कार्तिक २७, २०८२ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ ।
कात्तिक २७ गते । खोटाङको साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग औपचारिक रूपमा सञ्चालनमा आएको छ । गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम कार्यक्रम (मेडपा) अन्तर्गत बुधबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले मेसिन सञ्चालन गर्दै उद्योगको शुभारम्भ गर्नुभयो ।



स्थानीय स्रोत, सीप र सामग्रीको प्रयोगमार्फत रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको यो उद्योग साकेलाको आर्थिक रूपान्तरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
उद्योग उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाभित्र सञ्चालनमा आएका उद्यमहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण निर्माण गर्नुपर्छ। बाँसकला उद्योगले साकेलाको पहिचान बढाउनुका साथै स्थानीय आम्दानीको नयाँ ढोका खोल्नेछ।”
उहाँले थप गर्नुभयो, “नमूना सामग्री तयार गरेर बजारसम्म पु¥याउन सकियो भने गाउँ आफैं आम्दानीको केन्द्र बन्न सक्छ। सिर्जनात्मक सोच र रहरले गरिएको कामले मात्र दीर्घकालीन समृद्धि सम्भव हुन्छ।”
गाउँपालिकाले यसअघि बाँसकला सम्बन्धी तालिम सञ्चालन गरेर दक्ष जनशक्ति तयार पारेको थियो। ती प्रशिक्षार्थीहरूकै सीप र उत्साहबाट उद्योग सञ्चालन गर्ने योजना बनाइएको हो । यसै सन्दर्भमा यस वर्ष कोशी प्रदेश सरकारको कृषि उद्योग मन्त्रालयबाट प्राप्त केही रकम उद्योग सञ्चालनमा सहयोगस्वरूप विनियोजन गरिएको छ।
कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष जितेन्द्र कुमार राई, वडा नं. ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका सई फाईदलसिं लिम्बू, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राई, निर्वाचित जनप्रतिनिधि तथा स्थानीय उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय जनताको सक्रियता, सरकारी सहयोग र सिर्जनात्मक सोचको संयोजनबाट सुरु गरिएको यो बाँसकला उद्योग साकेला गाउँपालिकालाई आत्मनिर्भर र उद्यमशील गाउँपालिकाको नमूना बनाउने विश्वास लिइएको छ।
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १० खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान