मंसिर १३, २०८२ , Khotang


देविस्थान एकता समाज दिक्तेलको सभा हलमा सञ्चालन भइरहेको तालिममा ११ जना स्थानीय महिलाहरू सहभागी रहेका छन्। समूहकी सचिव सावित्रा आचार्य (घिमिरे) ले पछिल्लो समयमा घरेलु सिपबाट निर्मित मुढाको बजारमा बढ्दो माग रहेको र यसबाट महिलाहरूले घरमै बसेर आय–आर्जन गर्न सक्ने अवसर मिलिरहेको बताउनुभयो ।
यो तालिममा भलकाजी विकले सहजिकरण गर्नुहुनेछ भने तालिममा सामग्री छनोट, गुणस्तर कायम राख्ने विधि, बजार मूल्याङ्कन, उत्पादन विस्तार तथा व्यवसायिक व्यवस्थापनसम्बन्धी सीपहरू विस्तृत रूपमा प्रदान गरिनेछ। विकका अनुसार तालिमपछि महिलाहरूले बजारमा प्रतिस्पर्धी उत्पादन प्रस्तुत गर्न सक्नेछन् ।
कालिका वडा–स्तरीय महिला समूहकी अध्यक्ष लोकमाया थापा (गीता) को अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा नगरप्रमुख भट्टराईले महिलालाई सीपमार्फत आर्थिक रूपमा सशक्त बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय सीपलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुभयो भने सामुदायिक आर्थिक विकासमा ठूलो योगदान पुग्छ। नगरपालिका यस्ता पहललाई निरन्तर सहयोग र प्रोत्साहन गर्न तयार छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राईले महिलाको आर्थिक सक्रियता बढाउन यस्ता तालिम अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार घरेलु उध्यमका लागि आवश्यक अन्य सहयोग वडा कार्यालयले निरन्तर प्रदान गर्नेछ ।
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले स्थानीय उत्पादनलाई बजारसम्म पु-याउन संघले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले गुणस्तरीय मुढाको माग बढ्दो रहेको र महिलाहरूको उत्पादनलाई स्थानीय तथा क्षेत्रीय बजारमा प्रवद्र्धन गर्न सहयोग गरिने जानकारी दिनुभयो ।
गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल तथा नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्रीले पनि सीपमूलक तालिम महिलाको आर्थिक सबलीकरणको प्रभावकारी आधार बन्ने धारणा राख्नुभयो। तालिममा सहभागी महिलाहरूले नयाँ सीप सिकेर घरमै बसेर आय-आर्जन गर्न सकिने भएकाले आफूहरू अत्यन्त उत्साहित रहेको बताउनुभयो। उनीहरूले सिकेको सीपलाई सामूहिक रूपमा प्रयोग गर्दै दीर्घकालीन व्यवसाय विस्तार गर्न सकिने उहाँहरुको कथन थियो ।
दिक्तेल क्षेत्रमा बाँस तथा बाँसजन्य सामग्री प्रशस्त मात्रामा पाइने भएकाले मुढा उत्पादनलाई दिगो स्थानीय उद्योगका रूपमा विकास गर्न सकिने विशेषज्ञहरूको मत छ।
तालिमपछि सहभागी महिलाहरूलाई सामग्री, उपकरण तथा बजार व्यवस्थापनमा पनि सहयोग प्रदान गरिने समूहकी सचिव आचार्यले बताउनुभयो । स्थानीय स्रोतको सदुपयोग, महिलाको सक्रियता तथा दिगो आर्थिक विकासमा केन्द्रित यो तालिमले दिक्तेलमा महिला उद्यमशीलताको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १० खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र...
हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १० / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान