मंसिर १०, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
मंसिर १० खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल काठमाडौंको संयुक्त आयोजनामा आगामी पुष २६ र २७ गते वृहत् निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
लामो समयदेखि अनौपचारिक सल्लाह भैरहेको भएता पनि आज चावहिलस्थित ओम हस्पिटलका संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको कार्यकक्षमा नगर प्रमुख तीर्थराज भट्टराईको विशेष उपस्थितिमा आयोजित बैठकमा शिविर सञ्चालन सम्बन्धमा निर्णय भएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
बैठकमा वरिष्ठ समाजसेवी तथा अस्पतालका संचालक सदस्य टंंकबहादुर श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिको टोली लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा मानसिक स्वास्थ्य, मुटु, मृगौला, जनरल फिजिसियन, दाँत, नसा, स्त्री रोग, छाला तथा हाडजोर्नीसहित विभिन्न विशेषज्ञ चिकित्सकले निशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको छ । २–४ दिनभित्र स्थानीय राजनीतिक दल, सरोकारवालासँग थप सेवा तयारी, व्यवस्थापन र अन्य आवश्यक विषयमा पनि छलफल गरी अन्य निर्णयहरु गरिने जनाइएको छ ।
शिविरको प्रभावकारीता र भव्यता सुनिश्चित गर्न, आवश्यक परेमा ओम हस्पिटलबाट वरिष्ठ विशेषज्ञ समेत सहभागी हुने व्यवस्था तय गरिएको छ । यस शिविरमा स्थानीय संघ–संस्थासँग सहकार्य गरी सहआयोजक र जिम्मेवारी बाडफाँडको प्रक्रिया समेत अगाडि बढाइने जानकारी नगरपालिकाले गराएको छ ।
शिविरमा निःशुल्क इको कार्डियोग्राफी (ECG), एक्सरे, भिडियो एक्सरे, ल्याब परीक्षण, औषधी वितरण लगायतका सेवा उपलब्ध हुनेछन् । यसबाट दूरदराजका नागरिक, जसले नियमित स्वास्थ्य सेवा प्राप्त गर्न सक्दैनन्, घरदैलोमा स्वास्थ्य परिक्षण गराउने सुवर्ण अवसर पाउनेछन् ।
नगरपालिकाले नागरिकहरुलाई स्वास्थ्य शिविरमा समयमै उपस्थित भई लाभ लिन आह्वान गरेको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान