सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड १८, २०८०, Nepal

Image

स्व. गिरिजाप्रसाद कोइरालाको जन्मशताव्दी मनाइदैं

 

हलेसीन्युजडेस्क, खोटाङ /

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहनु भएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजा प्रसादको जन्म भएको थियो ।

कोइरालाको राजनीतिको शुरुवात भने मजदूर नेताको रुपमा भएको थियो । गिरिजाप्रसाद नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष हुनुभयो । २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएसँगै गिरिजाप्रसाद जेल पर्नुभयो ।

२१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उहाँ २०२१ मा भारत प्रवासमा जानुभयो । २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचत हुनुभयो । उहाँ लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि हुनुभयो ।

२०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ ।

कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो । उहाँकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको शिर्ष नेतृत्वमा कृयाशिल हुनुहुन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes