पौष १९, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
पौष १९, शनिवार / खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत वृहत रूपमा सरसफाइ गरिएको छ । शनिबार साकेला गाउँपालिकाको “श्रम साकेला अभियान“ अन्तर्गत वडा नम्बर २ रतन्छाको अगुवाइमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागितामा गुफा परिसर र गुफाभित्र व्यापक सरसफाइ गरिएको हो ।
.jpeg)
.jpeg)
.jpeg)
सरसफाइका क्रममा गुफासम्म पुग्ने पैदलमार्ग, गुफा परिक्रमा गर्ने बाटो तथा गुफामाथि पलाएका झारपात र बोटबिरुवाहरू पूर्ण रूपमा हटाइएका छन् । वृहत रूपमा सम्पन्न सरसफाइपछि धन्नेश्वरी गुफाको स्वरूप नै परिवर्तन भएको देखिएको छ ।
लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाउँदै विकासको काम प्रारम्भ गरेको छ । आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
जानकारहरूका अनुसार धन्नेश्वरी गुफाको सुरुङ दायाँ–बायाँ पाँच हजारदेखि दस हजार मिटरभन्दा बढी फैलिएको हुन सक्ने अनुमान गरिएको छ । गुफाभित्र रहेका ठूला–ठूला नागका आकृति, विभिन्न देवी–देवताका आकृतिले यस स्थान अत्यन्तै पवित्र धार्मिक स्थल भएको संकेत गर्छ । गुफाभित्र करिब दुई हजार मिटर भित्र पुग्दा सुन्दर कुवा, सुन्तलाको बोटलगायतका प्राकृतिक वस्तुहरू देख्न सकिने स्थानीयहरुको भनाई छ ।
सदियौँ पुरानो यस गुफामा साक्षात् भगवानको वास रहेको जनविश्वास छ । परापूर्वकालमा भगवान शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिक स्थल हलेसी गएर बसोबास गरेको भन्ने किम्बदन्ती पनि प्रचलित छ । त्रिधार्मिक हलेसी पत्ता लाग्नुअघि नै भगवान शिवजी बसेको स्थान धन्नेश्वरी गुफा भएको स्थानीयको विश्वास रहेको छ ।
रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशीजस्ता महत्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ । गुफाको संरक्षण र व्यवस्थित विकास हुन सके धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय तथा गाउँपालिकाको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
शनिबार सम्पन्न श्रमदान कार्यक्रममा स्थानीय नागरिकहरू उत्साहका साथ सहभागी भएका थिए । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले धार्मिक तथा पर्यटकीय विकासका लागि गाउँपालिका गम्भीर रूपमा लागिपरेको बताउँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धन्नेश्वरी गुफाको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामान्य पूर्वाधार र प्रारम्भिक सौन्दर्यकरणका लागि यो बजेट सहयोगी भए पनि गुफाको समग्र विकासका लागि करोडौँ रुपैयाँ बराबरको दीर्घकालीन लगानी आवश्यक रहेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
वैशाख २ देखि असार ७ सम्म जिल्लाभर तथ्याङ्क संकलन हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क,खोटाङ । चैत्र २१, शनिवार / खोटाङको दिक्तेल बजारमा सञ्चालन...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान