सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र ५, २०७९, Diktelrupakotmajhuwagadi

Image

दोर्पा चिउरीडाँडामा खुला लोकदोहोरी प्रतियोगिताको आयोजना हुदै

 

हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं.७ दोर्पा चिउरीडाँडामा खुला लोकदोहोरी प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आउँदै गरेको नयाँ वर्ष २०८० सालको स्वागत र २०७९ को चैतेदशैँको अवसरमा आगामी चैत्र १६ गते वडा नं.७ दोर्पाको वडा कार्यालयको प्राङ्गणमा खुला लोकदोहोरी तथा वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने भएको हो ।

दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पाको प्रायोजन तथा हिमाल मिडिया ग्रुपको आयोजनामा हुन लागेको प्रतियोगितामा लोकदोहोरी तर्फ प्रथम हुनेलाई रु चारहजार, द्धितिय हुनेलाई रु.तीनहजार र तृतिय हुने प्रतिभाका लागि रु.दुईहजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ भने सान्त्वनाका लागि रु एकहजार र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । फुल्यो वनच्युरी शिर्ष भाकामा लोकदोहोरी गायन प्रतियोगिता हुने आयोजकले जनाएको छ । त्यस्तै वक्तृत्व कलामा प्रथम हुने लाई रु एकहजार, द्धितिय हुनेलाई रु सातसय र ततिय हुनेका लागि रु पाँचसय पुरस्कार प्रदान गरिनेछ ।

गाउँ वस्तिमा लुकेर रहेका प्रतिभाहरुलाई प्रोत्साहन गर्न हिमाल मिडिया ग्रुपले विभिन्न संघ संस्था र स्थानीय सरकारसँग सहकार्य गरेर यस्ता कार्यक्रम गर्दै जाने उद्धेश्यले यो पटक वडा नंं ७ दोर्पाको सहयोगमा लोक दोहोरी र वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिन लागिएको हिमाल मिडिया ग्रुपका अध्यक्ष पदम हिङमाङले हलेसी एफएमलाई बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारलाई आगलागीको जोखिमबाट बचाउन फायर हाइड्रेन्ट...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला भित्रका ठूला सडक आयोजनाको...

हलेसीन्युजडेस्क, खोटाङ कोशी सरकारबाट माओवादी केन्द्र अलग भएकै भोलिपल्ट प्रदेश सरकारले...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपिलासगढी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको...

हलेसीन्युजडेस्क, खोटाङ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी...

हलेसीन्युजडेस्क, खोटाङ कोशी प्रदेश सरकारबाट अन्ततः माओवादी केन्द्रले सरकार छाड्ने निर्णय...

Horoscopes Icon

All Horoscopes