सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १८, २०८१, खोटाङ

Image

दोर्पामा शहिद कम्पसेर राईको शालिक तथा साकेला सिलि मैदानको उद्घाटन सम्पन्न

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा चिउरीडाँडामा शहिद कम्पसेर राईको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसको नेतृत्वमा राणा शासनका विरुद्ध विक्रम सम्वत २००७ सालमा भएको जनक्रान्तिमा शहादत प्राप्त गर्नुभएको शहिद कम्पसेर राईको अर्धकदको शालिक तथा साकेलाथानको आज (जेष्ठ १८)दोर्पा चिउरीडाँडास्थित ओखरवोटे साकेलाथानमा अनावरण गरिएको हो ।

निर्माण समितिका अध्यक्ष सुवेदार तेजबहादुर राईको सभापतित्व तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा शहिद कम्पसेर राईको परिवारका सदस्यहरु तथा अन्य आफन्त शुभेच्छुकहरुबाट संकलित रकम रु १० लाख वजेटबाट दोर्पा ओखरेवोटेमा शहिद परिवारका सदस्यहरु गोविन्द राई, प्रकाश रार्ई र शन्त कुमार राईले निशुल्क प्रदान गर्नुभएको ७ रोपनी जग्गामा शालिक तथा अन्य पूर्वाधारहरुको निर्माण गरिएको थाहा भएको छ ।

शहिद कम्पसेर राईको अनावरण गरिएको शालिक

विक्रम सम्वत २००७ सालमा पूर्वी भेकको कमाण्ड गर्दै भोजपुर वासिखोराका क्याप्टेन रामप्रसाद राई, खोटाङ लामाखुका मुगाधन राईकै मुक्ति शेनामा दोर्पा सुँगुराका सुवेदार हैकमसि राईले सामरिक समितिको नेतृत्व लिइरहनु भएको थियो । उहाँहरुसँगै मोर्चा सम्हाल्दै दोर्पा चिउरीडाँडाका कम्पसेर राई पनि दिक्तेलबाट ओखलढुंगातिर बढ्नुभयो । ओखलढुंगाको अधेरी भन्ने स्थानमा त्यो वेला भक्खर २३ वर्ष उमेर टेकेका कम्पसेर राईलाई राणा फौजको शेनाले हानेको बन्दुकको गोली लाग्यो । घटनास्थलमै उहाँले शहादत प्राप्त गर्नु भएको खोटाङका अग्रजहरुले बताउनुहुन्छ ।

उहाँकै सम्झनामा ७ दशक वढिको अन्तराल पछि उहाँका परिवार तथा समाजका अग्रज अभियन्ताहरु मिलेर शहिद कम्पसेर राईको शालिक निर्माण गरी उहाँको जन्मस्थल दोर्पामा जेष्ठ १८ गते शुक्रवार अनावरण गरिएको शहिद कम्पसेर राईस्मृति पार्क तथा साकेला सिलि मैदान निर्माण समितिका सल्लाहकार सदस्य देवराज राईले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले सोही अवसरमा भएको कार्यक्रममा धामीको लागि बस्ने घर (नछुङ सायेरेम्मा खिम) को उद्घाटन गर्नुभयो भने किराँत सँस्कृतिका अन्वेषक समाजसेवी सुवेदार पर्खनबहादुर राईले साकेला थानको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी सोही अवसर पारेर साकेलामा प्रयोग हुने चिण्डोको प्रतिकात्मक मूर्तिको अनावरण भने निर्माण समितिकै सदस्य अग्रज समाजसेवी कुविरमाया राईले गर्नुभएको सल्लाहकार सदस्य राईले जानकारी दिनुभयो ।

शहिद प्रतिमा तथा साकेला सिलि मैदान उद्घाटनपछि उपस्थित प्रमुख अतिथि, विेशेष अतिथि, आयोजक तथा गाउँवासीहरु सबै कार्यक्रमस्थलमा लामो समयसम्म साकेला सिलिमा रमाउदै नाचेका थिए ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes