माघ २५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत सेवा–सुविधाबाट प्राप्त रकम सामाजिक सहयोगमा समर्पण गर्दै उदाहरणीय कार्य गर्नुभएको छ । माघ २४ गते शनिबार परेको जन्मदिनको अवसरमा अध्यक्ष राईले गाउँपालिकाभित्रका पाँचवटै वडामा गठन भएका अपाङ्गता सम्बन्धि कार्य गर्ने मिलिजुली समूहलाई १५ हजार रुपैयाँका दरले कुल ७५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो ।
साकेला गाउँपालिकाको आयोजनामा सञ्चालन भएको आठौं माध्यमिक तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहका अवसरमा अध्यक्ष राईले उक्त सहयोग रकम अपाङ्ग संघ साकेलाका अध्यक्ष तिर्थबहादुर राईलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आफ्नो सेवासुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा प्रयोग गरिएको बताउनुभयो । व्यक्तिगत उत्सवलाई समाजसेवामूलक कार्यसँग जोड्दै आएको उल्लेख गर्दै उहाँले यस किसिमको सहयोगले समावेशी समाज निर्माणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष राईले यसअघि पनि जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आउनुभएको छ । दुई वर्षअघि बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि एलसिडी ट्याब्लेट वितरण गर्नुभएको उहाँले गत वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । यसले उहाँको व्यक्तिगत जीवनशैलीभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने सोच स्पष्ट रूपमा देखाउँछ ।
कार्यक्रममा उपस्थित स्थानीयवासी तथा सरोकारवालाहरूले अध्यक्ष राईको यो कदमलाई उदाहरणीय सामाजिक कार्यका रूपमा प्रशंसा गरेका छन् । सहयोग रकमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न तथा समावेशी गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
साकेला गाउँपालिकाले सामाजिक न्याय, समावेशी विकास र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अध्यक्ष राईले व्यक्तिगत रूपमा गरेको यो सहयोग पनि गाउँपालिकाले अवलम्बन गर्दै आएको समावेशी र सामाजिक उत्तरदायित्वको नीतिसँग मेल खाने निरन्तर प्रयासको रूपमा हेरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान