कार्तिक १७, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
कात्तिक १७ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराइ तथा उहाँको परिवारका सदस्यहरुले आफ्नो स्वर्गवासी आमाबुबा तथा दाजुको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ ।
नगरप्रमुख भट्टराई तथा उहाँको परिवारका सदस्यहरु भाई पर्शुराम भट्टराई तथा भाइबुहारी कल्पना भट्टराईबाट आइतबार कात्तिक १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा चिउरीडाँडास्थित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरिएको हो ।
शिक्षाको माध्यमबाट भविष्यका पुस्तालाई सहयोग पु-याउने उद्देश्यसहित आफ्नो गाउँको विध्यालयमा स्थापना गरिएको उक्त कोषमा पहिलो चरणमा दुई लाख दुई हजार २२२ रुपैयाँ जम्मा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभयो ।
गत वर्षको कात्तिक १६ गतेका दिन ८८ वर्षको उमेरमा स्वर्गवास भएकी आमा पदमकुमारी भट्टराई वार्षिक पुण्य तिथीको अवसरमा आफ्ना स्वर्गीय आमा, बुबा तथा दाजुको स्मृतिमा आफ्नै गाउँको विध्यालयमा पढ्ने साना साना भाइ वहिनीहरुको हितमा केही सहयोग पुगोस भनेर यो कोष स्थापना गर्न लागिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । उहाँले धार्मिक संस्कारमा हुने भड्किलो खर्च घटाएर शिक्षाको क्षेत्रमा योगदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयका विद्यार्थीलाई पुरस्कार, शैक्षिक गतिविधि र आवश्यक सहयोगमा खर्च गरिने विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरप्रमुख भट्टराईको सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा नगरउपप्रमुख विशन राई, अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ कात्तिक २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४...
स्वदेशी उत्पादन र वातावरण संरक्षणमा हस्तक्षेपकारी भूमिका खेल्न आग्रह हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान