श्रावण ०९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि बहस सुरु गरेको छ । पछिल्लो समय एसईई लगायत अन्य परीक्षामा देखिएको नतिजा सन्तोषजनक नभएको पाईएपछि गाउँपालिकाले विषयगत शिक्षक र प्रधानाध्यापकहरुलाई बोलाएर नतिजा सुधारका लागि बहस सुरु गरेको हो ।
यसैक्रममा पालिकाभित्र रहेको छ वटा माध्यमिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषय पढाउने शिक्षक र प्रअहरुको सहभागितामा साउन ९ गते बुधबार एक अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरी एसईईमा कमजोर नतिजा आउनुको प्रमुख समस्या र चुनौतीहरुबारे वृहत छलफल गरिएको छ ।
उक्त अवसरमा गाउँपालिका प्रमुख रवि प्रकाश राईले शिक्षक, अभिभावक र विद्यार्थीले मनैदेखि लागेर आ–आफ्नो जिम्मेवारी पुरा गर्न सके नतिजा राम्रो आउने धारणा व्यक्त गर्नुभयो । ‘पालिकाले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको छ, गुणस्तरीय शिक्षाका लागि पालिकाले अझ पनि थुप्रै लगानी गर्नेछ, तर नतिजा बलियो बनाउन तपाई विषयगत शिक्षक र प्रअ मनदेखिनै नलागि सम्भव छैन ।’– अध्यक्ष राईले भन्नुभयो ।
विद्यालयको शैक्षिक स्थिति सुधार गर्नका लागि अभिभावकको पनि ठूलो भूमिका हुन्छ, उहाँले जोड दिनुभयो । आफ्नो बालबालिकाले राम्ररी अध्ययन गरेको छ कि छैन, समयमा विद्यालय गएको छ कि छैन, उनिहरुको अवस्था नियमित बुझेर आफ्ना छोराछोरीप्रति गम्भिर हुनु पर्यो । त्यस्तै शिक्षक आफूमा भएको ज्ञान, सीपलाई विद्यार्थीले कुन रुपमा ग्रहण गर्न सक्छ त्यही माध्यमबाट पठनपाठन गराउन सके कमजोर विद्यार्थी पनि उत्कृष्ट भएर निस्कन सक्ने अध्यक्ष राईको धारणा छ । उहाको आग्रह थियो–‘शिक्षक भनेको समृद्धिको मुहान हो, आफूमा भएको ज्ञान र सीपलाई सही ढंगबाट प्रयोग गर्नुहोस् । सधैँ पठनपाठनमा ध्यान दिनुहोस् । कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यो तर्फ ध्यान दिनुहोस् । ’
आगामी दिनमा साकेलाको शैक्षिक गतिविधिलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफूहरुको तहबाट लगनशिल भएर पठनपाठनमा लाग्ने विषयगत शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् । बालबालिकाको पठनपाठनप्रति अभिभावक गम्भिर नबन्नु र विद्यार्थीले लगनशिल भएर ध्यान दिन नसक्नु कमजोर नतिजाको प्रमुख कारण भएको शिक्षकहरुको भनाई छ ।
विद्यार्थीहरु नियमित कक्षामा उपस्थित नहुने, अभिभावक शिक्षाको कमी, अनियमित शिक्षक सरुवा र सानो कक्षाबाटनै विद्यार्थीहरुमा विषयगत ज्ञान सीप सँगै बेस नभएका कारण यस वर्षको एसईईमा कमजोर नतिजा व्यहोर्नु परेको शिक्षकहरु बताउँछन् ।
साकेला गाउँपालिकामा यस वर्ष १२४ जना विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका थिए । साकेला १ स्थित राधाकृष्ण माविबाट सहभागि २५ जना विद्यार्थी मध्ये ४ जना मात्र उत्तिर्ण भएका थिए भने साकेला २ स्थित साकेला माविबाट २४ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा कोही पनि उत्तिर्ण हुन सकेका थिएनन् । सिद्देश्वरी मावि साकेला ३ खिदिमाबाट सहभागि २१ जना विद्यार्थीमध्ये कोही पनि उत्तिर्ण हुन सकेनन् भने बालबालिका मावि साकेला ४ बाट २७ जना परीक्षार्थी सहभागि भएकोमा तीन जना मात्र उत्तिर्ण भए । त्यस्तै साकेला ५ स्थित सरस्वती माध्यमिक विद्यालयबाट सहभागि २७ जनामध्ये एक जना मात्र विद्यार्थी सफल भएका छन् ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले शैक्षिक सुधारका लागि पालिकाले गर्नुपर्ने सबै काम गरिरहेको बताउनुहुँदै आगामी दिनहरुमा शैक्षिक सुधारका लागि गर्नुपर्ने सम्पूर्ण काम पालिकाकको तर्फबाट गरिने बताउनुभयो । उहाँले अभिभावकलाई पनि शैक्षिक गुणस्तर सुधारका लागि लगानी गर्ने वातावरण तयार गरि जिम्मेवार बनाउनु पर्ने बताउनुहुँदै नियमित अनुगमनलाई प्राथमिकता दिने धारणा व्यक्त गर्नुभयो । एसईई नतिजामा कमजोर रहेका विषयलाई मजबुत बनाउनका लागि त्यसको कमी कमजोरी पत्ता लगाएर पठनपाठनमा ध्यान दिन उहाँको आग्रह थियो ।
विद्यालयमा नैतिक शिक्षाको पठनपाठन
विद्यार्थीहरुलाई नैतिकवान र जिम्मेवार बनाउनका लागि हरेक शुक्रबार नैतिक शिक्षाको आवश्यकता महशुस गरि कार्यान्वयन सुरु गरिएको छ । अब साकेला गाउँपालिकाका २८ वटा सामुदायिक विद्यालयमा हरेक हप्ताको शुक्रबारका दिन अतिरिक्त कृयाकलापको सट्टामा नैतिक र व्यवहारिक शिक्षा पठनपाठन गराउन सुरु गरिनेछ । गाउँ शिक्षा समितिको निर्णयानुसार अब हरेक शुक्रबार विद्यालयहरुले नैतिक शिक्षा पढाउनु पर्ने भएको छ ।
नैतिकता बलियो भयो भने व्यवहारिक पाटो बलियो बन्छ, त्यसपछि मात्र कितावी ज्ञानलाई प्राथमिकता दिईने गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । हामीले जीवनको महत्व बुझेका छैनौं, देशको माटोको महत्व बुझेको छैनौं, जीवनको महत्व र समयको महत्व बुझ्नु जरुरी छ सँगै विज्ञानले बनाएको समय बुझ्नुपर्छ अनि मात्र जीवनले सार्थकता पाउँछ । हामी स्थानीय पाठ्यक्रम निर्माण गरेर नै नैतिक र व्यवहारिक शिक्षाको थालनी गर्ने तयारीमा छौं,- अध्यक्ष राईले भन्नुभयो -त्यसैको कार्यान्वयनका लागि अब हरेक शुक्रबार नैतिक शिक्षाको सुरुवात गर्ने निर्णय गरिएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !