माघ २५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ दिक्तेलवजारका अग्रज समाजसेवी चित्रकुमार वजिमयको आज ७९ वर्षको उमेरमा निधन भएको छ । विक्रम सम्बत २००१ साल मंसिर १२ गते पिता स्वर्गीय बुद्धिकुमार वजिमय र माता कृष्णकुमारीको सुपुत्रका रुपमा जन्मिनुभएका स्वर्गीय वजिमयको केही समयदेखि अस्वस्थ्य भै उपचारको क्रममा आज विहान ७.४५ वजे काठमाण्डौँ, गोठाटारस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
लामो समय नेपाल सरकारको सेवामा रही २०४८ सालमा सेवा निवृत्त हुनुभएपछि जीवनको बाँकी समय समाज र समुदायको हितमा लाग्नुभएका स्वर्गीय वजिमय दिक्तेल वजार सामाजिक गठीको संस्थापक अध्यक्ष हुनुहन्थ्यो । नेपाल रेडक्रस सोसाइटीको जिल्ला सदस्य समेत भएर लामो समय रेडक्रसकर्मीका रुपमा मानवीय सेवामा समेत समर्पित रहनु भएको वजिमय राजनैतिक रुपमा नेपाली कांग्रेससँग सम्बद्ध हुनुहुन्थ्यो ।
उहाँको घरमा जिल्लाका नेतृत्वहरु अप्ठ्यारो अवस्थामा सहारा लिई बस्ने गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राई बताउनुहुन्छ । खोटाङका नेता तथा पूर्व वनराज्य मन्त्रि शिवकुमार बस्नेत, नेता स्वर्गीय कालुमान गुरुङ लगायतले उहाँको अभिभावकत्वमा अप्ठ्यारो परिस्थिति बिताएको सभापति राई भन्नुहुन्छ ।
निडर, हकी र निस्वार्थ स्वभावका स्वर्गीय बजिमय पछिल्लो समय शारीरिक अस्वस्थ्यताका कारण काठमाण्डुमा रहेर उपचार गराइरहनुभएको थियो । उहाँको निधनबाट खोटाङले जिम्मेवार समाजसेवी गुमाएको छ ।
आजै पशुपती आर्यघाटमा उहाको पार्थिव शरीरमा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई र खोटाङ काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष काशीनाथ आचार्यले कांग्रेसको झण्डा ओढाएर एक मिनेट मौन धारण गरी सम्मान प्रकट गरिएको थियो ।
स्वर्गीय चित्रकुमार बजिमयकी धर्मपत्नि मिनाकुमारी वजिमय र दुइ छोरा, तीन छोरीहरु हुनुहुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान