पौष ०८, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
पौष ८, मंगलवार / खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री हस्तान्तरण तथा प्राविधिक सेवा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पौष ७ गते एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिहरूको प्राविधिक टोलीको उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न कारणबाट अपाङ्गता भएका साकेला गाउँपालिकाभित्रका १५ जना व्यक्तिहरूका लागि अर्थोपेडिक जुत्ता निर्माण गर्न खुट्टाको नापजाँच लिईएको छ । यस सेवाले अपाङ्गता भएका नागरिकहरूको दैनिक आवत–जावत र जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
सोही अवसरमा गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ४ का ९ वर्षिय युवराज कटवाल र वडा नम्बर ५ का १० वर्षिय इजन खत्रीलाई सहायक सामग्री ह्वीलचियर हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईसहित जनप्रतिनिधि, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले अपाङ्गता कुनै कमजोरी नभई समाजले अवसर दिन नसक्दा उत्पन्न हुने अवस्था भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने जिम्मेवारी राज्य र स्थानीय सरकारको हो। साकेला गाउँपालिका अपाङ्गता भएका नागरिकहरूको अधिकार, सम्मान र समावेशी विकासका लागि प्रतिबद्ध छ।”
अध्यक्ष राईले आगामी दिनमा पनि अपाङ्गता भएका नागरिकहरूको स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सहायक सामग्रीमा निरन्तर सहयोग गरिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूमा आत्मविश्वास बढाउन सहयोग पुग्नेछ ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले समेत अपाङ्गता भएका नागरिकहरूलाई समाजको मूलधारमा ल्याउन सबैको साझा भूमिका आवश्यक रहेको बताउँदै स्थानीय तहबाट सम्भव सबै सहयोग निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साकेला गाउँपालिकाले अपाङ्गता मैत्री स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित यस प्रकारका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको जनाएको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान