सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ५, २०८१, Khotang

Image

आज चैत्र रामनवमी / त्रिधार्मिक हलेसीमा १५ दिनसम्म मेला लाग्ने


हलेसीन्युजडेस्क, खोटाङ

आज चैत्र शुक्ल नवमी अर्थात राम नवमी । चैत्र शुक्ल अष्टमीको दिन चैते दशै मनाएर शुक्ल नवमीमा रामको आराधना गरी रामनवमी पर्व मनाइन्छ । चैते दशै भनिए पनि यो वर्ष चैत्र शुक्ल अष्टमी बैशाखमा पर्न गएकोले बैशाखमा चैते दशै मनाइएको हो । 

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्व रहेको छ । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।

चैतेदशैँका अवसरमा  देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्तिपीठहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।

खोटाङको प्रशिद्ध धार्मिक स्थल हलेसीमा आज बिहानैदेखि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ । त्रिधार्मिकस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । 

रामनवमीको अवसर पारेर आज एकदिन जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थलहरु बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी कालिका देविस्थान लगायत विभिन्न ठाउँहरुमा समेत ठूलो मेला लाग्छ ।

रामनवमीमा सरकारले आज सार्वजनिक बिदा गरेको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

Horoscopes Icon

All Horoscopes