कार्तिक २९, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
कात्तिक २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित रमणीय एलम्बर पार्कमा आज ‘जोडी धुपी’ रोपेर महान् जेन्जी आन्दोलनका सहिदहरूको चिरस्मरण तथा घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
कार्यक्रम वडा अध्यक्ष दिनेश कुमार राईको नेतृत्व तथा स्थानीय युवाहरूको उत्साहपूर्ण सहभागितामा आयोजना गरिएको हो । रोपिएको ‘जोडी धुपी’ केवल प्राकृतिक बिरुवा मात्र नभई—देशका लागि जीवन अर्पण गर्ने वीरहरूको बलिदानलाई माटोसँग जोड्ने प्रतीकात्मक साहित्यिक अनुष्ठान बनेको भनिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले जोडी धुपी रोपाइँको गहिरो भावनात्मक, सांस्कृतिक र दार्शनिक अर्थ रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ—“यो धुपी ती वीर जेन्जी सहिदहरूको सम्मानमा रोपिएको हो, जसले उज्यालो भविष्यका लागि आन्दोलनको यज्ञमा आफूलाई समर्पित गरे । उहाँहरूको शहादत राष्ट्रको इतिहासमा सदा अमर रहिरहनेछ ।”
अध्यक्ष राईले आन्दोलनमा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रकृतिको हरियालीले मनका घाउहरूमा शान्ति र राहत दिने विश्वास व्यक्त गर्नुभयो ।
धुपीको बिरुवालाई माटोमा रोप्ने क्रममा अध्यक्ष राईको अनुहारमा देशप्रेम, आशा र समृद्धिको दृढ विश्वास झल्किएको थियो । सोही क्रममा उहाँले भन्नुभयो—“जसरी यो बिरुवा जरा गाडेर बढ्नेछ, त्यसरी नै हाम्रो देशमा सुख–शान्ति र समृद्धिका नयाँ कोपिला पलाउनेछन । आन्दोलनको पीडा अब हरियाली र आशामा रूपान्तरण गरिनेछ।”
स्थानीय युवाको सक्रियता र अध्यक्ष राईको नेतृत्वमा गरिएको यो रोपाइँले बुइपास्थित एलम्बर पार्कलाई समर्पण, संवेदना र राष्ट्रिय भावनाको पवित्र स्थल बनाइदिएको छ ।
यहाँ रोपिएको यो ‘जोडी धुपी’ नयाँ पुस्तालाई देशप्रेम, बलिदान र जिम्मेवारीबोधको जीवन्त पाठ दिने कालजयी प्रतिकका रूपमा रहने अपेक्षा गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान