पौष २८, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
पौष २८, आइतवार / खोटाङको साकेला गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकासका लागि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा बहुआयामिक विकासका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् । प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आधुनिक संरचनाको संयोजनमार्फत साकेला गाउँपालिका आज फरक पहिचानसहित अग्रगामी यात्रामा देखिएको छ ।
3.jpeg)
गाउँपालिकाको मुख्य प्रवेशद्वारका रूपमा चिनिने साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काईवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ। स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिनुले गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ। विकास केवल कागजमा सीमित नबनाई प्रत्यक्ष कार्यान्वयनमा उतार्ने शैलीले साकेला गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा फरक र अनुकरणीय बनाएको छ ।
यी सबै विकास गतिविधिहरूको अगुवाइ स्वयं गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले गरिरहनुभएको छ। अध्यक्ष राई नियमित रूपमा केही कर्मचारीहरूको साथमा श्रमदानमा सहभागी हुँदै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन निरन्तर सक्रिय रहनुभएको छ। नेतृत्व आफैँ मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा समेत सकारात्मक ऊर्जा र सहभागिता बढेको देखिन्छ।
साकेला गाउँपालिकाले लिएको ‘श्रम साकेला अभियान’ नीतिअनुसार जनश्रमदानलाई विकासको मुख्य आधार बनाइएको छ। यही अभियानका कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र सुन्दर देखिन थालेका छन्। सरसफाइको क्षेत्रमा समेत साकेला गाउँपालिका जिल्लाकै अग्रपङ्तिमा उभिन सफल भएको छ ।
यसका साथै गाउँपालिकाभित्र रहेका विभिन्न सार्वजनिक सम्पदाहरूको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरूको नियमित सरसफाइ, तथा सडक पूर्वाधार विकासमा अध्यक्ष राईको सक्रिय भूमिका निरन्तर देखिँदै आएको छ। विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडिनु साकेला गाउँपालिकाको विशेषता बन्दै गएको छ ।
स्थानीयवासीहरूका अनुसार नेतृत्वको स्पष्ट दृष्टिकोण, निरन्तर श्रमदान र योजनाबद्ध विकासका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । अध्यक्ष रवि प्रकाश राईको सक्रिय नेतृत्वले साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकाका रूपमा रूपान्तरण गर्ने अपेक्षा अझ बलियो बनेको स्थानीयवासी बताउछन् ।
हलेसीन्युजडेस्क,खोटाङ/ जेठ २५, सोमवार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४...
हलेसीन्युजडेस्क, खोटाङ / जेष्ठ १६, शनिवार । नेपाली कांग्रेसले देशव्यापि...
“योगश्चित्तवृत्तिनिरोधः”(योगसूत्र) अर्थात् योग भनेको चित्तका चञ्चल वृत्तिहरूलाई रोक्नु हो ।...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान