चैत्र ११, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका–२ खार्पामा ‘खार्पा महोत्सव तथा धार्मिक उत्सव–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ को आयोजना गरिने भएको छ । रस मर्मज्ञ युवा पण्डित आचार्य श्री लोमश शरण घिमिरे र पाठपारायाण युवापण्डित आचार्य श्री केशबप्रसाद भट्टरार्ईद्धारा संगितमय कथा प्रवचन गरिने उक्त महायज्ञ यही चैत्र २७ गते देखि २०८१ बैसाख ३ गतेसम्म रावावेशी गाउँपालिका–२ खार्पामा सञ्चालन गरिने आयोजक खार्पाली चेलीबेटी समूहलले जनाएको छ ।
खार्पामा जन्मी हुर्की विविध परिस्थितिका कारण हाल स्वदेश तथा विदेशमा रहेर पनि आफ्नो जन्मभूमिलाई माया गर्नुहुने र खार्पा पुग्न नसकेकाहरुलाई समेत यो महोत्सवले खार्पा घुम्ने, आन्तरिक पर्यटनको अवलोकन गर्ने र खार्पालाई नजिकैबाट अनुभूत गर्ने अवसर प्रदान गर्ने रावाबेसी गाउँपालिका २ खार्पाका शेखर पोखरेल बताउनुहुन्छ । उहाँ खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, प्रचार प्रसार समितिका सदस्य हुनुहुन्छ ।
खार्पाका अग्रज साहित्यकार तथा समाजसेवी बलराम पोखरेलका अनुसार चैत्र २७ गते विहान ८ वजे कलस शोभा यात्रा, मण्डप पूजन तथा श्रीमद्भागवत शुभारम्भ गरिनेछ । त्यसपछि हरेक दिन नित्य पूजा अर्चना दैनिक पाठपारायण तथा संगीतमय प्रवचन, नृत्य झाँकी प्रदर्शनका साथमा विविध कार्यक्रमहरु आयोजना गरिनेछन् ।
२०८१ बैसाख १ गते नित्य कार्यक्रमका साथ नन्द महोत्सव, दही चोरी लिला प्रदर्शन गरिनेछ । बैशाख २ गते नित्य कर्मका साथ कृष्ण रुक्मिणी शुभ विवाह, लक्ष्य वर्तिका प्रज्वलन आदी गरिनेछ । र, अन्तिम दिन सुदामा चरित्र, सारांश कथा प्रवचन तिलक प्रसाद ग्रहणका साथ कार्यक्रम समापन गरिने समाजसेवी पोखरेल बताउनुहुन्छ ।
यस पूण्य कार्यलाई भव्य र सभ्य बनाई पूर्ण सफल गराउन आ–आफ्नो दिवंगत पितृजनहरुको मोक्ष प्राप्तिका लागि जहाँबाट जे जति सम्भव हुन्छ सहयोग गर्न पनि आयोजक खार्पाली चेलीबेटी समूहले आग्रह गरेको छ । साथै सामूहिक ब्रतबन्ध गराउन इच्छुक महानुभावहरुले चैत्र २४, २५ र २६ गते भित्र आयोजकलाई नाम र संख्या सूचित गराउन पनि अनुरोध गरिएको छ । यो पूण्य कार्य यस महोत्सवका रुपमा यो ठाउँमा पहिलो चोटि गर्न लागिएको पनि आयोजकले जनाएको छ ।
यस्ता महोत्सव तथा धार्मिक अनुष्ठानले देश तथा विदेशका विभिन्न भूभागमा रहेका वासिन्दाहरुलाई भावनात्मक एकतामा गाँस्न सहयोग पुग्ने र आफ्नो जन्मभूमिका प्रति केही गरौँ भन्ने भावना जागृत हुने खार्पाका अग्रज एवं पूर्व प्रशासक सिताराम पोखरेल बताउनुहुन्छ । उहाँ यो महोत्सवबाट खार्पा मात्र होइन रावावेशी गाउँपालिकाको धार्मिक पर्यटनको क्षेत्रमा समेत केही टेवा पुग्ने विश्वास गर्नुहुन्छ ।
कार्यक्रम रावाबेसी गाउँपालिका–२ खार्पास्थित शारदा मा.वि.को प्राङ्गणमा सम्पन्न गरिने जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !