सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १६, २०८०, Khotang

Image

असहाय वृद्धका लागि बस्ने घर बनाउन जुटे बोपुङका युवाहरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङमा एकजना असहाय बृद्धका लागि सहयोगी हातहरु मिलेर नयाँ घर निर्माणको काम शुरु भएको छ । वोपुङस्थित साविक वडा नं. ९ डुम्रिबोटेमा सानो जिर्ण झुपडीमा अत्यन्त कष्टपूर्ण जीवन बिताउदै आएका बृद्ध भोम्पाल सिहं रार्ईको लागि स्थानीयवासीहरु मिलेर आर्थिक सहयोग संकलनबाट उठेको रकम र श्रमदान जुटाएर आजबाट नयाँ घर निर्माणको काम शुरु गरिएको नेपाल तरुण दलका जिल्ला सदस्य तथा स्थानीय युवा अमित राई बताउनुहुन्छ ।

                    वृद्ध भोम्पालसिं राई

उहाँ भन्नुहुन्छ–‘सबैको जीवन शैली फेरियो, तर बाजेको कहिलै पनि खुशिका दिन आउन सकेन । शारीरिक र मानसिक रुपमा पनि असक्त रहनुभएको छ । पुरानो झुपडीमा बस्नुहुन्छ, वर्षामा पानी चुहेर रातभरी सुत्न सक्नुहुन्न रे । उहाँको छिमेकी हामी युवाहरुले सानो सहयोग गर्न नसके मानवता नै के बाँकी रहन्छ र । त्यसैले यो वर्षादको समयमा अलि सुविस्ताले घरमा बस्न सक्ने गरी एउटा नयाँ घर बनाइदिने सोँच बनाएर काममा लागेकाछौँ ।’

वृद्ध भोम्पालसिं राईको दारुण अवस्था देखेर भावूक बन्दै २०८० फाल्गुण २२ गते तरुण जिल्ला सदस्य अमित राईले यस्तो स्टाटस लेख्नुभयो

 

उहाँको घर बनाउन मिल्ने जग्गा पनि नभएकोले छिमेकी भतिज पर्ने गौतम राईले घडेरी जग्गा प्रदान गर्नुभएको तरुण जिल्ला सदस्य राई भन्नुहुन्छ ।

हालसम्म आफन्त, शुभेच्छुक व्यक्तिहरुबाट सहयोग रकम रु ५० हजार नगद संकलन भर्ईसकेको पनि उहाँले जानकारी दिनुभयो ।   

                                           

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes