मंसिर १८, २०८२ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ-
मंसिर १८, विहरीवार / खोटाङको साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि वाइफाइ सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको हो । गाउँपालिकाले वडा नम्बर ५ मात्तिमस्थित पालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला र गाउँपालिकाको केन्द्रमा रहेको मानेभन्ज्याङ पार्कमा फ्रि वाईफाई सेवाको पहुँच विस्तार सुरु गरिसकेको छ ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा पालिकाले उक्त स्थानहरुमा एक हजार एमविपिएस क्षमता बराबरको फ्रि वाईफाई विस्तार गरेको हो । पालिकाले वडा नम्बर २ को रतन्छास्थित साकेला (थान) पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि वाईफाई जडान गर्ने तयारी गरेको छ । फ्रि वाईफाई सेवाको उपलब्धतासँगै सो क्षेत्रहरुमा सिसि क्यामेरा समेत जडान गरिएको छ । विभिन्न पूर्वाधारहरुको निर्माणसँगै पालिकाले उक्त स्थानहरुको गतिविधिको नियमित निगरानीका लागि सिसिक्यामेरा राखेको हो । पालिकाको केन्द्रमा बसेर उक्त स्थानमा हुनेगरेका गतिविधिको निगरानी गरिनेछ ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईका अनुसार निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलाबासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्नका लागि आउने आगन्तुक पाहुनाहरुलाई लाभ पुग्ने अपेक्षा गरिएको छ । अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ–नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने उहाँको भनाई छ ।
डिजिटल पर्यटन प्रवद्र्धन, स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दै फ्रि वाइफाइको सेवा जडान गरिएको अध्यक्ष राईले बताउनुभयो । आगन्तुकहरूले स्थान सम्बन्धि जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने हुँदा फ्रि वाईफाई सेवाले पर्यटन प्रबद्र्धनमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको अपेक्षा छ ।
प्रविधिमैत्री सेवामा लगानी गर्दै साकेला गाउँपालिका ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्तरूप दिन दिनरात लागि परिरहेको छ । फ्रि वाइफाइ सहितको प्रविधि विस्तारले भविष्यमा स्मार्ट सिसिटिभी, डिजिटल सूचना बोर्ड, अनलाइन सेवा प्रवाह लगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने गाउँपालिकाको अपेक्षा छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान