मंसिर ०५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
मंसिर ५ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ‘सेवा द्वार’ अभियान सफलतापूर्वक सम्पन्न गरेकोे छ ।
करुणा फाउन्डेसनको सहकार्यमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, स्वास्थ्य शाखा र पञ्जीकरण शाखाले वडा नं १४ वुइपा पञ्चदोवाटो क्षेत्रमा शुक्रबार लाग्ने हटियाको अवसर पारेर एकदिने बृहत् शिविरमार्फत सेवा प्रवाह गरेको हो ।
वडा नं. १४वुइपा र वडा नं. १५ विजयखर्कका सेवाग्राही नागरिकहरुलाई लक्षित गरिएको शिविरमा जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचयपत्र,जन्म, मृत्यु र विवाह दर्ता लगायत पञ्जिकरण सेवाहरू गाउँमै उपलब्ध गराइएको नगरपालिकाकी शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो ।
शिविरमा रक्तचाप, मधुमेह मापनसहित विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवासमेत प्रदान गरिएको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वडा नं. १४ बुईपाका वडाध्यक्ष दिनेश राईले पहाडी भूपरिवेशका कारण बुढाबुढी र अशक्त नागरिकलाई नगरपालिकासम्म पुग्न कठिन हुने हुँदा सेवा घरदैलोमै पु-याइएको बताउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको ‘सेवा द्वार’ अभियानले दुर्गम क्षेत्रमा रहेका नागरिकहरुलाई ठूलो राहत मिलेको स्थानीयवासीहरूले बताएका छन् । यो अभियानबाट ‘सेवाका लागि नागरिक होइन, नागरिकका लागि सेवा’ भन्ने मर्मलाई व्यवहारमा लागू गरिएको उहाँहरुको भनाई छ ।
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान