मंसिर ०५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
मंसिर ५ / खोटाङको साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणाली मार्फत गर्ने व्यवस्था सुरु गरेको छ । अबदेखि परम्परागत रूपमा म्यानुअल तरिकाले हुँदै आएको नागरिकता सिफारिस प्रक्रिया पूर्ण रूपमा अनलाइन माध्यमबाट संचालन हुन थालिएको गाउँपालिकाले जनाएको छ।
गृह मन्त्रालय अन्तर्गतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (Centralized Citizenship Information Management System) प्रयोग गरेर सेवा उपलब्ध गराइएको हो ।
नयाँ प्रणाली अनुसार सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएकोपछि, वडा कार्यालयले विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछ ।
वडाध्यक्षबाट प्रमाणित गरिएका विवरणहरू सोही प्रणालीमा अभिलेखबद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले सीधै नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईका अनुसार, अनलाइन प्रणाली सुरु भएपछि पारदर्शिता, एकरूपता, सेवा प्राप्तिमा सहजता र समय बचत हुने बताउनुभयो ।उहाँका अनुसार, “यो प्रणाली लागू हुनु गाउँपालिकाको प्रशासनिक डिजिटलिकरणतर्फको थप महत्वपूर्ण कदम हो। ‘डिजिटल गाउँपालिका’ बनाउने हाम्रो लक्ष्यमा एक महत्वपूर्ण इट्टा थपिएको छ,”—उहाँले भन्नुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान