पौष २६, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। दिक्तेल बजार निवासी समाजसेवी राजेन्द्र लयालुको पहलमा छोरी रोशनी लयालु र ज्वाइँ प्रकाश डोटेलमार्फत प्राप्त सामग्री आज (पुष २५ गते, शुक्रबार) एक कार्यक्रमका बीच विद्यालयमै वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लोकमाया थापा गीताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी राजेन्द्र लयालु प्रमुख अतिथि तथा वडा अध्यक्ष नवराज राई विशेष अतिथि रहनुभयो । कार्यक्रममा ५३ जना विद्यार्थीहरूलाई ५३ थान स्कुल ब्याग, प्रति विद्यार्थी ६–६ वटा कापी, १ दिनको खाजा तथा १–१ थान न्यानो टोपी वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि र सिकाइमा सहजता पु¥याउने उद्देश्यले गरिएको सो सहयोगले विद्यार्थीहरूमा थप उत्साह र हौसला बढाएको विद्यालय प्रशासनको भनाइ छ । कार्यक्रममा वक्ताहरूले समाजसेवी लयालु परिवारको योगदानको प्रशंसा गर्दै यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने धारणा राखे ।
विद्यालय परिवारले समाजसेवी राजु लयालु तथा कार्यक्रम समन्वयमा साथ दिनु भएका निवर्तमान अध्यक्ष अजय बस्नेतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग, सहकार्य र समन्वयको अपेक्षा व्यक्त गरेको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान