सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १५, २०८१, खोटाङ

Image

‘मानव अधिकारको क्षेत्रमा काम गर्ने थप उर्जा र उत्साह मिलेको छ’–घिमिरे

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका लोकनाथ घिमिरे उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्राप्त गरेपछि मानव अधिकारका क्षेत्रमा काम गर्न थप उर्जा र उत्साह प्राप्त भएको बताउनुहुन्छ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो २४ औँ वार्षिकोत्सव तथा २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा जेष्ठ १३ गते आइतवार उहाँलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्रदान गरेपछि हलेसी एफमलाई यस्तो  बताउनुभएको हो ।

जिल्लास्थित मानव अधिकारको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था इन्सेकमा विक्रम सम्वत २०६० सालमा आवद्ध भएर काम गर्न थालेपछि त्यो वेलाको द्धन्दकालिन अवस्थामा निर्भिक भएर मानव अधिकारका विविध विषयहरुलाई उठाउँदै मानव अधिकार पीडितहरुका पक्षमा काम गरेको क्षणहरु सम्झदै उहाँ भन्नुहुन्छ–‘कहिले त आफू पनि विद्रोही पक्षबाट या राज्य पक्षबाट अप्ठेरो परिस्थिति खेप्नु परेको थियो । तर जस्तै अवस्थामा पनि मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिरहेँ ।’

उहाँ सम्झनुहुन्छ–‘दिक्तेल–खोटाङवजारको कृषि सडक स्विस सरकारको सहयोगमा खन्ने कामलाई त्यो वेलाको अर्धभूमिगत किराँत वर्कस पार्टीबाट अवरोध भएको वेला  प्रोजेक्ट नै फिर्ता हुन लागेको थियो, त्यस्तो गम्भिर परिस्थितिमा तात्कालिन दलका नेतृत्वहरु कांग्रेसका बिष्ण राई तथा नेकपा एमालेका राजन राईसँग दुर दराजको गाउँमा गएर वर्कसका नेताहरुसँग एकदिन भरि वार्ता गरी समस्याको निकास दिलाउने काममा मैले सहजिकरण गरेको त्यो क्षण कहिल्यै विर्सन्न । जसको कारणले हाल त्यो सडक भएर यातायात मार्फत हिड्न पाइएको छ ।’

विक्रम सम्वत २०६७ सालदेखि उहाँ राष्ट्रिय मानव अधिकार आयोगमा काम गर्न शुरु भए पछि अझ यो क्षेत्रमा काम गर्न हौसिएको बताउनुहुन्छ । घिमिरे हाल राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालय हेटौडामा कार्यरत हुनुहुन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगकोे २४ औँ वार्षिकोत्सव तथा २५ औं स्थापना दिवसका अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र आयोगका अध्यक्ष तपबहादुर मगरले घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार वापत नगद रु ४० हजार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । 

यो सम्मानले आफूलाई मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा काम गर्ने थप उर्जा र उत्साह प्राप्त भएको घिमिरेले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes