चैत्र १५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङमा खोटाङ स्पोर्ट क्लवद्धारा ‘साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम प्रतियोगिता’ हुने भएको छ । नयाँवर्ष–२०८१ को अवसर पारेर खोटाङ स्पोर्ट क्लवले आगामी २०८१ बैशाख ३ गते देखि बैशाख ५ गतेसम्म भलिवल प्रतियोगिता तथा साँस्कृति कार्यक्रम प्रतियोगिताको आयोजना गर्ने भएको संयोजक जितेन राईले जानकारी दिनु भएको छ ।
संयोजक राईका अनुसार “स्वास्थ्यका लागि खेलकुद–राष्ट्र«का लागि खेलकुद” भन्ने मूलनाराका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लाफ्याङ, बास्तोला गाउँको खेलमैदानमा भलिवल प्रतियोगिताकासाथ विविध कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
भलिवल प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले बैशाख ३ गते मध्यान्ह १२ः०० बजे भित्र रु. दुर्ई हजार ५ सय शुल्क बुझाई टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । यस्तै गायन र नृत्य प्रतियोगिताको लागि रु. २५० शुल्क लाग्ने र गीत तथा नाच अनुसारको भेषभुषा अनिवार्य लगाउनु पर्ने आयोजकले जनाएको छ ।
भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई रु ३५ हजार नगदका साथ मेडल र प्रमाणपत्र, द्धितिय लार्ई रु.२० हजार नगदका साथ मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई रु. ११ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सान्त्वना हुने टिमलार्ई रु ५ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
विधागत पुरस्कारहरुमा सर्वोत्कृष्ट खेलाडीलार्ई रु २ हजार, उत्कृष्ट स्पार्ईकरलार्ई रु १ हजार, उत्कृष्ट सटरलाई रु १ हजार, उत्कृष्ट लिब्रोलार्ई रु १ हजार र उदयमान खेलाडीलाई रु १ हजारको साथमा मेडल, प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
यस्तै खुल्ला नृत्य तर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमलार्ई क्रमश रु. ३ हजार, रु.२ हजार, रु.१ हजारको साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी साँस्कृतिक गायन तर्फको प्रथम द्धितीय र तृतीय हुने सहभागीहरुलार्ई क्रमश रु. ३ हजार, रु. २ हजार र रु. १ हजारको साथमा मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।
खेल अबधिभर खाने वस्ने व्यवस्था खेलाडी आफैले गर्नुपर्ने भनिएको छ । खेलमा सामान्य चोटपटकका लागि आयोजकको तर्फबाट मेडिकलको व्यवस्था भएपनि गम्भिर चोटपटक लागेमा खेलाडी आफै जिम्मेवारी रहनुपर्ने समितिले जनाएको छ । खेल लिकम नकाउटका आधारमा खेलाईने, खेलाडी संख्या व्यवस्थापन सहित ९ जना हुनुपर्ने, खेल लार्ई रोमान्चक बनाउनको लागि खोटाङ जिल्ला भित्रका १ जना अतिरिक्त खेलाडी राख्न पाइने व्यवस्था भएको आयोजकले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !