मंसिर १४, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित चक्र-अञ्जु राई फाउण्डेशनले आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा जिल्लास्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । जिल्लाभित्र रहेका विद्यालयका विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको फाउण्डेशनका अध्यक्ष लिला बहादुर खत्रीले हलेसी एफ एमलाइ जानकारी दिनुभएको छ ।
अध्यक्ष खत्रीका अनुसार प्रतियोगिता यही मङ्सिर २९ गते बिहान १०ः०० बजेबाट सुरु हुनेछ । जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धामा सहभागी जनाउन पाउने छन् । एक विद्यालयबाट एक जना विद्यार्थी मात्र प्रतिनिधित्व गर्न पाउने र सहभागी हुन इच्छुक विद्यालयहरूले प्रमाणित सिफारिससहित विद्यार्थीको नाम दर्ता गराउनु पर्ने चक्र–अञ्जु राई फाउण्डेशनका सचिव शिव बहादुर थापाले बताउनु भयो ।
नाम दर्ता मङ्सिर २७ गते दिउँसो ४ः०० बजेसम्म फाउण्डेशनको कार्यालयमा गर्न सकिने जनाईएको छ।
प्रतियोगितामा मौलिक सांस्कृतिक पहिचान झल्किने नृत्यलाई प्राथमिकता दिईने आयोजकले बताएको छ ।
एकल नृत्य प्रतियोगिताका प्रथम , द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाइ क्रमश रु. १० हजार, रु. ७ हजार, रु. ५ हजार र रु २ हजार प्रदान गरिने भएको छ ।
फाउण्डेशनका अध्यक्ष लिला बहादुर खत्रीका अनुसार प्रतियोगिताले स्थानीयस्तरमा रहेका लुकेका प्रतिभा पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। उहाँले मौलिकता, सांस्कृतिक पहिचान र देशप्रेम झल्किने प्रस्तुतिलाई विशेष प्राथमिकता दिईने बताउनुभयो।
प्रतियोगिता सम्बन्धि थप जानकारीका लागि अध्यक्ष लिला बहादुर खत्री तथा सचिव शिव बहादुर थापासँग सम्पर्क गर्न सकिने फाउण्डेशनले जनाएको छ।
सम्पर्क नम्बर
लिला बहादुर खत्री (अध्यक्ष)-९८४२८४९३०६
शिव बहादुर थापा (सचिव)-९८६०७३०६७३

हलेसीन्युजडेस्क, खोटाङ / मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १० खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान