्यान, जप आदि नित्यकर्म सकेर ५ बजेदेखि केही महत्वपूर्ण ठाउँमा फोन सम्पर्क गरेँ । कार्यव्यस्तताका कारण अघिल्लो दिन उठाउँन नसकेका फोनहरूमा सम्पर्क गरेँ विहानै । कहिले–कहिले फोन नउठ्दा हुने क्षति र असहजताको गर्न सकिन्न लेखाजोखा । तथापि फोन नउठ्नु र उठाउन नसक्नु बाध्यता नै हुँदोरहेछ । तर म भने फुर्सद मिल्नेसाथ फर्काउने गर्दछु फोन ।                                      

दिक्तेलमा म बस्छु ८८ वर्षीय आमासँगै । त्यो वृद्धा उमेरमा पनि आमा विहानै उठेर दिनहँु नुहाएर भजन, किर्तन र लागि रहनुहुन्छ भागवत् भक्तिमा । विहान ५.०० बजे उठ्दा त प्रायः आमाको नित्यकर्म भैसक्छ पूुरा । निरोगी हुनुभएकोले नियमित खानु पर्दैन औषधि । बुढेसकाल भएकोले यदाकदा विसन्चो हुनु सामान्य हो । आमाको सरलपन र सादा जीवनबाट म सधैं भएकोछु प्रभावित । खार्पाली पोखरेलकी छोरी भएकोले आमाबाट व्यवहारमा यदाकदा झल्किने बडप्पन र रवाफ हाम्रो परिवारको लागि कहिल्यै भएन नयाँपन । यो स्वभावलाई आमाको खानदानी पहिचानको रूपमा स्वीकार गरेका छौं परिवारले ।  

उदयपुर, रामपुरमा दिदी (जेठी सासु) गीता सुवेदी र भिनाजु दिननाथ सुवेदीकी कान्छी छोरी विन्दाको असार २७ गते स्थानीय बाबुराम भट्टराईसँग विवाह बन्धनमा बाँधिने कार्यक्रम रहेकोले २६ गते विहान ९.०० बजे नेकपा एमाले खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, कान्छो छोरो अभिशान्त दंगाल, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री र उहाँकी पत्नी रविना खत्री, युवा समाजसेवी निराजन ढकाल र म सँगै मधेश झर्ने पूर्व तयारी थियो ।                                   

हाम्रो सल्लाह अनुसार विहान ९.१५ मा खाना खाएर निक्लियौं दिक्तेलबाट । दर्के पानी र मुढेदेखि अर्खौलेसम्मको बाक्लो हुस्सुले धेरै धिमा गतिमा चलाउनुभयो चालक निश्चलजीले गाडि । यदाकदा तिब्र गतिमा चलाउने स्वभाव बाहेक निश्चलजी प्रति छैन प्रश्न उठाउने ठाउँ । १३ वर्षीय अभिशान्त र रविना बहिनीलाई राम्रैसँग मातलाग्यो गाडिमा । कम बोल्ने, मुसुक्क मुस्कुराउने, अनुशासित बाबु अभिशान्तलाई त धेरै गाह्रो नै भयो तर बालापन भएकोले होला चंचलता र ताजगिपनमा किन्चित देखिएन गिरावट । उनको डिम्पल युक्त गाला र मन्द मुस्कानले लामो यात्रामा हामीलाई बनायो थकान मुक्त ताजगिपन ।  

बाहुनीडाँडामा फौदसिं कार्कीको पसलमा कुराउनी खाएर बढायौं अगाडिको यात्रा । बास्तव मै हलेसी महादेवको दर्शन गर्न आउनेको लागि राम्रो दिएको छ सेवा फौद दाईको पेडा पसलले । सफा सुग्घर र हँसिलो अनुहारका फौद दाई मिठाई र शाकाहारी स्वादिष्ट खाना बनाउनुहुन्छ बिभिन्न परिकारका । दैनिक न्युनतम ३०० लिटर दुधबाट निर्मित मिठाईको गर्नुहुन्छ व्यापार । कुराउनि, पेडा, वर्फी, आईसक्रिम, लस्सीले परिचित छ सो ठाउँ । घिउको वास्नाले सडक नै हुन्छ मगमगाई रहेको । उहाँले मासिक रु.३÷४ लाख मुनाफा कमाउन धाउनु परेको छैन कोरिया–जापान । दाइसँग मिठाई खाँदै नाफा नोक्सान सहित गफियौं र ११.०० बजे बढ्यौं अगाडिको गन्तव्य तर्फ ।                             

सिमसिमे पानी त निरन्तर परिरहेको थियो तर थिएन कतै सडक अवरोध । घुर्मीबाट ८–१० किलोमिटर अगाडि गएपछि सधैं हुन्थ्यो सडक अवरुद्ध । तर सडक विभागले अप्ठ्यारो खण्डमा यो वर्ष कालोपत्रे र पहिरो रोकथामको काम गरेको हुँदा भएन कतै पनि असजिलो । पहाडी भू–वनावट, बलौटे र फोस्के माटोको कारण ठाउँठाउँमा पहिरो जाने, नाली छेकिएर पानी सडकबाट त जाने नै भयो । तर विगत वर्षभन्दा धेरै सजिलो भएको मैले महसुश गरें घुर्मी–कटारीको ४२ किमी सडक । पोलेका मकै र वर्षे फल आंप खाने सल्लाह अनुसार गाडि रोक्यौं उदयपुर वेतिनीमा । हाम्रो संयोग नै मान्नुपर्छ त्यहाँका भेट भयो युवा समाजसेवी तथा लोक गायक धर्मराज पोखरेलसँग । परम्परागत स्वभाव र पिताजी नारायण पोखरेलको कतै न कतै खानदानी पहिचान झल्किन्छ उहाँमा । दुःखमा पनि रम्ने र सुखमा पनि नमात्तिने धर्मदाईले स्वागत गर्नुभयो पोलेका हरियो अग्र्यानिक मकै र आँपबाट । हात धोएर सबैले खायौँ भक्कु आँप र मकै । मडुवा खैनीको राग, पोखरेली रवाफ र सूर्य चुरोटको लामो सर्को लिने धर्म दाईको सदाबहार पहिचानलाई छोड्नुभएन वेतिनीमा पनि । एक घण्टाको आपसी ठट्टा, राजनीतिक व्यंग्य सँगैमा कृषि तथा वर्षातमा हुनसक्ने सम्भावित विपत् आदिको सतर्कताको अति संवेदनशील विषयमा समेत छलफल गरेर विदा भयौं हामी । धर्मदाई कटारीबाट खोटाङतर्फ र हामी कटारी हँदै गाइघाट हिडेकोले हाम्रो पर्यो फरकफरक गन्तव्य । जति माया प्रेम र सद्भाव भए पनि छुट्टि नै पर्यो हामीले । विछोड मिलन जस्तो पक्कै पनि सहज हँुदैन तर थिएन विकल्प पनि ।

अघिल्लो दिन दिलिपजीको आमा मनमायाँ खत्री गाईघाटस्थित आफ्नै घरको एकतला माथिबाट सिमेन्टमा लडेर घाइते हुनुभएकोले यात्रा अवधिमा विराटनगर स्थित न्युरो अस्पतालबाट पटकपटक फोन आयो दिलिपजीलाई । आईसियुमा उपचार भई रहेकोले चिन्त्तित हुनुहुन्थ्यो दाहाल दम्पति नै । २०६६ सालमा सप्तेश्वर छितापोखरीको वेशी मान्दत्ता छोडेर दिलिपजीको पिताजी कर्णबहादुर खत्री सपरिवार गाइघाटस्थित प्रगति टोलमा बस्दै आउनुभएकोछ ।   रामजी र हामी अलगअलग पार्टीका नेता–कार्यकर्ता भए पनि दुबै तर्फका आन्तरिक पार्टीगत जानकारी भएकोले खुलेरै कुरा गथ्र्यौँ । केस्रा–केस्रामा गर्यौं दुवै तर्फका राम्रा–नराम्रा पक्षहरुको । खुलेरै गर्यौं व्यक्ति-व्यक्तिको चिरफार ।       

लामो समय सँगै सँगै हुने यात्राका सैँकडौं हुन्छन फाइदा । यस्ता यात्राले विगतका तितामिठा धोइपखालिने, भविष्यमा पार्टीगट सामिप्यतालाई टेवा दिने र सँगैमा सकिन्छ गुटगत राजनीतिलाई पर्घेल्न पनि । एउटाले अर्कोलाई नजिकबाट चिन्न पाउँदा भविष्यमा हुन सक्ने राजनीतिक सहकार्यलाई पुरÞ्याउँछ मद्दत पनि । संभवतः रामजी र मेरो सँगैको लामो पहिलो यात्राबाट केही सिक्ने र नजिकबाट अवसर मिल्यो नियाल्ने । मैले जति बुँझें, त्यो भन्दा कम बुझ्नु भएन मलाई उहाँले पनि । त्यसैले यात्रा जीवनको खुल्ला पाठशाला हो सधैं । मैले केही न केही सिक्ने गरेको छु यात्राबाट ।.र, यो यात्राबाट पनि सिक्ने र बुझ्ने अवसर पाएं सहयात्रीहरूलाई ।

अपरान्ह ४.०० बजे पुग्यौँ गाईघाट । मेरी कान्छी दिदीको पनि घर छ त्यहाँ । दर्जनौ नाता र हुनुहुन्छ आफन्तहरू । पार्टीका नेता तथा शुभेच्छुकको छ ठूलो जमात । गाईघाट बजारको हाराहारी ७० प्रतिशत जनसंख्या छ होला खोटाङेको नै । कता भेट्ने कता नभेट्ने हुन्छ अन्यौल । फेरि दिलिपजीको आमा आईसीयूमा गम्भिर अवस्थामा घाइते रहनु भएकोले थियो हतारो । अरूलाई नभेटे पनि नेपाली काँग्रेसका वयोवृद्ध नेता समाजसेवी हामी सबैका सम्मानित व्यक्तित्व ९९ वर्षीय आदरणीय तुलसीप्रसाद रेग्मी वुवाको आशिर्वाद लिने थियो बाटोदेखि कै सल्लाह । तर निरन्तरको वर्षातले हाम्रो उद्देश्य हुन सकेन पुरा । वेलावेलामा उहाँको आशिर्वाद लिन आ–आफ्नो ढंगले जान्छौं नै । तर यो टिमले सामुहिक रूपमा भेट्न चाहिं भोलिको दिनमा नजुर्न सक्छ यस्तो संयोग । हाम्रो आस्था, भरोसा र अविभावक हो आदरणीय तुलसीबा । यति हुँदाहुँदै पनि प्रत्यक्ष सकेनौं भेट गर्न । सबैको व्यग्र चहाना पनि हो तर रहेनछ भेट गर्न जुरेको हामीलाई ।        

दिलिपजीले कपडा र अन्य सामग्री समेत लिएर जानुपर्ने भएकोले पस्यौं उहाँको घरमा । वुवा कर्णबहादुरले ३ वटै छोरालाई बनाई दिनु भएको रहेछ लहरै एकएक वटा घर । लाहुरी दुहुनो भैंसी, जर्सी गाई र बाकटे खसी रहर लाग्दा बाँधेको रहेछ गोठमा । दाना खुवाएर होला पहाडका भन्दा बलिया देखिन्थे बाख्रा बस्तु पनि । मधेश भएपनि खोटाङेको घना वस्ति भएकोले असहज हुँदैन गाइघाटको बसाई । दिलिपजीको आमा  लड्नुभएको ठाउँ हेर्याँैं । धन्न  मानवीय दुर्घटनाबाट जोगिएर हुनुभएछ घाइते मात्रै । हामीले अनुमान गर्याैं ठूलो खड्गो पार गरेर बाँच्नु भयो । एकछिन घरमा बसेर आँंप तथा खाजा खाएर अघि बढ्यौं हामी ।           

६ बजे साँझ पुग्यौं रामपुर । रामजी इटहरी र दिलिपजी विराटनगर अस्पताल जानुभयो हामीसँग विदा भएर । विवाह घरमा थियो भोलि पल्टको तयारी । आफन्त र गाउँलेले रंग्याई रहनु भएको थियो विहे घर । उदय परिवार र छोरी प्रतिमा  दिदी बहिनी भिडी रहेका थिए बेहुलाको स्वागतका लागि सगुन बनाउन । सुमनसागर खतिवडाका सपरिवार पनि व्यस्त देखिनुहुन्थ्यो विहे घरमा । पकाई रहनुभएकोथ्यो ठूला–ठूला भाँडामा खाना । हामी पनि थाकेर पुगेका थियौं । त्यसैले समयमै खाना खाँयौं र आराम गर्न गयौंँ सुमनसागरको घरमा । गर्मी र मच्छडको थियो जवरजस्त आतंक । त्यहाँ पंखा र झुलको व्यवस्था गरि हामीले गर्यौं आराम ।

अन्त्यमा, रामप्रसाद दंगालजीसँगको ७ घण्टाको लामो यात्रा थियो मेरो । सर्वदलीय बैठक होस् या स्थानीय कार्यक्रम नै किन नहुन् । दर्जनौं पटक सँगै सहभागी भएका छौँ हामी । एउटाले अर्कोलाई बुझेका छौ राम्रैसँग । सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार र वर्गका हिसावले समान छ हाम्रो धरातल । म मेयर र उहाँ पार्टी अध्यक्ष हुँदा पनि खानापान र व्यवहारमा खासै पाउँदिन फरक । लामो राजनीतिक यात्रा गर्नुभएको रामजी र छोरा अभिशान्तसँगको यात्रा अविश्मरणीय रह्यो । दिलिपजीसँग त पटकपटक गरेको छु लामो दूरीको यात्रा । जे भए पनि यो यात्रामा रामजी, म र दिलिपजी भित्रैबाट पोख्खियौं र मनको धुलो मैलोलाई सफा गर्यौं राम्रैसँग ।

[यो पनि-ज्ञानवर्द्धक भयो—यात्रा काठमाडौंको ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes