मंसिर २०, २०८२ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाँस प्रवर्द्धन, संरक्षण र यसको व्यावसायिक उपयोगमा देखाएको उल्लेखनीय योगदानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्धारा प्रदान गरिने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ बाट पुरस्कृत बनेको छ । नाष्टको ४३औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा ललितपुर खुमलटारमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नाष्टका सहकुलपति महावीर पुनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि घोषणा गरिएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ नगरप्रमुख तीर्थराज भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो।

नाष्टले कृषि, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सुशासन, पारदर्शिता, प्राविधिक क्षमता र समग्र विकासका सूचकमा गरेको मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका देशका ७५३ स्थानीय सरकारमध्ये उत्कृष्ट ठहरिएको नाष्टले जारी गरेको पत्रमा उल्लेख छ। बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन र वातावरण–मैत्री समाधानका रूपमा उपयोग गर्दै सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा देखाएको प्रभावकारी काम नै यस सम्मानको आधार बनेको हो ।
पुरस्कार प्राप्त गर्दै नगरप्रमुख भट्टराईले यो उपलब्धि नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताको नतिजा भएको बताउनुभयो । “यो सम्मानले कृषि, वातावरण, शिक्षा, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने हौसला मिलेको छ ।” उहाँको भनाइ थियो । स्थानीय श्रोत र सामाग्रीहरु नै हाम्रो देशको अर्थतन्त्रको मूल सम्पति र यसको अत्यधिक उपयोगमा जोड दिनुपर्ने उहाँको स्पष्ट धारणा रहदै आएको छ ।

नगरपालिकाले बाँसलाई स्थानीय रोजगारी र आर्थिक अवसरका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरप्रमुख भट्टराई र उपप्रमुख वीशन राईले आफूहरु जनप्रतिनिधिका रुपमा निर्वाचित हुने साथ कार्यकक्षमा समेत बाँसका सामग्री प्रयोग गरी परिवर्तन आफैँबाट शुरु गर्नुपर्ने कहावतलाई पुष्टि गर्नुभएको छ । बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिलाउने ऐतिहासिक मार्गदर्शन पनि यसै अवधिमा नेपाल सरकारले स्वीकृत गरेको छ, जसमा बाँसको कटानी, ग्रेडिङ, रासायनिक उपचारदेखि भूकम्प प्रतिरोधी संरचना निर्माणका प्राविधिक मापदण्ड समेटिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लामो समयदेखि बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले रु २५ हजार राशीको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्राप्त गर्न सफल भएको नगरप्रमुख भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान