माघ २५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधी यो वर्ष राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा साकेला–१ ले चुमेको छ । गत वर्ष समेत उपाधि चुम्न सफल उक्त विद्यालयले यस वर्ष पनि सात स्वर्ण, सात रजत र चार काँस्य सहित १८ पदक जित्दै उपाधि चुमेको हो ।
प्रतियोगिताको दोश्रो बनेको साकेला माध्यमिक विद्यालय रतन्छाले सात स्वर्ण सहित तीन रजत र ६ काँस्य गरि १६ वटा पदक जितेको छ भने पाँच स्वर्ण, ६ रजत र पाँच काँस्य सहित १६ पदक जितेर बालबालिका मावि नौलाखर्क तेश्रो बन्न सफल भएका छन् ।
त्यसैगरी पाँच स्वर्ण, पाँच रजत र सात काँस्य सहित जम्मा १७ पदक जितेको सिद्धेश्वरी मावि खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक काँस्य जितेको सरस्वती मावि मात्तिमबिर्ता पाँचौ र तीन रतज तथा दुई काँस्य जितेको व्यवस्थापक विद्यालय चण्डेश्वरी मावि छैठौँ भएको छ ।
साकेला गाउँपालिकाको आयोजना तथा चण्डेश्वरी मावि डाँडागाउँको व्यवस्थापनमा गत बुधबारदेखि बाँझेच्यानडाँडास्थित खेलमैदानमा जारी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सकिएको छ ।
पुरस्कृत विद्यालय तथा उपाधि जिताउने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष हेमन राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
पालिकाभित्रका छ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, १००, २००, ४००, ८०० र १५०० मिटर दौडका साथै १०० मिटर र ४०० मिटर रिले दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको थियो ।
प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । यस वर्षको प्रतियोगिताका लागि गाउँपालिकाले रु.३ लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले रु.१ लाख बजेट व्यवस्थापन गरेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान